प्रचण्ड, तपाई रावण र कंश हो ?

२०७५ जेष्ठ १२ गते, शनिबार

काठमाडौं, १२ जेठ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि बनेको नेकपा अण्डरलाइनमा सम्मानजनक स्थान नपाएपछि पुष्पकमल दाहाल प्रचण्डका बिश्वासपात्रहरु नै उनीप्रति असन्तुष्ट बनेका छन् । त्यसमा पनि प्रचण्डले छोरी रेनु दाहाल, ज्वाइँ जीवन घिमिरेलाई केन्द्रीय सदस्य बनाएकोमा बिरोध जारी छ । पार्टी एकतासँगै ठूलो पार्टी त भयो तर माओवादीका जनयुद्ध लडेका पूराना नेता केन्द्रीय समितिमा नपरेपछि सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डलाई कंश र रावणको संज्ञा दिदै बिरोधमा उत्रन थालेका छन् । आपूm नपरेकोमा त धेरैको असन्तुष्टी थियो नै आपूmभन्दा कनिष्ठ नेता समेटिएपछि उनीहरुले आफ्ना भावना छरपष्ट पारेको बताएका छन् । फेसबुकबाट प्रचण्डलाई चिठ्ठिको ओईरो नै लाग्न थालेको छ । कतिपयले आफ्नै व्यथा पोखेका छन् भने कसैले आफन्त वा आपूmले चाहेका नेताहरुले केन्द्रीय सदस्य, स्थायी वा हाईकमाण्डमा नपरेकोमा गुनासो गरिरहेका छन् । कतिपयले त अब पार्टीबाट विश्राम लिनेसम्मको अभिब्यक्ति दिएका छन् । पूर्व माओवादी नेता बाबुराम गौतमले प्रचण्डलाई फेसबुकमा चिठ्ठी लेख्दै भनेका छन्– तपाईंको मनपरीतन्त्रको थोरै भए पनि भण्डाफोर गर्न यो पत्र कोरेको छु । उनले प्रचण्डको डुब्न लागेको राजनीतिक जिबन एमालेले जोगाइदिएकोले एमाले नेता ओलि र सम्पुर्ण एमाले जनहरु धन्यवादका हकदार भएको पनि प्रतिकृया दिएका छन् । गौतमले प्रचण्डलाई भने, तपाई सत्य युगको राम जस्तै हुनुहुन्छ भन्ने लागेको थियोे तर तपाई त राबण र कंशभन्दा पनि खराव निस्कनु भयो । यसअघि नवगठित पार्टीमा माओवादी केन्द्रको भागमा परेका दुई सय केन्द्रिय सदस्य छान्दा १२ जिल्लाको प्रतिनिधित्व छुटाएको, पुराना सिनियर कमरेडहरु बग्रेल्ती छुटाएको, समाबेसी सिद्धान्तको बर्खिलाप गरिएको भन्दै ८० जना पुर्ब पिबिएमहरुले फरक मतसमेत प्रचण्डलाई बुझाएका छन् । ४ हजार केन्द्रिय समितीबाट २०० जना छान्न सजिलो नभए पनि छनौटमा अपनाईएको बिधि र केन्द्रिय समितिमा छानिएको ब्याक्तिहरु सही नभएको भन्दै उनीहरुले प्रचण्डलाई भेटेरै असन्तुष्टि जनाएका थिए । गौतमले फेसबुकमा लेखेका छन्– २०४६ सालदेखि पार्टीमा लागेको, ०५२ सालमा एक्लै बानेश्वर चोकबाट राज्यविरुद्ध धाबा बोलेको, ५४ सालमा कालिमाटीबाट गिरफ्तार भै पहिलोपटक जेल परेको र पार्टीलाई जहाँ–जहाँ समस्या पर्छ, त्यहाँ–त्यहाँ गएर पार्टी र आन्दोलनको सेवा गरेको यही अपमानका लागि थियोे ? तपाईले केसमा छानेका ब्यक्तिको