के पुँजीबाद लडखडाउन थालेको हो ? – डा. मोहन खतिवडा

२०७६ चैत्र २१ गते, शुक्रबार

अहिले कोरोनाभाइरस (कोभिड १९)को कारणले विश्व आक्रान्त छ । लगभग सात अर्व विश्व जनसंख्या प्रत्यक्ष परोक्ष यस महामारीबाट प्रभावित भएकोछ । धेरै सरकारहरुले आफ्नानागरिकहरुमाथि आवतजावतमा प्रतिवन्ध लगाएकाछन् र ११७ भन्दा वढि मुलुकहरुले त आफ्ना सीमानाकाहरु वन्द गरेकाछन् । मानौं अहिले विश्व नै आणविक युद्धको अवस्थाबाट गुज्रीरहेकोछ । यसै बीच महामारीको निरन्तर फैलावट र नियन्त्रणका उपायहरुका सन्दर्भमा कतिपय बास्तविक र धेरै काल्पनिक समाचारहरुले वजार जमाएकाछन् । तर यथार्थमा यस प्रकोपबाटमात्र धेरैले ज्यान गुमाइसकेका छन् । शुरुवाती प्रकोप चिनको उहान शहर भए पनि यस्को निदान गर्ने अन्तिम शहर कुन हुने हो अहिले नै अनुमान लगाउन कठिन छ । सामान्य चिकित्सकीय निगरानी वाहेक महामारी नियन्त्रणका सवै प्रविधिहरु वेकामे देखिएको सन्दर्भमा मानिस मानिस वीचको ब्यत्तिगत सम्वन्ध, आचरण, जीवनशैली र उपभोगमा सामान्य परिवर्तन ल्याउन सकिएमा यसका प्रभावलाई न्युन वनाउन सकिने देखिन्छ । यसमा पनि ब्यक्तिगत सावधानी प्रमुख कुरा हो । यस्तो सावधानी या त स्वतस्फुर्त ब्यक्तिको सचेतनाबाट हुन्छ वा निर्देशित हुनु पर्ने हुन्छ , अहिलेको राज्य नियन्त्रित लकडाउन जस्तै ।
यस शताब्दीको प्रारम्भबाट नै मानिसहरुले स्थानीय र क्षेत्रीय गरेर विभिन्न भाइरल संक्रमणसँग जुध्न परेकोछ । एसियामा प्रकोपको रुपमा रहेको सार्स (२००३) एशिया बाहिर क्यानाडामा देखापरेको थियो तर युरोप सुरक्षित थियो । जिका भाइरस दक्षिण र उत्तर अमेरिकी केहि देशहरुमा सीमित रह्यो, यो पटक पनि युरोप सुरक्षित नै रह्यो । इवोला भाइरस (२०१३–१६) पश्चिम अफ्रिकी मुलुकहरु सहित कँगोसम्मको विस्तारले गरिवी, कुपोषण र कमजोर स्वास्थ्य भएको ४८ करोडको जनसंख्या अत्यधिक प्रभावित वन्न पुग्यो । एभिएसन फ्लु मुख्यत एशियाली मुलुकहरु र केहि युरोपेली मुलुकहरुमा प्रकोपको रुपमा देखा प¥यो ।तर कोरोनाभाइरस (कोभिड १९) अहिले विश्वब्यापि महामारी भएकोछ र चिन पछि अति प्रभावित मुलुकहरुमा इटाली, स्पेन युस, यूके जस्ता विकसित मुलुकहरु पनि आक्रान्त भएका छन् र हताहतीको संख्या वढदै गएकोछ ।
