माओवादीद्वारा १२ बुँदे र विस्तृत शान्ति सम्झौता खारेज भएको घोषणा

काठमाडौं, १ पुस – नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता खारेज भएको घोषणा गरेका छन् ।गतआइतबारदेखि ललितपुरको कुपण्डोलमा बसेको नेकपा-माओवादी एक साता लामो केन्द्रीय समितिको बैठकको निर्णय सार्बजनिक गर्न आज गरेको पत्रकार सम्मेलनमा अध्यक्ष किरणले उक्त उदघोस गरेका हुन् ।झण्डै एक साता चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न सोमबार राजधानीमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष किरणले अब नयाँ शिराबाट सहमति खोजिनुपर्ने बताए ।तत्कालिन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन २०६२ साल मंसिर ७ गते दिल्लीमा १२ बुँदे समझदारी भएको थियो ।१० वर्षे लामो नेपाली गृहयुद्ध अन्त्य गर्दै २०६३ साल मंसिर ५ गते नेपाल सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको थियो । अहिलेसम्मको राजनीति यिनै सम्झौताको जगमा अडिएको छ ।’१२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता खारेज भइसकेको छ,’ अध्यक्ष किरणले भने, ‘अब नयाँ शिराबाट सहमति खोज्नुपर्छ ।’ उनले सर्वपक्षीय गोलमेच सम्मेलनबाट राजनीतिक निकास निकाल्नुपर्नेमा जोड दिएका छन् ।
यसै कार्यक्रममा अध्यक्ष किरणले दोस्रो संविधानसभा निर्वाचन बिथोल्न मंसिर ४ अघि विभिन्न ठाउँमा भएको बम विष्फोटको जिम्मा लिएका छन् । ‘जनताको लागि आवश्यक ठानेर कार्यकर्ताले बम पड्काएको हो,’ उनले भने ।अध्यक्ष किरणले पुष्पकमल दाहाल नेतृत्वको एमाओवादी सडकमा आए कार्यगत एकता हुन सक्ने बताए ।’उहाँहरु सडकमा आउनुभयो भने कार्यगत एकता हुन सक्छ,’ उनले भने, ‘एमाओवादीका जितेका सभासद्ले राजीनामा दिनुपर्छ, समानुपातिकको सूची बुझाउनु हुँदैन ।’
पत्रकार सम्मेलनमा अध्यक्ष किरण र महासचिब रामबहादुर थापाले जारी गरेको प्रेस वक्तव्यको पूर्ण बिबरण यस प्रकार छ – ” मिति २०७० साल मंसिर २३ देखि २९ गतेसम्म अध्यक्ष क किरणको अध्यक्षता र महासचिव क बादलको उद्घोषणमा नेकपा-माओवादीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भयो । यस बैठकमा केन्द्रीय सल्लाहकार समितिको पनि समुपस्थिति थियो । बैठकमा लिइएका आवश्यक महत्वपूर्ण निर्णयहरुबारे यस प्रेस विज्ञप्तिमार्फ् निम्न अनुसार र्सार्वजनिक गरिएको छ ः
१- बैठकको प्रारम्भमा महान् जनयुद्धसहित समग्र क्रान्तिका वीर अमर सहिदहरुप्रति एक मिनेट मौन धारण गरी भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरियो ।
२- हाम्रो पार्टी नेकपा-माओवादी केन्द्रीय सल्लाहकार समितिका सदस्य तथा नेपाली कम्युनिस्ट आन्दोलनका नेता क शिवराज गौतमको असामयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव पारित गरियो ।
३- बैठकमा देशभित्र र प्रवाससमेत गरी पन्ध्र ओटा राज्यसमितिका इञ्चार्जरसेक्रेटरीद्वारा बहिष्कार आन्दोलनमा प्रस्तुत भूमिका, जवस तथा मोर्चाहरुको साङ्गठनिक स्थिति लगायतका विषयहरुमा सङ्क्षिप्त तथा सारगर्भित रिपोर्ट प्रस्तुत भयो ।
