संसदवाद विघटनको सन्दर्भ – समीर यात्री

२०७४ असार ९ गते, शुक्रबार

संसदवाद पूंजीवादी विचारधारामा आधारित राजनीतिक प्रणाली हो । उन्नाइसौं शताब्दीमा पूंजीपवादी विचारधाराले सामन्तवाद विरुद्ध पूंजीवादी क्रान्तिको नेतृत्व ग¥यो । पूंजीवाद साम्राज्यवादमा पतन हुन पुगेपछि यसले आफ्नो प्रगतिशील चरित्र गुमायो । र, पूंजीवादकै गर्र्र्भबाट पैदा भएको सर्वहारा वर्गले सर्वहारा क्रान्तिको अतिरिक्त पूंजीवादी क्रान्तिको समेत नेतृत्व लिनु पर्ने अवस्था आयो । विसौं शताब्दीको विश्व क्रान्तिको लहरमा सर्वहारा वर्गले यस प्रकारको भूमिका कुशलतापूर्वक निर्वाह ग-यो ।
सर्वहारा क्रान्तिको चुनौति र पूंजीवादमा अन्तरनिहित संकट झेल्दै आफूलाई जोगाउने क्रममा साम्राज्यवादले कतिपय नयाँ राणनीतिहरु विकास ग¥यो भने कतिपय वैज्ञानिक समाजवादी अर्थनीतिका मान्यताहरुलाई रक्षाकवचको रुपमा प्रयोग ग-यो । यसले सर्वहारा वर्गीय शिविरभित्र भ्रम सिर्जना गर्न, आन्दोलनलाई अन्यौलग्रस्त पार्न र विघटनको अवस्था सम्म पु¥याउन धेरै हदसम्म वल पु-यायो । सन असीको दशकवाट विकसित हुदै आएका सामांज्यवादका नयाँ रणनीतिहरुले आजको एक्काइसौं शताब्दी सम्म आइपुग्दा उसलाई नयाँ ठाउँमा पु-याएका छन । आजको विकसित यो साम्राज्यवादको चरित्रलाई हामीले उत्तर–साम्राज्यवाद भनेका छौं ।
साम्राज्यवादको चरित्रमा आएको वदलावसंगै उसका शोषण उत्पीडनका स्वरुप र औपनिवेशीकरणका तरीकाहरु प्नि फेरिएका छन । हिजो साम्राज्यवादले उत्पीडित राष्ट्रहरुमा प्रत्यक्ष हस्पक्षेप र शासन गथ्र्यो भने आज सम्वन्धित राष्ट्रका पात्रहरुलाई दलालको रुपमा खडा गरेर उनीहरु मार्फत शासन गर्दछ । त्यसको निमित्त साम्राज्यवादले आफू अनुकुलकै राजनीतिक प्रणाली थोपर्ने, राजनीतिक दल निर्माण र परिचालन गर्ने र तिनै दलालहरुलाई सत्तामा पु¥याउने सम्मका काम गर्दछ । हाम्रो सन्दर्भमा भारतीय सामं्राज्यवादको यस प्रकारको भूमिका हामीले लामो समयदेखि व्यहोर्दै आएका छौं । हामीले नेपालमा विगत तीन दशकदेखि अभ्यास गर्दै आएको संसदीय प्रणालीको राष्ट्रघाती र जनविरोधी चरित्र सबैले भोगेकै छौं । पछिल्लो दशकमा यो दलाल संसदवादमा पतन भएको तथ्य जगजाहेर नै छ । आज दुनिया भरी संसदीय राजनीतिक प्रणाली सामा्रज्यवादी लुट खसोटको प्रमुख हतियार बनेको छ ।
पूंजीवादीहरु संसदवादलाई लोकतन्त्रको सर्वाेत्कृष्ट गहना ठान्दछन । किन कि संसदवादले वेरोकटोक लुट खसोटलाई लोकतान्त्रिक अधिकार ठान्दछ र लुटिइन विवश निमुखाहरुले आफ्नो असक्षमताप्रति आत्मग्लानी गर्दै चुपचाप सहनुलाई लोकचान्त्रिक कर्तव्य सम्झन्छ । यसले आजको दुनियाँमा संसदवादी राजनीतिक प्रणाली सबैभन्दा बढी असफल, अफापसिद्ध र निकम्मा भएको कुरालाई नै पुष्टी गर्दछ । र, मानव जातिको सर्वाेत्तम सभ्यता वैज्ञानिक समाजवादले मात्र हाम्रो भविष्य सुरक्षित गर्न सक्तछ भन्ने सच्चाइको महत्वलाई आज कयौ गुणा बढाइदिएको छ ।