मानवजातिले यो विपद भोगिरहदा आलोचनात्मक हुँदाहँदै पनि टि आर माल्थस जस्ता शास्त्रीय अर्थशास्त्रीहरुका दुईसय वर्ष अधिका भविष्यबाणीहरुलाई सही भएको पुष्टिहुने गरी जनसंख्या स्वतः न्युन हुन गई प्राकृतिक श्रोतहरुसँग सन्तुलन राख्न महामारी, भोकमरी, युद्ध अनिवार्य हुने गर्छ भन्ने कुरासँग आजको विपदलाई जोडन खोजिदैछ । तसर्थ कोभिड १९ नाम दिइएको यो भाइरस प्रयोगशालमा विकसित जटिल भाइरसको परीक्षणमा मानवीय असावधानी भएको हो वा नियोजित हो वा अप्रत्याशित विपत्तिका रुपमा विकास भएको हो, केहि शंका र अनुमानहरु सतहमा आएकाछन् । अप्रत्याशित महामारीको रुपमा विकसित भएको तर्कलाई आधारमान्ने हो भने यस अघिका अन्य भाइरल फ्लु जस्तै यो अर्को प्रकोप हो । आखिर मानवजाति सहित अन्य प्राणी, वनस्पति तथा ब्याक्टेरिया, भाइरस तथा अन्य जिवाणुहरुको साझा अस्तित्व नै पृथ्वी हो । मानिसहरुले बाँकी अरु माथि नियन्त्रण राख्दा सम्म मानिस हावी हुने तर जतिवेला तापक्रम वा बातावरणमा आएका अल्पकालिन वा दीर्घकालीन परिवर्तनहरुले त्यस्ता जिवाणुहरुलाई मानिसमाथी अतिक्रमण गर्न सक्ने शक्तिमा विकास गरेको हुन्छ, त्यसले महामारी ल्याउँछ नै, वरु बातावरणमा पुगेको क्षतिले भोकमरी वा बाढि पहिरो आदिबाट समेत जनधनको ठूलो क्षति मानवजातिले ब्यहोर्नु परेकोछ ।यस प्रकारको तर्कले दोषी उम्कने खतरा वढि हुन्छ । अर्थात विकसित राष्ट्रहरुले उत्सर्जन गर्ने हरितगृह ग्यासको अत्यधिक परिणाम, पारमाणविक हतियार परीक्षण, हानिकारक औद्यौगिक विसर्जन, रेडियोधर्मी पदार्थको विसर्जन जस्ता तत्वहरु बातावरण विनासका लागि कारक तत्वहरु हुन् । यो सवैका लागि पुँजीबाद जिम्मेवार रहेकोछ । पुँजीबादमा मानवीयता भन्दा नाफा प्रधान हुने हुँन्छ र त्यसको पहिलो शिकार विकासशिल राष्ट्रका जनता नै हुन् । आज युरोप र अमेरिकाले विकासशिल राष्ट्रहरुका लागि रोटीसँग सुनको कचौरा साटनु पर्ने अघोषित वस्तु विनिमय प्रणालीको लाभ लिइरहेकाछन् ।
अफ्रिकी भोकमरी, मध्यपूर्वका तेलकुवाहरुको सफाया, सिरीयाली गृहयुद्ध, सुडान सँकट, अफगानिस्तान सँकटमा अमेरिकी साम्राज्यबाद र त्यसका युरापेली मतियारहरुद्वारा श्रृजित संकटबाट लाखौं बालबालिका र बृद्धहरु भौकै वस्न बाध्यहुनु परेकोछ र मृत्यु कुरिरहेका छन् । युनिसेफको प्रतिवेदन अनुसार पनि अरव मुलुक येमनको हिँसामा विगत चार वर्षमा ८५ हजार बालबालिकाहरु भोकै मर्न विवसभए भने ३३ लाख बालबालिका र गर्भवती महिलाहरु कुपोषणको (भोकमरी) शिकार भएकाछन् । यो एउटा प्रतिनिधिमुलक घटनामात्र हो, जहाँ मानवीय सँकटको कमै चर्चा हुने गर्छ । किनकी त्यस हिँसामा पँुजीबादको लगानी छ ।
