६६ औँ प्रहरी दिवस मनाँईदै

२०७८ आश्विन २० गते, बुधबार


काठमाडौं । आज ६६ औँ प्रहरी दिवस । नेपाल प्रहरीले बिभिन्न कार्यक्रम गरी आज ६६ औँ प्रहरी दिवस मनाउदैछ । विक्रम संवत २०१२ सालमा ऐन आएपछि नै नेपाल प्रहरी औपचारिक रुपमा गठन भएको हो । २०१२ मै प्रहरी संगठन औपचारिक रुपमा गठन भए पनि प्रहरी दिवस भने केही वर्षपछि मात्रै मनाउन सुरु गरिएको हो । कानुनी रुपमा नेपाल प्रहरीले आधिकारिता पाएको आज ६६ वर्ष पुगेको छ ।
प्रहरी दिवसको अवसरमा नेपाल आमाका सपुतहरु, अमर प्रहरीलाई सम्झना गर्ने, सम्मान गर्ने, परिवारलाई सम्मान गर्ने, आफ्नो कर्तव्य पालनका सिलसिलामा घाइते भएका प्रहरी कर्मचारी पूर्वजहरु तथा वर्तमानहरुको सम्मान गर्ने गरिएको छ । प्रहरी दिवसमा प्रहरी प्रधान कार्यालयसहित प्रदेश र जिल्लादेखि इलाका प्रहरी कार्यालयसम्म विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु