‘नारी समानता’ नारा मै सिमित हुन नदिउ ‘- शोभा गजुरेल
नारी छोरी बनि जब यो धर्तीमा पाइला टेक्छिन , उनको नाम लक्ष्मी बन्छ । साच्चै उनि त्यो घरलाई उमेर संगसगै यसरी सजाउन थाल्छिन कि हरेक घरका सदस्यलाई मायाको बर्षाद गर्दिन्छिन । आमा, बुवा , हजुरबुवा ,हजुरआमा , काका , काकी , ठुलोबुवा ठुलिआमा , दाजु, भाई , दिदि , बहिनि , फुपु हुन् या मामा हरेकको दिलमा बसी सधै मायाको मुस्कान छर्छिन । त्यो घरका हर भित्तामा उनको पौरख झल्किन्छ । कोठा -चोटा , आगन -पिढी , सबैतिर उनको परिश्रम छ , यस्तो लाग्छ त्यो घर उनि बिना अपुरो छ । उनको उपस्थिति नै त्यो घरको लागि लक्ष्मीको आगमन जस्तो हुन्छ । त्यसैले उनलाई घरकी लक्ष्मीको नाम पनि दिइन्छ । त्यो घरलाई उनले हर प्रकारले सजायको हुन्छिन । माया , प्रेम , श्रम , मेहनत हरेकको लागि उनि तयार छिन । तर ति लक्ष्मीको लागि सोचिन्छ , भनौ गरिन्छ त्यो घरबाट कन्यादान । उनले त्यो घरमा गरेका मेहनत , माया , हरेकलाई अब बिर्सियो। त्यो घरमा अब उनको अस्तित्व मेटियो । त्यो घरमा उनलाई दान गरियो अनि भनियो , लैजाऊ मारे पाप पाले पुण्य । अब उ अर्काको हातमा सुम्पने बस्तुको रुपमा परिणत हुन्छे । जुन घरलाई उसले आजसम्म मेरो भनेकी हुन्छे , भोलिबाट माइतीको नामले पुकार्न पर्ने हुन्छ । त्यहाँका कुनै पनि चल , अचल सम्पति उसको हुदैन । जसको लागि उसले आफ्नो आधा जिबन समर्पण गरि सकेकी हुन्छे । त्यो सब पराइ मान्दै , अर्काको हातमा दान भएर जानु पर्ने यो यौटा नेपाली समाजको तितो यथार्तलाई चलन मानियो । उनलाई जन्मदै भेदभाब पूर्ण बाताबरणमा हुर्काइयो। छोराले पढ्नु पर्छ , तिमीले परिवार पाल्नु पर्छ । छोरीले घरको काम सिक्नु पर्छ । तिमीले अर्काको घरमा पालिन जानुपर्छ अर्थात दान भएर जानु पर्छ । उनलाई कहिले सिकाउन खोजिएन तिमि आत्मनिर्भर बन्न पर्छ ।
उनलाई कहिले भनिएन यो घर तिम्रो हो, यसमा तिमीले आफ्नो दाजुभाइको सरह अधिकार पाउने छौ । उनलाई सधै निर्जीव बन्न हौसल्ला दिइयो । अर्काको घरको लागि दान भएर जाने अनि त्यहि घरलाई आफ्नो घर बनाउने अनि फेरि उ अर्को घरमा लक्ष्मी बनिदिने बातावरण बनाइयो । त्यो घरलाई सजाउने त्यहाँ फेरि दाष बन्ने आफ्नो अस्तित्व मेटायर सन्तानलाई जन्म दिने फेरी त्यो सन्तानको नाम बाबुको हुने । उसलाई फलानको छोरा छोरी भनाएर चिनाउने , आफ्नो आत्मनिर्भरता हुन्न त्यहाँ पनि । उनि अर्काकै कमाइमा बाचिन् रे , समाजलाई दिने यहि हो उनको परिचय । हिजो उनि फलानाकी छोरी थिइन , नाम थियो लक्ष्मी । आज तिनैलाई घरबाट निकालेर दान गरि अर्काको हातमा सुम्पे अब उनको नाम फलानाकी स्वास्नी । अनि भन्ने त यहाँ पनि यहि हो यी हुन् घरकी लक्ष्मी । अजिबको दास्तामा जकडियएको यो समाजले नारीलाई यसरीनै उपयोग गर्दै आयो । उनको अस्तित्वो\ मेटाइदिन समाज कम्मर कसेर लाग्यो । अनि बाहिर नारा घन्काइछ ३३ % महिलाको लागि ,जब उनले आफ्नै बाबुको घरमा आफ्नै अभिभाबकसग अधिकारबिहिन हुन सिकेर आउछिन , ति नारीले कसरि अगाडी बढेर आफ्नो अधिकारको रक्षा गर्न सक्छिन । जब उनको मानसिकतालाई नै मोडेर म र मेरो भन्ने सबै कुरा छिनिन्छ ,न उनको हातमा सम्पति हुन्छ , न त उनलाई मानसिक रुपमा बलियो बनाइकै हुन्छ । उनलाई त शिक्षा नै यहि दिइन्छ , तिमीलाई अरुले पाल्छ अर्काको घरमा जाने जात ।