पुँजीबादमा गहिरिदै गएको सँकटलाई विषयान्तर गर्ने अर्को वहाना हो – युद्ध । आन्तरिक वा वाह्य परिस्थितिका कारण अहिले प्रत्यक्ष युद्धको अवस्थामा रहेका तीन एशियाली राष्ट्रहरु अफगानिस्तान, सिरिया र येमनमा पश्चिमाहरुले युद्धसामागृको प्रदर्शन, विक्री गरी रहेकाछन् । सन् २००३ पछि अमेरिकी नेतृत्वको इराक युद्धमा ५ लाख वढि मानिसहरुको मृत्यु भयो भने अमेरिका र गठवन्धन युरोपेली मुलुकहरु सँलग्न सन् २०११ पछिको सिरिया गृहयुद्धमा ४ लाख वढि मानिसहरुले ज्यान गुमाइसकेकाछन् । यसमा विस्थापन भएकाहरुको संख्या अझ ठुलो रहेकोछ । विपन्न राष्ट्र अफगानिस्तान अमेरिकी गठवन्धनको युद्धउन्मादी कृडास्थल वनेकोछ । पश्चिमा पँुजीबाद यसलाई व्यावसायिक प्रवद्र्धन र शक्तिको प्रदर्शनमात्र ठान्दछ जहाँ मानवताको कुनै मुल्य हुँदैन ।
यसरी पुँजीबाद एकातर्फ आफ्नो शाख कायमै राख्न युद्धउन्मुख छ । त्यसैले त उ युद्धलाई सामान्य तर कोरोनाभाइरस त्रासलाई असामान्य ठान्दछ , जतिवेला यसले युरोप सहित शक्तिशाली भनिएको अमेरिकामा धेरैको ज्यान लिइसकेको थियो । सन् २०२०को जनवरी तिर चिनको उहानमा कारोनाभाइरस संक्रमण भइरहेको समय पश्चिमाहरुले ‘चमेरे’ भाइरस भनेर ठट्टा गर्दे थिए । अर्को महिनासम्म इरान, द. कोरिया सहित केहि एशियाली मुलकहरुमा भाइरस संत्रमण वढदैजाँदा यसलाई अमेरिकी राष्ट्रपतिले ‘चिनियाँ भाइरस’ सम्म भन्न भ्याए । स्पेन, इटली, युके सहित युएसमा समेत भाइरल सँक्रमण देखिएपछि त विश्वस्वास्थ्य संगठनले विश्वव्यापी महामारी नै घोषणा ग¥यो । राष्ट्रपति ट्रम्पको ‘चिनियाँ भाइरस’ प्रकरणमा चिनले मुख खोल्दै यो भाइरस अमेरिकी सेनाले उहानमा पहिलो संक्रमण फैलाएको (पेसेन्ट जिरो) औपचारिक घोषणा ग¥यो । प्रतिकृया स्वरुप अमेरिकाले चिनियाँ राजदुत समक्ष स्पष्टिकरणसमेत लिएको थियो । द्विपक्षीय तनाव वढदै गएसँगै अमेरिकामा समेत संंक्रमण दर उच्च रहेपछि डव्लुएचओको नामाकरण कोभिड १९लाई अव ट्रम्पले ‘उहान भाइरस’ सम्म भन्न भ्याए । यो उनको थोरै हारको परिणाम थियो । यो लेख तयार गर्दासम्म स्पेन र इटलीमा संक्रमितहरुको मृत्युको संख्याले चिनियाँ संक्रमितहरुको मुतक संख्यालाई उछिनेको छ , अमेरिकी सँक्रमित संख्यालेृ चिनियाँ संक्रमितको संख्या उछिनेरहँदा डो. ट्रम्प हतास मुद्रामा चिनियाँ समकक्षीसँग महामारी रोकथाम र नियन्त्रणका लागि सहकार्यको हात अघि वढाएकाछन् । सन् १९८१ माविज्ञान सम्वन्धी मिथकका अमेरिकी लेखक डिन कुञ्जको‘द आइज अफ डार्कनेस’ माप्रकाशित चिनको उहानबाट कोरोनाभाइरस फैलने प्रक्षेपण सहितको भविष्यबाणीले ’जैविक हतियार’ को नियोजित प्रयोग भएको शंकालाई उहानमा आयोजित अमेरिकी सेनासमेत सम्मिलित विश्व सैन्य खेल प्रतियोगिता ( १८–२१ अक्टुवर¬) पछि डिसेम्वर ३१, २०१९ मा चिनीयाँ पक्षले उहानमा घोषणा गरेको