सामुदायिक विद्यालयका शैक्षिक सवाल – प्रशान्त लामा दोङ
यतिखेर सामुदायिक विद्यालयमा अनुत्तरित प्रश्नहरू उठेको छ । कहिले विद्यालयमा शिक्षकहरूको लापर्बाहीको कुरालाई लिएर त कहिले विद्यालय प्रशासनको काम कार्बाहीलाई लिएर , आज शैक्षिक सवालमा शैक्षिक जगतमा उठ्ने गरेका तमाम प्रकार न्यायिक र गैर न्ययिक मुद्धको सटिक जवाफको निम्ति बोल्नुपर्ने बेला आएको छ । सामुदायिक चरम राजनीतिक तथा शैक्षिक दलालको चक्रव्यूहमा फसेको यथार्थ कसैले नकार्न सकिन्न । यो कुरा गरि रहदा के सामुदायिक विद्यालयको शैक्षिक क्षेत्र भद्रगोल नै हो त , प्रश्न उठ्न सक्छ ? तमाम शैक्षिक मुद्धमा चिन्तन गर्ने वर्गहरूले सोच्ने बेला आएको छ । बोराले छोपुञ्जेल कर्तुत लुक्न सक्छ । जुन दिन बोरालाई छोडेर डोकाले छोप्न थाल्दछ , त्यो एकदिन बाहिर आउँछ । कसैलाई चित्त नबुझ्न सक्छ तर एउटा कुरा यथार्थ हो कि सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर घट्दै गएकै हो । विद्यालय भौतिक संरचनामा चरम भ्रष्टचारले ठाउँ ओगटेकै हो । यसमा दोषि विद्यालय प्रशासन मात्रै हो भन्न मिल्दैन तर एउटा पाटो भने अवश्य हो । विद्यालयमा भौतिक क्षेत्रमा प्रशासनलाई मात्र दोषि देखाइनु निराधार आरोप हो किनकी प्रशासनले चाहेर पनि भ्रष्टचार गर्न सक्तैन कि यद्यापि शिक्षा कार्यलयमा रहने इन्जिनियरले प्रतिबद्धता नजनाए । जबसम्म कमिसन र घोषखोरीहरू पाल्ने प्रवृत्ति शिक्षाले पाल्ने गर्दछ त्यतिबेलासम्म शिक्षामा भ्रष्टचार हुन्छ । प्रसङ्ग एउटा सामुदायिक बिद्यालयको मात्र हैन कि शिक्षा देश भरिनै भ्रष्टचारको चंगुलबाट मुक्त छैनन । एउटा जिम्वेवार प्राविधिकले मापदण्ड बिपरितको सामाग्री प्रयोगलाई अनुमोदन गरिदिन्छन भने आखिर दोषि को ? भवन ठडिदैमा मापदण्ड अनुसार देख्ने प्रवृत्ति ठीक हो ? के भूकम्प पछाडि निर्माण गरिएका सबै भौतिक संरचना मापदण्ड अनुसार छ त ? मापदण्ड बिपरित निर्माण गरिएका भौतिक संरचना पास गराउने निकाय को ? राजनीतिको मखुण्डो ओढ्ने जो सुकै होउन भ्रष्टक्रियाकलापबाट अछुतो छैन । अनि कसरी अन्त हुन्छ भ्रष्टचारको ? औँसी लगाएर पूर्णिमामा फाट्ने बजेट छुट्याउँछ शिक्षाले , कनिका छरे झैँ बजेट दिन्छ शिक्षाले , अनि त्यहाँ भ्रष्टचार नभएर कहाँ हुन्छ ? शिक्षाको त्यही बजेट बन्न सक्ने मापदण्ड तोकियोस त कसरी हुन्छ भ्रष्टचार ? प्राविधिकले मापदण्ड अनुसार सामाग्री सिफारिस गरोस अनि कसरी हुन्छ भ्रष्टचार ? सिफारिस सामाग्रीको अनुगमन होस त कसरी हुन्छ भ्रष्ठचार ? आफै धामी आफैँ झाँक्री भनेझैँ भ्रष्ट नीति अवलम्बन गर्ने अनि भ्रष्टचार भयो भनेर रोदन गर्न मिल्छ ?
अब आयो शैक्षिक गुणस्तरको , बिद्यालयमा राजनीतिक प्रभावले शिक्षक नियुक्ति हुन्छ , दोष सबै शिक्षक तथा प्रशासनलाई ? बिद्यालयको कूशल प्रशासकलाई राजनीतिका खोल ओढेका शैक्षिक दलालहरूले खेल खेल्छन , दोष प्रशासकलाई ? शिक्षा कार्यलयले गोजि तालिकाबाट निकालिएका शिक्षक नियुक्ति दिन्छन दोष सबै शिक्षक ? नेतालाई दाम र ढोग चढाएका राजनीतिक झोलेलाई शिक्षा कार्यलयले तोकिएका सर्टिफिकेटधारी बिशेषज्ञाले योग्य भनेर शिक्षक नियुक्ति गर्छन , दोष जति सबै शिक्षकलाई ? कसैको ब्यक्तिगत रबैयाको निम्ति बिद्यालय शिक्षाले सिफारिस दिन्छ त दोष जति सबै शिक्षकलाई ? राजनीतिक प्रभावमा विद्यालयमा दरबन्दी बितरण हुन्छ अनि दोष जति सबै शिक्षकलाई ? पाठ्यक्रम अनुसार परिक्षा प्रणाली छैनन दोष शिक्षकलाई ? परिवर्तित पाठ्यक्रम अनुसार अपडेट हुन नसक्ने शिक्षकलाई शिक्षा कार्यलयले अस्थायि सेवामा भर्ति गर्छन अनि दोषजति सबै शिक्षकलाई ? आयोगले सिपाहीमा आयोग्य ठहरिएका शिक्षकलाई सर्टीफिकेटधारीलाई अधिकृत तथा शाखा अधिकृत तहमा सिफारिस गर्छन दोष जति सबै शिक्षकलाई ? गैर विद्यार्थीले कूसल प्रशासकको चरित्र हत्य हुने कुरा गर्छन त सबै प्रशासक काम चोर ? सबै प्रशासक दुध नै दुधले नुहाएको छैनन् होला तर कुशल प्रशासक जिम्वेवारी बहन गर्न सक्ने पात्रहरू पनि पर्याप्त छन । यसको अर्थ भ्रष्ठ प्रशासक बचाउनुपर्छ भन्ने मान्यता हैन , तर एउटा कुरा यथार्थ हो कि शिक्षामा भ्रष्टचार र शैक्षिक अनियमियता चंगुल बढेको भने यथार्थ नै हो । यसमा शिक्षाको कुनै पनि पक्ष अछुतो छैन कि गुण र दोषमा भने तलमाथि अवश्य होला । जब सम्म चाँदीलाई देखाएर सुनलाई बोरा खाँद्ने काम गरिन्छ तब सम्म शिक्षामा भ्रष्टहरूको चंगुल राजनीति कायम रहन्छ , हरहमेसा सामुदायिक बिद्यालयमा गुणस्तरीय शिक्षा कायम गर्न सक्तैन ।