४- यसै क्रममा अध्यक्ष क। किरणद्वारा विचारधारात्मक, राजनैतिक तथा साङ्गठनिक रुपमा एकताबद्ध हुँदै नयाँ जनवादी क्रान्तिलाई नयाँ उँचाइ प्रदान गरौं १शिर्सकको राजनीतिक प्रतिवेदन पेश गरियो र सो प्रतिवेदन ६ दिनसम्म विस्तृत छलफल, बहस तथा अन्तक्रिर्या पश्चात् आवश्यक थपघट, संशोधन तथा परिमार्जन गरी र्सवसम्मत रुपमा पारित गरियो । सो प्रतिवेदनमा प्रस्तुत विषयहरुको सारसङ्क्षेप यस प्रकार रहेको छ ः
-क० वर्तमान राजनीतिक परिस्थितिबारे
· नेपालमा साम्राज्यवादी तथा विस्तारवादी शक्तिकेन्द्रहरुको नवऔपनिवेशिक उत्पीडन, हस्तक्षेप तथा चलखेल तीव्र रुपमा बढ्दै गएको, तिनै शक्तिहरुको निर्देशन तथा गुरुयोजना र चार पक्षीय सिण्डिकेटको पहलमा निर्दलीय सरकारद्वारा दोस्रो संविधान सभाको चुनावी नौटङ्की पूरा गरिएको र त्यसबाट राष्ट्रिय स्वाधीनता, वर्गीयता, पहिचानसहितको सङ्घीयता, महिला, दलित, मधेशी, मुस्लिम, पिछडिएका क्षेत्रको मुक्तिका पक्षधरहरुलाई किनारा लगाइएको, यथास्थितिवादी तथा पश्चगामी शक्तिहरुको हातमा पुगेको संविधानसभाको स्वरुप प्रतिगामी बन्न गएको र परिवर्तनकामी जनसमुदायका लागि यस संविधानसभाको औचित्य सम्ााप्त भैसकेको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
· अब देशको राजनीतिक समीकरणमा फेरबदल हुन गएको छ । शान्ति प्रक्रियाका मूल्य मान्यतालाई ध्वस्त बनाइएको छ । राष्ट्रिय स्वाधीनता तथा र्सार्वभौममिकताको रक्षाको प्रश्नमा थप खतरा पैदा भएको छ । जनतन्त्र र जनजीविकाका समस्याहरु झनै जटिल बन्न गएका छन् । यस स्थितिमा एकातिर देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरुलाई गोलबन्द गरी व्यापक संयुक्तमोर्चा बनाउने र अर्कोतिर सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध गरी नयाँ क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई सुदृढ गर्ने कामलाई व्यवस्थित तुल्याउँदै आन्दोलनलाई नयाँ ढङ्गले सङ्गठित गर्न आवश्यक भएको कुरामा विशेष जोड दिइएको छ ।
-ख० बहिष्कार आन्दोलनबारे
· गत असारमा पोखरामा सम्पन्न दोस्रो पर्ूण्ा के।स।को बैठकमा दोस्रो संविधानसभाको निर्वाचन बहिष्कारबारे लिइएको निर्ण्र्ाासैद्धान्तिक तथा व्यवहारिक दुवै दृष्टिले सही रहेको कुरा प्रमाणित बन्न गएको छ ।
· बहिष्कार आन्दोलनलाई निस्तेज पार्नका लागि राज्यशक्तिको अधिकतम दुरुपयोग, सेनापरिचालन, सर्वोच्च अदालतको आदेश, साम्राज्यवादी तथा विस्तारवादी शक्तिकेन्द्रहरुको दवाव लगायतका अनेकौं कसरतहरु पनि भए । तर पनि बहिष्कार आन्दोलनलाई अगाडि बढाउने काम भएको छ ।
· सरकारी पक्षबाट ७० प्रतिशत मतदान भएको भनी कुत्सित प्रचार गरियो । परन्तु, आन्दोलनकारीहरुका तर्फाट मतदाता नामावलीमा नाम दर्ता नगरिएको, बालिगहरुको नामावली दर्ता गर्न छुट भएको र प्रायोजित रुपमा धाँधली भएको आदि कुरालाई निर्लज्ज रुपमा ढाकछोप गरियो ।