तथ्य र चिनियाँ पक्षको पेसेन्ट जिरोको सन्दर्भमादिइएको सार्वजनिक अभिव्यक्तिलाई कोरोनाभाइरस प्रकोपलाई षडयन्त्रको सिद्धान्तबाट पनि अध्ययन गर्नु पर्ने हुन्छ । अमेरिकासँगको व्यापार युद्धमा चिनको आर्थिक बृद्धिमा अपेक्षित ह्रास नआएको परिवेशमा अफ्रिकी तथा एशियाली राष्ट्रहरुमा चिनियाँ लगानी र पूर्वाधार विकासमा चिनियाँ योजना ‘बिआरआइ’को प्रभावलाई रोक्न समेत नयाँ कोरोनाभाइरसको प्रयोग जैविक अस्त्रको रुपमा विकास भएको हुनसक्ने अनुमान गरिएकोछ ।
आकस्मिक वा नियोजित जेसुकै भए पनि अहिले कोभिड १९को प्रकोपबाट सवै भन्दा नराम्रो प्रभावित युरोप र अमेरिका भएकाछन् । यसले युरोपियन अर्थव्यवस्थालाई साह्रै ठूलो धक्का दिने लगभग निश्चित छ । प्रकोपका कारण युकेमा मात्र ८० प्रतिशत कामदारहरु रोजगार विहिन भएकाछन् । अव उनीहरुको जिवनयापन कठिन हुने पक्का छ । अकोतर्फ महामारी विरुद्ध डो. ट्रम्पले २० खर्व डलरको आर्थिक प्याकेजको घोषणा गरेकाछन् जुन अमेरिकी खर्च वजेटको लगभग आधा हिस्सा हो । संभवत यो योजना जनताबाट उठाएको करले ठुला वित्तिय तथा व्यापारिक संस्थाहरुको नोक्सानको क्षतिपुर्ति (वेलआउट)मा प्रयोग हुनेछ । किनकी राष्ट्रपति ट्रम्पका आफ्नै ठुला होटल, व्यवसायहरुछन् । व्रिटेनले ३४७ अर्व पाउण्डको महामारी नियन्त्रण कोषको घोषणा गरेको छ जुन वित्तियसंस्थाहरुको वेलआउटका लागि सन् २००७–८मा १३०० अर्व पाउण्ड थियो । यहिवेला युरोपका राष्ट्रहरुमा विपद कोषको घोषणा गर्न प्रतिस्पर्धा नै चलेकोछ । जर्मनीले १५० अर्व डलरको महामारी नियन्त्रणका लागि घोषणा गरेको छ भने विश्वबैंकले १५० अर्व डलर महामारी विरुद्ध ऋणसहयोग कोष घोषणा गरेकोछ । यो कोषले व्यवसायी र धनाढ्य वर्गको हितमा नै प्रयोग हुने अनुमान गर्न कुनै गाहो छैन जसलाई सन् २००८–९ सम्मको युरोप–अमेरिकी आर्थिक मन्दीमा प्रयोग भएको थियो । त्यतिवेलै अर्थशास्त्रिहरुले पुँजीबादी संकटमा समाजबादी उपचार भनेर राज्यकोषको प्रयोगलाई संकेत गरेका थिए । तसर्थ पुँजीबाद सँधै नाफामा नै वस्नु पर्ने सिद्धान्त २१औं शताब्दीको पुँजीबादी भाष्यकारहरुले औंल्याएकाछन् । यसको तात्पर्य हो युद्धबाट नाफा कमाउनु पर्ने, आर्थिक तेजीका वखत पनि नाफा कमाउनु पर्ने अनि वित्तिय संकटका वेला पनि राज्यबाट क्षतिपुर्ति पाउने तर वदलामा नागरिक महामारी, भोकमरी र युद्धबाट मारिनु पर्ने हुन्छ । यति हुँदाहुँदै पनि अहिले कोभिड १९बाट पँुजीबाद अत्तालिएको छ । समाजबादी चिन र क्युवाको सहयोग विश्व मानवजगतका लागि त्राण र प्राणको रुपमा उदाएको छ । चिनले कोरोना