लिस्ट हेर्दा अबसर जति मलाई अनि आफ्नालाई अनि आफ्ना आचीसमेत खान तयार हुने हनुमानहरुलाई अनि बचेको धम्क्याउनेहरुलाई ! बस पुग्यो । तपाईंको भासामा तपाईं आफैले बनाएको सुरुका १ नम्बर लिस्टमा अटाएकाहरु दसौ पटकको संशोधित लिस्टमा अटाएनन् । तपाईमा कतिधेरै अहंकार देखियो भने तपाई त उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनभन्दा पनि बढी शक्तिको प्रयोग गरेको देखियो । उनले ३० बर्षको राजनीतिक जिबनमा केही विकल्पबारे सोच्न पहिलोपटक बाद्य भएको बताउँदै भनेका छन्– लाग्थ्यो तपाई त सही हुनुहुन्छ बाबुराम भट्टराई गलत हुन । लाग्त्यो तपाईंले न्याय गर्न खोज्दा–खोज्दै वैद्य र बिप्लबहरु बाहिरिएका हुन ! तर होइन रहेछ बिगतका पार्टी फुटमा तपाईंको हिस्सा पनि जबर्जस्त रहेछ भन्ने देखियो ।
यस्तै यस्तै मोहन खत्रीलगायतले फेसबुकमै चिठ्ठी लेखेर आफ्नो नाम केन्द्रिय सदस्यमा नपरेकोमा बिलौना गरेका छन् । उनले लेखेका छन्– दुखको साथ भन्नु पर्दा आफ्नो त भएको केन्द्रिय सदस्य र भनिएको पोलिट्ब्युरो सदस्य पनि खोसिएछ । अध्यक्ष क. प्रचण्ड र अन्य नेताहरूको नजरमा मेरो त नेकपाको केन्द्रिय सदस्य हुने योगदान र योग्यता नै पुगेको रहेनछ । पार्टी, क्रान्ति र जनताप्रति इमानदारीपुर्ण समर्पित भएर सधैं कार्यक्षेत्रमा लागिरहे, जस्तै अप्ठ्यारो अबस्थामा पनि अध्यक्ष क प्रचण्डको साथ छोडिन तर नेताको चाकरी गर्दै ‘गणेश’ बन्न जानिन, पार्टी र नेतृत्वलाई धोका दिएर अन्य पार्टी चाहार्न जानिन, एकतामा फड्को मारेर आएको पनि परिन् । त्यसैले होला केन्द्रीय कमिटीमा अटाउन नसकेको ।
यस्तै राम कार्की स्थायी समितिमा नपरेकोमा पूर्वका माओवादी नेता कार्यकर्ताले असन्तुष्टी जनाएका छन् । कृषीमन्त्री समेत रहेका, प्रचण्ड प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहाकार बनेका नेता चक्रपाणी खनाल पनि स्थायी समितिमा परेनन् । यसअघि पोलिट्ब्यूरो सदस्य रहेका माओवादी नेता श्रीप्रसाद जगेबुलाई अध्यक्ष प्रचण्डले कृषि राज्यमन्त्री पनि बनाए । तर, अहिले उनी केन्द्रीय सदस्यमा अटाउन सकेनन् । त्यसैले उनले फेसबुकमा असन्तुटि पोख्दै अव पार्टीबाट विश्राम लिने घोषणा गरेका छन् ।