· बहिष्कार आन्दोलनलाई प्रभावकारी बनाउनको लागि सिङ्गो पार्टर्ीीङक्तिको ठूलो हिस्सा माथिदेखि तलसम्म सशक्त तथा सक्रिय रुपमा प्रस्तुत र परिचालित भयो । नागरिक समाज, बुद्धिजीवी, मानवअधिकार कर्मी लगायतका विभिन्न जनसमुदायबाट राम्रो सहयोग प्राप्त भयो । यस सर्न्दर्भमा रोल्पाको थवाङ्ग गाविसले मतपेटिका रित्तै फर्काई बहिष्कार आन्दोलन र नेपाली क्रान्तिको इतिहासमा फेरि पनि ऐतिहासिक कर्ीर्तिमान स्थापित गर्यो । त्यसैगरी जुम्लाको देउपाल गाविसका दुबै मतदान केन्द्र कब्जा गरी अर्को कर्ीर्तिमान स्थापित गरिएको छ । यस प्रक्रियामा हुम्ला, मुगु, दैलेख, ताप्लेजुङ, पाँचथर लगायत देशका विभिन्न जिल्ला तथा गाविसहरुको पनि उल्लेख्य भूमिका रह्यो । बहिष्कार आन्दोलनमा हाम्रो पार्टर्ीीाहेक संयुक्त मोर्चाका घटकहरुको पनि यथेष्ट रुपमा सकारात्मक भूमिका रह्यो । बहिष्कार आन्दोलनलाई प्रभावकारी बनाउने काममा कतिपय सञ्चार माध्यमबाट पनि राम्रो सहयोग प्राप्त भयो ।
· बहिष्कार आन्दोलनमा साम्राज्यवादी तथा विस्तारवादी गुरुयोजना, निर्देशन तथा नवऔपनिवेशिक षड्यन्त्र तथा चार पक्षीय सिण्डिकेटको दलालीकरण, राष्ट्रघाती तथा जनविरोधी कदमको विरोध एवम् भण्डाफोर गरिनु, सिक्किमीकरण प्रक्रियाको विरोध तथा राष्ट्रिय स्वाधीनताको पक्षमा दृढ रहनु, जनताको संविधान बन्नै नसक्ने कुराको जनतामा प्रचार-प्रसार गरिनु, वैकल्पिक तथा समानान्तर शक्तिका रुपमा पार्टर्ीीई स्थापित तुल्याउनु, नयाँ जनवादी क्रान्तिका लागि जनाआधार तयार पार्ने काममा विभिन्न अनुभवहरु हासिल गरिनु लगायतका उपलब्धिहरु प्राप्त भएका छन् ।
· बहिष्कार आन्दोलनमा झण्डै पाँच सय जति नेतारकार्यकर्ताहरुको गिरफ्तारी भयो । कैयौंको अङ्गभङ्ग भएको छ । कैयौं युवाहरुले त्याग र वीरताको उत्कृष्ट कर्ीर्तिमान कायम गरेका छन् । कैयौंमाथि मुद्दा लगाइएको छ । ती सबैको सम्मान गर्दै अझै मुक्त नभएका साथीहरुको अबिलम्ब रिहाइ र झुट्टा मुद्दाको खारेजी गर्नका लागि प्रतिवेदनमा जोडदार माग गरिएको छ ।
· बहिष्कार आन्दोलनमा कतिपय कमी, कमजोरी तथा सीमा पनि रहन गएका छन् । आन्दोलनको प्रक्रियामा कतिपय दुःखद घटना पनि घटे । आन्दोलनको कार्यतालिका राम्रोसँग मिलाउने र अन्तिम समयमा जनपरिचालन गर्ने काममा केही कमजोरी रहेका छन् ।
· समग्रमा बहिष्कार आन्दोलन आफ्नो नवीनता, विशिष्टता र मौलिकतासहित राजनीतिक श्रेष्ठता हासिल गरी मूलतः सफलतापर्ूवक सम्पन्न भएको छ ।
· बहिष्कार आन्दोलनलाई सफल तुल्याउनको निम्ति जनसमुदायको विशाल हिस्सा, नेतारकार्यकर्ताहरु र साहसी युवा पङ्क्तिको विशिष्ट योगदान रहेको छ । ती सबैप्रति केन्द्रीय समितिको प्रस्तावमा विशेष धन्यवाद दिइएको छ ।
-ग० तात्कालिक राजनीतिक कार्यनीतिबारे
· राजनैतिक प्रतिवेदनमा देशलाई अर्धसामन्ती तथा नवऔपनिवेशिक अवस्थाबाट मुक्त तुल्याउनका लागि नयाँ जनवादी राज्यसत्ताको स्थापना अनिवार्य रुपमा आवश्यक रहेको मूल रणनीतिक उद्देश्यमाथि प्रकाश पारिएको छ । यसै प्रक्रियामा पार्टर्ीीे तात्कालिक राजनीतिक कार्यनीतिका रुपमा वैदेशिक हस्तक्षेप तथा षड्यन्त्र मुक्त नयाँ राष्ट्रिय राजनीतिक सहमतिको निर्माण, संविधान सभाको विघटन, अधिकार सम्पन्न उच्चस्तरीय तथा र्सवपक्षीय राजनीतिक सभाको गठन, राष्ट्रिय संयुक्त सरकारको गठन, जनसंविधानको निर्माण र राष्ट्रिय स्वाधीनता तथा र्सार्वभौमिकताको रक्षाका कामलाई प्रस्तुत गरिएको छ ।