प्रभावित हुवे प्रान्तको ६करोड जनसंख्याका लागि लाई औषधी र स्वास्थ्य व्यवस्थापन गर्न सक्यो र प्रकोप नियन्त्रणमा ल्याउने प्रयत्न गरिरहेकोछ । अहिले चिनियाँ अनुभव र स्वास्थ्य उपकरण सवैभन्दा धेरै क्षति पुगेको मुलक इटालीमा प्रयोग भइरहेकोछ । क्युवाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरु महामारीले आक्रान्त मुलुक इटाली, जमैका,सहित ५९ देशमा जोखिमकासाथ अहोरात्र खटिरहेकाछन् । चिकित्सकीय सहयोगका लागि इटालीप्रस्थान गर्नु अघि हवाना विमानस्थलमा मिडिया पत्रकारसँग कुरा गर्दै चिकित्सक लियोनार्दो फर्नाण्डेजले भनेका थिए ‘हामी पनि डराउँछौं , तर हामीले क्रान्तिकारी काम गर्नुछ , …जो डराउँदिन भन्छ उ सुपरहिरो हो तर हामी सुपरहिरो होइनौं, हामी क्रान्तिकारी चिकित्सकहरु हौं ।’ पुँजीबादले घातक हतियारको व्यापार गरेर मृत्युको खेति गरिरहेको वेला समाजबादी शिविरबाट आएको यो उदघोषले मानवजातिमा आशा पलाएको छ । क्युवाका क्रान्तिकारी नेता तथा पुर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको समाजबादी विरासतलाई आज पनि क्युवाली क्रान्तिकारीहरुले उच्चसम्मान दिएको प्रष्ट छ । क्यास्ट्रोले भनेका थिए ‘हाम्रो देश अरु मानिसहरु विरुद्ध वम खसाउँदैन, हजारौं जहाजहरु शहरहरुमा वम खसाल्न पठाउँदैन, न त हाम्रो देशसँग आणविक, रसायनिक र जैविक हतियार नै छ वरु जीवन रक्षाका लागि दशौंहजार चिकित्सकहरुलाई प्रशिक्षित गरेकाछौं । ….जीवनरक्षाका लागि सुदुर अँध्यारा वस्तीहरुसम्म ।… वम होइन, चिकित्सकहरु । स्मार्ट वम पनि होइन, चिकित्सकहरु । ’ (व्युनस आयर्स, मे २००३)’ । आज त्यहि सपना पुरा गर्न क्युवाली अन्तराष्ट्रियबादीहरु कोभिड १९ का विरुद्ध अन्य देशमा स्वास्थ्य विशेषज्ञ सेवा उपलब्ध गराउँदैछन् । त्यस्तैकोभिड १९ ले आक्रान्त सर्वियाले राखेको सहयोग प्रस्तावलाई युरोप गठवन्धनले वास्ता नगरे पछि चिनियाँ मित्र नै आपतको साथी भनेर प्रशंसा पाउनुलाई चिनियाँ कुटनीतिक सफलतामात्र होइन, वरु पुँजीबादको सामथ्र्यहिन पराजय भनेर बुझ्नु पर्ने हुन्छ ।
अहिले उत्पादनको अन्त्यहिन बृद्धि भइरहेको छ । फेरि पनि पहिलेको भन्दा ठुलो जनसंख्या अभावमा वाँच्न विवस छ । पँुजीको केन्द्रीकरणले अफ्रिकी, एशियाली र लेटिन अमेरिकी सुविधाविहिन वर्ग रोग, महामारी, अनिकाल, अशिक्षा जस्ता संभवत सवै मानवजन्य विपदबाट गुज्रिएको छ । आज स्वास्थ्य अधिकारको विषय भएन वरु धनीहरुका लागि सुविधाको वस्तु वन्यो । अनि २६ अर्वपतिहरुसँग पृथ्वीका आधा मानिसहरुको भन्दा पनि वढि सम्पति जम्मा हुनु पुँजीबादमा मानवीय विवेक होइन, नाफाले शासन गरेको स्पष्ट हुन्छ । तर समाजबादमा मानवले पँुजीमाथि शासन गर्छ , अर्थात उत्पादनका साधनमाथि शासन गर्छ ।