यसैबीच, पूर्व माओवादी केन्द्रका करिब सात दर्जन पोलिट्ब्यूरो सदस्यहरुले छुटै भेला गरेर पार्टी एकता प्रक्रियाप्रति असहमति जनाएका छन् । उनीहरुले एमालेसँग एकता गर्दा पार्टी नेतृत्वले आपूm र आफ्नो परिवारलाई केन्द्रमा मात्र राखेको, विचार र कार्यक्रमलाई बेवास्ता गरेको, जनयुद्धको बलिदानीलाई अपमान गरिएको, इमान्दार र क्रियाशिल कार्यकर्ताहरुको अवमूल्यन गरेको, संगठनमा एमाले हावी भएको जस्ता विषयमा असहमति जनाएका छन् । काठमाडौँमा भएको गोप्य भेलामा ८७ पोलिट्ब्यूरो सदस्यहरु उपस्थिति थिए । पहिलो चरणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेता रामबहादुर थापा र नारायणकाजी श्रेष्ठलाई भेटेर कुरा राख्ने भेलाले निर्णय गरेको थियो । आफ्ना कुराका सुनुवाई नभए कठोर कमद चाल्न पनि तयार रहने उनीहरुबीच सहमति भएको छ । भेलाको निर्णय बुझाइसकेको दाहाललाई बुझाइसकेको बताइएको छ ।
एमालेसँगको पार्टी एकतामा फरक मत राख्ने पोलिट्ब्यूरो सदस्यहरुमा मुकसामहाङ मेन्याङबो, झलक सिंह दर्लामी, श्रीप्रसाद जबेगु, बालकृष्ण ढुंगेल, ध्रुब बुढाथोकी, कुलप्रसाद साँवा, मोहन खत्री, बाबुराम गौतम, विजय साम्पाङ, विशाल कार्की, डम्बर सुवेदी, मोहन खड्का, राजु अचार्य, नरबहादुर दुलाल, योगेन्द्र मण्डल, होमकुमारी खापुङ, दुर्गा राइ, शंखर राई, गणेश उप्रेती, सुशीला कन्दङवा, खेम सुन्दास, रिपुप्रसाद राई, टेकमान उदय राई, क्षेत्रबहादुर श्रेष्ठ, रामचन्द्र मण्डल, उपेश यादव, दिलिप शाह, रामसिंह यादव, सत्यनारायण भगत, अशोक जैसवाल, देवेन्द्र पराजुली, सोनामलाल साह, सुनिता यादव, तपेश्वर राय चौधरी, सूर्यमान दोङ, रामचन्द्र शर्मा, रमेश मल्ल, चित्रबहादुर श्रेष्ठ, निरु दर्लामी, गणेश रेग्मी रहेका छन् । त्यसैगरी रुद्रबहादुर हाडा, धावा सारु, राजकुमार श्रेष्ठ, दीनानाथ गौतम, प्रकाश गौतम, तेजबहादुर मिजार, मीना तामाङ रुकु चौलागाइँ, कान्छामान तामाङ, देवेन्द्र श्रेष्ठ, कुलबहादुर मोक्तान, रक्तिम लामा, गोविन्दबहादुर बटाला, कृष्णा भुजेल, रामचन्द्र ठाडा मगर, शंखर लामा, गोविन्द राई, मदन तामाङ, राकेशकुमार लामा, शैलेन्द्र घिमिरे, दीपक कोइराला, भक्त रसाइली, इन्द्रप्रसाद खरेल, सुदर्शन बराल, टीकाविक्रम हमाल, प्रकाश सुवेदी, अशोक रोकाया,चन्द्र खड्का, सीता पौडेल, ओमप्रकाश केसी, धनजित शाही, विष्णुबहादुर विक, लक्ष्मीप्रसाद चौलागाइँ, नेवबहादुर कुँवर, युवराज आचार्य, नरबहादुर विष्ट, टेकेन्द्र भट्ट, हरि चौधरी, मनबहादुर सिंह, दुर्गाबहादुर राउत, धर्मेन्द्र राई, रामहरि केसी, मंगलबहादुर शाही, जीवन खड्का र पुकवीर रानाले असहति जनाएका छन् । स्रोतका अनुसार यो विषयमा दाहालले एक नम्बर अध्यक्ष केपी ओलीसँग छलफल गरेका छन् । दुबै अध्यक्षबीच उनीहरुको कसरी व्यवस्थापन गर्ने भन्नेमा छलफल भएको छ । आफ्नैले नयाँ पार्टीको चुनौति दिएपछि दाहाल तनावमा पुगेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]