युवा सङ्गठन चितवनको अध्यक्षमा रणदिप गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा सङ्गठन चितवनको पाँचौ जिल्ला सम्मेलनले रणदिप गौतमलाई अध्यक्षमा चयन गरेको छ । जसको उपाध्यक्षमा विरु तामाङ, सचिवमा किरण परियार, कोषाध्यक्षमा लक्ष्मी ढुङ्गाना र सचिवमा सन्देश श्रेष्ठ रहेका छन् ।
जनताको व्यवस्था चुन्नका लागि जनमतसङ्ग्रहको सृजना गरौँ, एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादका लागि पाँचौ जिल्ला सम्मेलन भन्ने नाराका साथ रणदिप गौतमको अध्यक्षतामा २७ सदस्यीय कमिटी निर्माण गर्दै युवा सङ्गठन नेपाल चितवनको पाँचौ जिल्ला सम्मेलन भरतपुरमा सोमबार सम्पन्न भएको बताइएको छ ।
सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेल प्रमुख अतिथि रहेका थिए भने अतिथिमा युवा सङ्गठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश, नेकपा चितवनका विशेष कमिटी सदस्य उत्सव, धुर्व खड्का, जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटा, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य केशवराज भट्टराई, सुदिप पौडेल, कोपिला अधिकारी, अखिल नेपाल क्रान्तिकारी महिला सङ्घकी केन्द्रीय सदस्य अञ्जना, किसान सङ्घका प्रकाश ढकाल, शिक्षक सङ्गठनका केन्द्रीय सदस्य राजेन्द्र ढकाल र केशव रेग्मी रहेका थिए ।
युवा सङ्गठन नेपाल चितवनका जिल्ला संयोजक तथा केन्द्रीय सदस्य राम सेडाइँको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनको सञ्चालन
रणदिपले गरेका थिए ।