विश्वमहामारीको रुपमा रहेको कोभिड १९ लाई पुँजीबादी असफलता र समाजबादी विशेषताहरुको जितको रुपमा पनि लिन सकिने आधारहरु निर्माण भएकाछन् । महामारीको निर्मम चपेटामा परेको स्पेनले सवै निजी अस्पतालहरुलाई राष्ट्रियकरण गरेकोछ । यद्यपि महामारी पछि यो संभावना रहने छैन , तर पनि समाजबाद माहामारी विरुद्धको अस्त्र प्रमाणित भएको छ । हुवे प्रान्तमा प्रकोप नियन्त्रणका लागि कम्युनिष्ट पार्टीको सरकारले लकडाउन गरिरहँदा अमेरिकी छापाहरुले मानव अधिकार उल्लँघनको रटान लगाइरहेका थिए । यति नै वेला अमेरिका भाइरल संक्रमणको संख्या वढिरहँदा राष्ट्रपति ट्रम्प अमेरिका लकडाउनका लागि होइन भन्दै डेमोक्रेसीको परिभाषा दिदै थिए । तर नतिजामा न्युयोर्कमा मात्र चिनियाँ संक्रमितको भन्दा दोव्वर संक्रमित देखियो । अझ सर्वाधिक अर्वपति विल गेटस्ले त अमेरिकामा नै दुई देखि ६ हप्तासम्मको लकडाउन गर्न सुझाव दिएकाछन् । डव्लुएचओले समेत सामाजिक दुरीराख्न सिफारिस गरिरहँदा र महामारी विरुद्ध चिनको प्रयासको खुलेर प्रशंसा गरिरहँदा डव्लुएचओका निर्देशकहरुसँग अमेरिकी प्रशासक खुसी देखिदैनन् र अव अमेरिकी कोपभाजनमा पर्न सक्ने संभावना रहन्छ ।
सामान्य मौसमी फ्लुबाट बार्षिक सरदर ५ लाख मानिसहरुले ज्यान गुमाउनु परेकोछ र त्यस्ता अधिकाँश मानिसहरु तेश्रो विश्वमा पर्दछन् । एड्स, इभोला, डेङ्गु भाइरसको प्रकोपले बार्षिक लाखौं मानिसहरुको ज्यान लिइरहेकोछ । फेरि पनि रोकथामका कमै उपायहरु तेश्रो विश्वमा उपलव्ध छन् ।कोरोनाभाइरस –१९ ले अहिले सम्म झण्डै ४० हजारको ज्यान लिइसकेकोछ । चिन, इरान, द. कोरिया लगायतका देशहरुमा प्रकोप नियन्त्रणमा आउँदै गरेको पाइन्छ । अर्थात यस महामारीको तिव्रता अन्य घातक महामारीका तुलनामा कमजोर देखिदा पनि पुँजीबाद अत्तालिएको छ । अन्तराष्ट्रिय मुद्राकोषले त यहि अवस्था जारी रहेमा विश्व अर्थव्यवस्था इतिहासकै सर्वाधिक मन्दीमा जान सक्ने अनुमान गरेकोछ र विश्व आर्थिक बृद्धि दर १ प्रतिशत र २ प्रतिशतको वीचमा रहने पुर्वानुमान गरेकोछ । यो समय परिपक्व नहुँदै घोषणा गरीएको पुजीबादी असफलताको उजागर हो ।