आज २१ सौ सताब्दिमा आएर नारीले केहि साक्षर हुने मौका पाए पनि उनको मस्तिस्कमा भरिएको अरुले पाल्ने, अरुको हुन पर्ने , यो सम्पति मेरो होइन मैले पराइघर जानुपर्छ आदि इत्यादी सामाजिक विभेदका कारण नारीको चेतना नै कम्जोर बनाको छ । अनि उनि आफ्नो कर्तब्य यहि हो भन्ने धारणा बनाउन थाल्छिन । अधिकार होइन ,उनले खाली कर्तब्यलाई अपनाउछिन । अनि यसैलाई चलन भन्दै अगाडी पनि यहि प्रक्रिया बढ्दै जान्छ । नारी आत्मनिर्भर हुन भन्दा दाषी बनि घरलाई सजाउने लक्ष्मी बनिदिने अनि सदा आफ्नो अस्तित्व समाप्त गरि , कसैकी छोरी , स्वास्नी , अनि आमा यिनै हुन्छन। यिनका परिवर्तनसिल नाम गुमनाम हुन्छ । नारी यो दुनियालाई आफ्नो नाम चिनाए बिनै मृत्युको सैयामा चढ्छन । अनि कसरी नारीले इतिहास लेख्ने ? त्यसैले त आजपनि नारी असक्षम कै नामले चिनि रहेका छन् । नारीको बौद्धिकता कम्जोर थिएन तर उनलाई कम्जोर बनाइदिइन्छ । आफ्नै अभिभाबकबाट नारीलाई कम्जोरर लाचार हुन सिकाइन्छ । यो हिजोको, आजको र भोलिको तितो यथार्थता हो । यहाँ नारीले नारीलाई दमन गरिएको तथ्य निकालिन्छ तर त्यो बिल्कुल गलत हो । नारीलाई जन्मनासाथ नै सुरु गरिने गलत शिक्षाका कारण नारी अगाडी बढ्न नसकेका हुन् । बिद्रोह गर्न सक्दैनन् उनीहरु । किनकि मनस्थिति नै कम्जोर बनिसकेको हुन्छ । यो मनस्थिति नै कम्जोर भएको माहोलमा २-४ जना नारी परिवर्तनको खाचोलाई औल्याउन अगाडी बढ्छन् तब उनीहरुलाई समाज बिरोधि बिल्ला भिर्नुपर्छ । यो स्वाभाविक कुरा पनि हो । जुन समाजले नारीलाई अधिकार होइन कर्तब्यमा मात्र बाच्न सिकाएको हुन्छ , तिनलाई अधिकारको लागि लड्न सिकाइन्छ भने उ समाज बिरोधि किन नहुने ? दाष बनेकी नारीले दास्ताको बन्धन तोड्न खोज्छिन भने त्यो घरमा त्यहि बाताबरण रहन त कसरि सक्छ र ? अनि त्यसैलाई हो यो समाजले अधिकार माग्ने नारीलाई घरभाडाको नाम दिने । समाज बदल्न चाहने नारी आज यो समाजका लागि बिषालु गोमन साबित भएका छन् । त्यसैले त्यसलाई मार्नपर्ने, निर्मुल पार्नपर्ने समाजको भनाइ छ। अनि समाज पछि पर्छ परिवर्तनकारी नारीहरुलाई बदनाम गर्न , नस्ट गर्न । समाज बिरोधि , परिवार भडुवा , आदि इत्यादी नाम दिन पछि पर्दैन समाज । जे सुकै होस या जस्तोसुकै परिस्थितीको सामना गर्न परेपनि अगाडी बढ् नारी आज को यो आबस्यकता हो । हामी दाष भए पनि हाम्रा छोरी , बुहारीलाई यो दास्ताबाट मुक्त गरि दान दिएर होइन जिबनसाथी खोजेर उनको जिबन भरपुर गराऊ , लक्ष्मी बन्न मात्र होइन , छोरी , बुहारी लाई आत्मनिर्भर बन्नु पर्छ भन्ने शिक्षा दिउ । अनि मात्र बिस्तारै यो समाजमा समानतको दियो बाल्न सकिएला । अनि मात्र त्यो ३३% को उपयोग होला अन्यथा यो सधै कागज मै सिमित रहला । यस तर्फ़ सबै महिला सचेत हुनु जरुरी छ ।