माओवादी र संसदवादी शक्तिहरु विच भएको बाह्रबुदे दिल्ली सहमति नै नेपालको माओवादी आन्दोलनलाई विघटन गर्ने र संसदवादी राजनीतिक प्रणालीलाई दलाल संसदवादमा पतन गराउने वैचारिक आधार हो । त्यस अगाडि सम्म नेपालको संसदीय राजनीतिका दूइवटा केन्द्र थिए ः एउटा नारयणहिटी दरबार र अर्काे दिल्ली दरवार । नारायणहिटी र दिल्ली वीच संघर्ष र सम्झौताको सम्बन्ध थियो । दिल्ली सहमतिको मार्ग चित्रले नारायणहिटी केन्द्र भत्काएर दिल्लीलाई एकल केन्द्रको रुपमा स्थापित ग¥यो । त्यसयता संसदवादीहरुको मक्का मदिना दिल्ली रहदै आएको छ । र , राजतन्त्रात्मक संसदवादको ठाउँ दलाल संसदवादले लिएको छ । त्यससंगै अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट मुलुक दलाल पूंजीवाद र नवऔपनिवेशिक अवस्थामा प्रवेश गरेको छ ।
आज राष्ट्रिय स्वाधीनता, अखण्डता र सर्वभौमिकतामाथिको खतरा कयौं गुणा बढेर जानु यही दलाल संसदवादकै उपज हो । संसदवादी दल र तिनका नेताहरु एक अर्कालाई उछिनापाछीना गर्दै निर्लज्जतापूर्वक भारतीय शासकहरुको पाउँमा घोप्टिन पुग्नु पनि यही दलाल संसदवादकै परिणाम हो । मधेशवादको आवरणमा मधेशी साहु महाजनहरुले दिल्लीको स्वार्थ बोकेर उटपट्याङ्ग गर्दै आउनु, राष्ट्र जनता र क्रान्तिप्रति गद्धारी गरेर साम्राज्यवादको नयाँ नोकरमा भर्ती भएको प्रचण्ड समुहले दलाल गणतन्त्रमाथि एकल हक दावी गर्दै विलौना गनर्,ूृ भारतीय संस्थापनको रुचि भन्द बाहिर रहेर सत्तामा जान नपाइने भो भन्ने बहसले एमालेमा प्रशेश पाउनु र शेर बहादुरको भारतभक्तिको चर्काे उखरमाउलोले दलाल संसदवादको चरित्र चित्रण बडो सुन्दर ढंगले गरेका छन ।
संसदवादले राजनीतिलाई फोहोरी खेलमा परिणत गरिदिएको छ । संसदवादीहरुद्धारा अल्छी, आवारा, धुर्त, गुण्डा, चतुर र गँजडीहरुको पेशा जस्तो बनाइएको राजनीतिकै कारण आज देश र जनताले दुःख पाएको तथ्य बुझ्न जरुरी छ । बास्तवमा राजनीति स्वंयसेवी कर्म हो । यसर्थ इमान, निष्ठा र आदर्शको मूल्यबोध विना यो सही दिशामा आगाडि बढन सम्भव छैन । इमान, निष्ठा र आदर्शले राजनीतिको गौरवपूर्ण विरासत कामय गर्दछ । र, त्यही विरासत पुस्ता हस्तान्तरण हुदै राजनीतिक यात्रा निर्दिष्ट लक्ष्यको दिशामा निरन्तर अगाडी बढ्ने हो ।
हामी कहाँ यो हुन नसक्नुको मूल कारण मूल्य विघटनको समस्या हो । मूल्य विघटन दलालीकरणको अर्काे आयाम हो । कांगे्रसमा मूल्य विघटनकै कारण गणेशमान र कृष्णप्रसाद भट्टराइहरु जीवनको उत्तरार्धमा वाक्कदिक्क भएर राजनीतिक सन्यास लिन पुगे । मूल्य विघटनकै कारण झापा विद्रोहका योद्धाले बल्खु दरवारमा झुण्डिएर आत्महत्या गर्नुप¥यो । मूल्य विघटनकै कारण जनयुद्धका लाल जोडीहरु लाजिम्पाट दरवारको गेटबाट आँसु झार्दैै लखेटिनु प¥यो । मूल्य विघटनकै कारण जनयुद्धको सुप्रिमो साम्राज्यवादी योजनामा दलाल गणतन्त्रको कार्यकारी प्रमुख बन्छ र जगतको आँखा छलेर विदेशी गुप्तचरलाई बालुवाटार भित्र्याउँछ । तर जनयुद्धका योद्धाहरु पेरिसडाँडाँ गएर आफ्ना माग राख्दा लाठी बर्षाएर लखेट्छ ।