महामारीको वहानामा सरकारहरुले लकडाउन घोषणा गर्नुपूर्व नै ठुला कर्पोरेट हाउसहरुले आफ्नो व्यवसाय वन्द गरेकाद्धन् । हलिउड, वलिउड, मनोरञ्जन हाउस, खेल प्रतिस्पर्धाहरु, उड्डयन व्यवसाय र ठुला ठुला मेलाहरु एवं कारखानाहरुलाई व्यवसायीहरुले तत्काल रोकिदिएकाछन् छ तर स्वास्थ्य उपकरण, दैनिक उपभोगका आपुर्तिकर्ता र दैनिक जनजीवनसँग प्रत्यक्ष सम्वन्धीत क्षेत्रमा कामदारहरु कार्यक्षत्रमा छन् । कामदारले आम्दानी र सुरक्षा मध्ये कुनै एउटा मात्र रोज्नु पर्ने वाध्यता छ । धेरै कामदारहरु उद्योग, व्यवसाय र कारखानाबाट वेरोजगार वनाइएकाछन् । यिनीहरुको तत्काल जिवन निर्वाह सँकटमा परेकोछ । त्यसको क्षतिपुर्ति गर्न पुँजीबाद तयार छैन । पुँजीबादले राहत कोषको घोषणा गरे पनि पुँजीपतिहरुको नाफा सुरक्षा र कामदारको जीवनरक्षा वरावरी हुन सक्दैन । विश्व आर्थिक मञ्चको अध्ययनलाई मात्र ध्यान दिने हो भने विश्वले५ करोड रोजगाहरु गुमाउदैछ , यो पुँजीवादका लागि रोजगार खोस्ने वहाना पनि हुन सक्छ । भारतले लकडाउन अवधिमा नै रोजगारका लागि गएका दशौं हजार नेपालीहरुलाई स्वदेश फिर्ता पठाएकोछ । यो नेपाल र भारत वीच ऐतिहासिक सन्धी संझौता प्रतिकुल छ । राज्य निर्देशित लकडाउन अवधिभरी व्यक्तिको बाँच्न पाउनु पर्ने अधिकार सुरक्षित हुनु पर्दछ । यो सवै एशियाली, अफ्रिकी, युरोपियन र अमेरिकी महादेशका कामदारहरुमा लागु हुनु पर्ने हो, तर त्यसो गर्न पुँजीबाद तयार छैन ।
निजि अस्पतालहरु समेत वन्द गरीएका छन् । नाफाका लागि वढि शुल्क लिन सकिने किडनी प्रत्यारोपण, क्यान्सर, मुटु रोगी आदिको मात्र उपचार गरिन्छ तर शँकास्पद कोरोना संक्रमितलाई निजी अस्पताल प्रवेश निषेध गरिएकोछ । सामान्य विरामीले पनि अनाहकमा रोग परीक्षण नै हुन नपाई मृत्यु वरण गर्नु परेकोछ ।
पँुजीबादले रक्षा वजेटमा औसत २५ प्रतिशत बृद्धि गरेको छ तर जनस्वास्थ्यसँग सम्वन्धीत स्वास्थ्य वजेटमा २५ प्रतिशत कटौती गरेकोछ । पुँजीबादको रक्षाको लागि हतियार र सुरक्षामा खर्च गर्ने वजेटको अंश प्रत्येक वर्ष बृद्धि हुदैछ तर मानवीयता दिनानुदिन मर्दैछ । कोभिड १९ को त्रासदी भोगिरहेका अन्य मुलुकहरुमा साम्राज्यबादले क्रुर वन्दै नाकावन्दी लगाइरहेकोछ । इरान, भेनेजुएला, क्युवा, उत्तर कोरियामा लगाइएको नाकावन्दी अझै कसिदैछ । यत्रो प्रकोप वढि रहँदा पनि राजनैतिक आस्थाका आधारमा कैद गरिएका राजवन्दीहरु रिहा गर्न पुँजीबाद र यसका दलाल नोकरहरु तयार छैनन् । यो सन्दर्भ नेपाल, भारत लगायत अन्य मुलुकहरुमा समेत लागु हुन्छ ।
एउटा सानो प्रकोपको धक्काले कमजोर वनेको मानवता विरोधी पुँजीबादलाई विश्व समाजबादी आन्दोलनको धक्काले अझ कमजोर बनाउँदैछ र संकट समाधानका लागि त्यहीं पनि समाजबादी विशेषताहरु सहितको विकल्पको खोजी हुँदैछ । तेश्रो विश्वमा षडयन्त्रपूर्वक गरीवि, महामारी र मृत्यु फैल्याउन ओथारो वसेको पुँजीबादको जमिन अव भासिदै गएको छ र विश्व समाजवादी आन्दोलनले नयाँ उचाइ प्राप्त गर्दैछ । पुर्व साभियत सँघको समाजबादी विरासत वोकेको रसियाले प्रकोपग्रस्त मुल¬ुकमा पु¥याएको चिकित्सकीय सहयोग, समाजबादी चिनले कारोना विरुद्ध लडेको दोश्रो जनयुद्ध र अन्तराष्ट्रिय भाइचाराको प्रदर्शन, समाजबादी क्युवाले कोरोना संक्रमित भनिएको एक हजार यात्रु रहेको पानी जहाजका यात्रुलाई अमेरिका सहित क्यारिवियन राष्ट्रहरुले वन्दरगाह प्रवेशमा रोक लगाइरहँदा जहाजमा सवार व्रिटिस नागरिकहरुको उद्धार गरेको विषय र प्रकोप नियन्त्रणका लागि खेलेको अन्तर्राष्ट्रिय भुमिकाले समाजबादको अगाडी पुँजीबाद फिक्का भएकोछ ।
नेपालको सन्दर्भमा दलालप¬ुँजीबादको दलदलमा फँसेको सत्ता एक पछि अर्को जनविरोधी हर्कतका किर्तिमानीहरु तोडदै अगाडी वढिरहेकोछ । भारतीय रोजगारबाट लकडाउनको वहानामा विस्थापित नेपालीहरु सिमानामा भोकभोकै रोकिनु पर्ने तर आफ्नो मुलुक प्रबेशमा निषेध गरिनु निन्दनीय विषय हो । राज्यघोषित लकडाउन अवधिभरि बाटो तथा सिमानामा रोकिएका नेपाली नागरिकहरुको चासो र चिन्ता राज्यको हुनुपर्ने न्युनतम मानवीय कर्तव्यलाई समेत विर्सिएर महाकाली नदीमा जोखिम मोलेरै भए पनि पार गरेर आउने नेपालीलाई अर्धनग्न अवस्थामा गिरफ्तार गर्नु कत्तिको वहादुरी हो ? प्रकोप नियन्त्रणको वहानामा चिन निर्मित भाइरस परीक्षण किट खरीदमा करोडौं घोटाला भएको प्रमाण समेत सार्वजनिक भइसक्दा पनि खरीद विधि र संलग्न विभागीय मन्त्रीहरुको वचाउ गर्नु डोकोले छोप्नु जस्तै हो, जगजाहेर छ ।
शिखर वैठक स्थगन नै भए पनि सार्कराष्ट्रहरुको अध्यक्षको हैसियतले नेपालले कोरोनाभाइरस महामारीका वारेमा भिडियो कन्फरेन्स गरेर पहिलो वन्ने अवसर नेपालले गुमाएकोछ । यो सत्ताको रुग्णसोच मात्र होइन, जनताको आत्मसम्मानमा समेत धक्का परेको महशुस भएको छ । भारतीय प्रधानमन्त्रीलाई नै आयोजक वन्न दिएर नेपालले कुटनीतिक पराजय भोग्नु प¥यो । महामारी विरुद्ध कोष खडा गर्न समेत नेपालको आयोजनामा भारतले प्रस्ताव गर्न सक्दथ्यो भने पाकिस्तानी प्रधानमन्त्रीको समेत सहभागिता हुन सक्थ्यो । तर दलालपुँजीबादीहरुबाट यो भन्दा वढि के नै आशा गर्न सकिन्थ्यो र ।
यसर्थ घरेलु दलालपुँजीबादको पतन, विश्वपुँजीबादीे दवदवाको अन्त्य र बैज्ञानिक समाजबादको निर्माणको आधार तयार भएको तथ्यलाई उत्पिडित राज्य, वर्ग र श्रमजिवीहरुले २१ औं शताब्दीको दोश्रो दशकको अन्त्य सम्म आइपुग्दा प्रमाणित गरिदिएकाछन् ।

प्रतिक्रियाहरु

[anycomment]