प्रधानन्यायाधीशद्वारा फैसलालाई लिएर इजलाशमा प्रश्न नउठाउन आग्रह

२०७८ जेष्ठ १६ गते, आईतवार


काठमाडौं । प्रधानन्यायाधीश राणाले मुद्दाको फैसला र त्यसका परिणामबारे संसद् विघटनसम्बन्धी मुद्दासँग जोडेर विषय नउठाउन आग्रह गरेका छन । कानुन व्यवसायीहरुले नेकपा फुटाउने मुद्दाको फैसला गरेका न्यायाधीश श्रेष्ठ र उक्त फैसलाविरुद्ध पुनरावलोकन निवेदन खारेज गरेका न्यायाधीश केसी यो मुद्दाको सुनुवाईमा पनि बस्दा स्वार्थ बाझिने भन्दै प्रश्न उठाए पछि प्रधानन्यायाधीश राणाले नेकपा फुटाउने फैसलाले संसद् विघटनसम्बन्धी मुद्दामा चासो राख्छ कि राख्दैन ? भनेर कानुन व्यवसायीहरुसँग प्रश्नसमेत गरेका छन ।
बहसको शुरुमै अधिवक्ता गोविन्द वन्दीले न्यायाधीश श्रेष्ठ र केसीका बारेमा प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले फैसला हेरेर न्यायाधीश बेठिक भन्ने अधिकार नभएको जवाफ दिएका थिए । अधिवक्ता बन्दीले आफूले यसलाई जिरह नगर्ने तर त्यस्तो फैसला गर्ने व्यक्ति संवैधानिक इजलासमा बस्दा अदालतको गरिमा बढ्छ कि बढ्दैन ? भन्ने प्रश्न गरेका थिए । त्यसैगरी, वरिष्ठ अधिवक्ता महादेव यादवले पनि न्यायाधीशद्वयको सहभागिताका बारेमा प्रश्न उठाउँदै दुबै जना इजलाशमा बस्न नहुने जिकीर गरेका थिए भने वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीलाई प्रधानन्यायाधीश राणाले, ‘नेकपा फुटाउने मुद्दाले यसमा प्रत्यक्ष सरोकार राख्छ कि राख्दैन ?’ भन्दै प्रश्न गरेका थिए ।
जवाफमा कार्कीले भोलि यो फैसला पुरानो फागुन २३ को फैसलाजस्तै भयो भने बाहिरबाट अदालतमाथि प्रश्न उठ्न सक्ने भएकाले अहिले नै विचार गर्दा राम्रो होला भन्ने जवाफ दिएका थिए । कार्कीले अघिल्लोपटक संसद् विघटनसम्बन्धी मुद्दामा सहभागी न्यायाधीश केसीको पुनः सहभागिता सम्बन्धमा प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले भन्नुभयो, ‘संवैधानिक इजलासमा त म पनि छु, मलाई वायस नगरौँ । यो बारको अधिकार हो । मलाई मोरल दायित्व पर्दैन र ?’ कार्कीको भनाइ थियो, ‘यो सम्माननीयको व्यक्तिगत विचार हो ।’
यसैबीच , प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । आइतबार रिट निवेदक पक्ष र सरकारी वकिलहरुले संवैधानिक इजलासका न्यायाधीशमाथि उठेको प्रश्नबारे बहस भएको छ । आइतबार दुबै तर्फको बहससँगै संसद विघटनसम्बन्धी मुद्धा हेर्दाहेर्दैमा राखिएको छ
संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबराका साथमा न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन । उक्त इजलाशमा ३० वटा रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु