बलप्रयोगको सिद्धान्त अपरीहार्य – सुमन श्रेष्ठ
महान् अक्टाेबर क्रान्ति सम्पन्न भएकाे शताब्दी पुग्याे । यस सन्दर्भमा कमरेड लेनिनलार्इ स्मरण गर्दै उहाँले विकास गरेका सार्वभाैम सिद्धान्तलार्इ अात्मसात गर्दै अहिले माअाेवादी अान्दाेलनमा देखा परेकाे वैचारिक रूपमा विसर्जनवाद र अात्मासमर्पणवादका विरूद्ध र राजनैतिक रूपमा दलाल पुँजीवादका विरूद्ध जुझारू संङर्ष गर्नु परेकाे छ । यी राजनैतिक र वैचारिक अन्तर्विराेधलार्इ हटाएर मात्र यहाँकाे वर्गीय र राष्टि्य मुक्ति सम्भव छ । चीनमा अर्धसामन्ती, अर्धऔपनिवेशिक चरित्रको उत्पादन सम्बन्ध थियो । ठूलो ग्रामीण जनसङ्ख्या भएको, ठूलो भाग वा हिस्सा ग्रामीण अर्थतन्त्रमा निर्भर भएका कारण चीनमा दीर्घकालीन जनयुद्ध सफल भयो भने कता सोभियत सङ्घ आधारभूत रूपमा औद्योगिक अर्थतन्त्रमा गएको कारण सहरी जनविद्रोह सफल भयो । त्यसकारण नेपालको वर्तमान उत्पादन प्रणाली अर्धसामन्ती र नवऔपनिवेशिक नै हो । यहाँ नेपाली मोडलको क्रान्ति अर्थात् एकीकृत जनक्रान्तिको मोडलको मात्र क्रान्ति सम्भव हुनेछ ।
हामी घाम पर्खेर बस्ने मान्छे अलिकति कुहिरो फाटे पनि खुसि नै लाग्छ जाबो कुहिरो फाट्दै नफाटे पनि खुसि नै लाग्छ,हामी गल्दैनौ हामी किन गल्ने? नेपालीमा उखान छ ‘चरेस खानु हरेस नखानु ‘तर हामी दुइटै कुरा खादैनौ न चरेस खान्छौ न हरेस खान्छौ,खोल भित्रको परिवर्तन कसरी स्वीकार गर्नु ? सत्ता बाहेक अरू सबै भ्रम हुन । राज्य सत्ता बन्दुकको नालबाट मात्र जन्मन्छ । सेना नभएको जनताको आफ्नो भन्नु केहिपनि हुन्न । यो देश र जनताको उन्नती प्रगती र समृद्धीको लागी हामी प्राण त्याग गर्नु परेनी गरौला तर बलप्रयोगको सिद्धान्त प्रयोग गरेरै छाडिन्छ !
हामीले न त समय बिताउनु छ न हाम्रो क्रान्तिको शत्रुलाई अवसर नै दिनु छ जसबाट नपुंसक लेन्डुपे कांग्रेस एमालेले हामीलाई विचारधारात्मक रुपले रक्षात्मक स्थिति पुर्याउन क्रान्तिकारी आन्दोलनलाई टुटफुटको कल्पनालाई मनोबैज्ञानिक रुपले प्रभाव पार्न सकुन | हामीसबै सत्यलाई आधार बनाएर र सत्य तथ्यलाई स्वीकार गरेर क्रान्तिकारी पुर्खाहरुको उदाहरणलाई थप शक्ति संचय गर्दै क्रान्तिकारी पुरानो पोजिसनलाई अगाडि लान जरुरी छ र अझ सुसंगत झन संगठित एवं थप निर्णायक बनाउन जरुरी छ |