· सो प्रतिवेदनमा वार्ता तथा संवादको ढोका पनि खुलै राखिएको कुरा उल्लेख गरिएको छ ।
· साथै, प्रतिवेदनमा मजदुर तथा किसान वर्गका हकहित, आदिवासी जनजाति, मधेसी समुदायका हकहित तथा पहिचानसहितको सङ्घीयता, महिला, दलित तथा मुस्लिम समुदायका हकहित सहित विशेषाधिकारको व्यवस्था तथा पिछडिएका क्षेत्रसहित आम उत्पीडित जनसमुदायको मुक्तिप्रति प्रतिबद्धता जाहेर गर्दै वर्गीय मुक्ति, जातीय मुक्ति र राष्ट्रिय मुक्तिसँग सम्बन्धित प्रश्नहरुलाई अभिन्न रुपमा ग्रहण गरिनु पर्ने कुरामा विशेष जोड दिइएको छ । पार्टर्ीीे तात्कालिक राजनीतिक कार्यनीतिको मूल मर्म सङ्र्घष्ाका बीचबाटै जनताको संविधान बनाउने दिशामा संकेन्द्रित रहेको कुरा उल्लेख गरिएको छ ।
-घ० आगामी कामबारे
प्रतिवेदनमा सैद्धान्तिक तथा राजनैतिक, साङ्गठनिक, सङ्र्घष्ा सम्बन्धी, अन्तर्रर्ााट्रय तथा आर्थिक विषय लगायतका कामहरुबारे मर्ूत योजना बनाउने कुरामा जोड दिइएको छ । तदनुसार आगामी कामहरु यसप्रकार रहेका छन् ः
· देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरुलाई समेटी व्यापक रुपमा संयुक्त मोर्चारकार्यगत एकता गर्ने ।
· पार्टर्ीीाहिरका सच्चा क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुसहित एनेकपा -माओवादी० समूहमा रहेका क्रान्तिकारी कम्युनिस्टहरुलाई पार्टर्ीीकताका लागि विशेष आहृवान गर्ने ।
· पार्टर्ीी छिटै विभिन्न स्तरमा प्रशिक्षण तथा बैठकहरु सञ्चालन गर्ने । साथै, जवस मोर्चाका बैठकका कामहरु पनि सम्पन्न गर्ने ।
· एकाइदेखि गाउँ, एरिया तथा जिल्ला हुँदै राज्यसम्म यसै पुस, माघ तथा फागुनमा तीन महिने साङ्गठनिक सुदृढीकरण अभियान सञ्चालन गर्ने र विभिन्न सम्मेलनहरु पनि सम्पन्न गर्ने । यसैगरी जवस तथा जातीय मोर्चाहरुका पनि तलैदेखि सम्मेलनहरु सम्पन्न गर्ने ।
· उक्त तीन महिने अवधिमा सङ्र्घष्ाका प्रचारात्मक कामहरुलाई अगाडि बढाउने ।
· आगामी चैत, वैसाख र जेठमा तीन महिने सङ्र्घष्ाको कार्यक्रमलाई विकसित तुल्याई प्रभावकारी बनाउने ।
· २०७१ साल असार, साउन र भदौमा राष्ट्रिय स्तरका सम्मेलन सञ्चालन अभियान चलाउने । असारमा पार्टर्ीीे राष्ट्रिय सम्मेलन गर्ने । त्यसै प्रक्रियामा जवस मोर्चाहरुका पनि राष्ट्रिय सम्मलेनहरु सम्पन्न गर्ने ।
उक्त कामहरुबारे छिटो ठोस योजना निर्माण गर्ने जिम्मा पोलिटब्यूरोलाई दिइएको छ ।
५- अन्त्यमा, अध्यक्ष क। किरणद्वारा के।स।को बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन सजीव छलफल, बहस र अन्तक्रिर्याका बीचबाट आवश्यक परिमार्जन, थपघट तथा संशोधनसहित पारित गरियो र पार्टर्ीीई वैचारिक, राजनीतिक तथा साङ्गठनिक रुपमा अझै एकताबद्ध तुल्याउँदै नयाँ उँचाइ प्रदान गर्न शानदार रुपमा सफल रहेको संश्लेषण गरियो । यसै क्रममा वहाँले सम्बन्धित सबैलाई धन्यवाद दिंदै बैठकको समापन गर्नुभयो । “