पछिल्लो समय मूल्य विघटन अझ हास्यास्पद रुपले प्रकट भएको छ । चुनावको लागि कांग्रेस– माके र एमाले – राप्रपा विच भएको अश्लिल गठजोडले यसै कुरालाई पुष्टी गरेको छ । अझ भरतपुरमा देखा परेको प्रचण्डपुत्री रेणुको रोदनले त जग नै हँसाएको छ । भरतपुरमा मतगणनाकै क्रममा मतपत्र च्यात्ने सम्मको घटना हेर्दा यो दलाल संसदवादको सबैभन्दा भद्दा र विकृत पात्रको रुपमा प्रचण्ड मण्डली देखिएको छ ।
संसदवादीहरुको मूल्य विघटन फासिवादी दमनको रुपमा समेत प्रकट भएको छ संसदीय लोकतन्त्रको मान्यता अनुसार कुनै पनि चुनावको पक्ष वा विपक्षमा जनताले आफ्नो मत जाहेर गर्न पाउने अधिकार सुरक्षित हुन्छ । त्यसैगरी राजनीतिक दलहरुले आफ्नो उद्धेश्य अनुरुप चुनावमा सहभागिता जनाउने वा अस्वीकार गर्ने स्वतन्त्रताको उपभोग गर्न पाउछन । तर यहाँका संसदवादीहरु आफ्नै संसदीय मान्यताको समेत खिल्ली उडाउदै फरक मत र दृष्टिकोणमाथि फासीवादी रवैया अप्नाएका छन । कानुनी राजको डंका पिटेर कहिल्यै नथाप्ने यी संसदवादी बुख्याँचाहरु आफ्नै नियम कानून र संविधानको धज्जी उडाउदै गंैरकानुनी गिरफ्तारी, झुठ्ठामुद्दा र हत्याकाण्डसम्म मच्चाउने गरिरहेका छन । नयाँ जोगीको खरानी धसाइ जस्तो यो डरलाग्दो मूल्य विघटनमा यतिवेला प्रचण्ड मण्डलीले सबैलाई उछिनेको छ । यो मूल्य विघटन आज दलाल सत्ता संस्कृतिको रुपमा संस्थागत भएको छ ।
दलाल संसदवादी प्रणालीमा राजनीतिक निष्ठा, मूल्य र आदर्शको अपेक्षा गर्नु निरर्थक भइसक्यो । किनकि दलालहरुको कुनै राजनितिक निष्ठा र मूल्य हुदैन । कुनै वैचारिक आस्था र आदर्श हुदैन । सत्ताको लागि दलालहरु जुनसुकै मूूल्य चुकाउन पनि तयार हुन्छन । जहाँसुकै झुक्न पनि तयार हुन्छन । र, आस्था र आदर्शको वलि चढाउन पनि तयार हुन्छन । किनकि उनीहरुको स्वत्व र स्वाभिमान मरिसकेको हुन्छ । दलाल संसदवादीहरुको राजनितिक लीलाबाट पुष्टी भइसकेको तथ्य यही हो ।
यस अर्थमा राष्ट्र र जनताको भविष्य दलाल संसदीय प्रणालीभित्र सुरक्षित हुन संभव छैन । तिन दशकको अभ्यासबाट नेपालमा असफल सिद्ध भइसकेको यो संसदवाद आज फेरी नयाँ रंगरोगनका साथ नेपाली जनतामाथि बलपूर्वक थोपरिदै छ । राजतन्त्रात्मक संसदवादको विकल्प दलाल संसदवाद कदापि हुन सक्दैन । यसको विकल्प वैज्ञानिक समाजवाद मात्र हुन सक्तछ । वैज्ञानिक समाजवादको बाटो संसदवादी भुलभुलैया होइन, एकीकृत जनक्रान्तिको बाटो हो ।

प्रतिक्रियाहरु

[anycomment]