कोलोराडोमा पहिरोले घर भत्कँदा तीन जनाको मृत्यु ,

२०७० भाद्र २८ गते, शुक्रबार


कोलोराडो २८ भदौं । चारदिन देखि लगातार परेको बर्षाको कारण कोलोराडोमा तीनको मृत्यु भएको छ । सयजना भन्दा धेरै घाइते भएको समाचार छ ।कोलोराडोको बोल्डर शहरमा बिहिबार बिहान गएको पहिरोले घर भत्कदा तीन जनाको मृत्यु भएको र ठाउं ठाउंमा आएको बाढिका कारण सय भन्दा बढि घाईते भएको फक्स न्यूजले जनाएको छ ।यसरी घाईते हुनेमा बोल्डर, लङमन्ट, लाफेट, कोलोराडो स्प्रिङ, लवल्याड, अरोरा, डेनवर्क लगायतका क्षेत्रका बासिन्दा रहेका छन् । त्यसैगरी सयौं घर, उद्योग, कल कारखाना बिद्यालय डुवानमा परेका छन् ।
बोल्डर, लङमन्ट, लाफेट स्थित बिद्यालय तथा कलेजहरु बिहानदेखि नै बन्द थिए । अन्य डेनवर्क अरोरा क्षेत्रमा पनि सञ्चानल भएको केहि बेरमै बन्द भएका थिए ।ठाउं ठाउंमा सडकहरु बन्द हुँदा काम गर्न जाने र काम बाट घर र्फकनेहरु घण्टौंबीच बाटैमा फसेका छन् । सुख्खा ग्रस्त क्षेत्र कोलोराडोमा बर्षा याममा ज्यादै थोरै पानी पर्ने गरेकोमा यस पटक यतीलामो समय पानि परेकोमा सबैले आश्चर्य मानेका छन् ।यसैगरी मौसम बिदहरुले भोली शुक्रबार पनि दिनभरि पानी पर्ने भबिश्यबाणी गरेका छन् । अहिले सम्म सो क्षेत्रमा रहेका नेपालीहरुको घरमा भने कुनै क्षति पुगेको छैन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु