नक्सलबाडी आन्दोलन, झापा बिद्रोह र एकीकृत जनक्रान्ति ।

रसियन कम्युनिस्ट पार्टीमा सन् १९५६ ख्रुस्चेव नेतृत्वमा आएपछि विश्वकम्युनिस्ट आन्दोलनमा बिभाजन आयो । चीनमा महान् सर्वहारा सांस्कृतिक क्रान्ति चलिरहेको थियो । माओत्सेतुङले ख्रुस्चेभलार्ई संशोधनवादी भनेर आलोचना गरे । जसलार्ई विश्वकम्युनिस्ट आन्दोलनमा महाविवादको नामले बुझिन्छ । उक्त विवादको प्रभाव भारतीय कम्युनिस्ट पार्टीमा पनि देखियो, जसको कारण भारतीय कम्युनिस्ट पार्टीमा लाईन संघर्ष चल्यो ।
ख्रुस्चेव लाईन हावी भएसंगै प्रकारान्तरमा १९६४ मा भाकपा (माक्र्सवादी) गठन भयो । लगत्तै चि.क.पा. ले भारतमा कम्युनिस्ट पार्टी नभएको घोषणा ग¥यो । जसकारण भाकपा (माक्र्सवादी) भित्र तिब्र संघर्ष देखियो । पश्चिम बंगालका क्रान्तिकारी नेता चारुमजुमदारले उक्त पार्टीभित्र विद्रोह गर्दै १९६७ देखि बंगालका विभिन्न प्रहरी चौकीहरुमा सशस्त्र आक्रमण गरे । चारुमजुमदारले सशस्त्र युद्धबाट सामन्ती सत्ताको अन्त्य गरेर जनवादी राज्य सत्तास्थापना गर्ने बिकल्प अगाडि सार्दै १९६९ मा भाकपा मालेको नाममा पार्टीलार्ई पुनर्गठन गरे ।
यसलार्ई चिनियाँ कम्युनिस्ट पार्टीले भारतमा बसन्तको मेघगर्जन भएको प्रतिकृया दियो । तत्कालिन अवस्थामा भारतमा इन्दिरा गान्धीको सरकार थियो । सरकारले दमनलार्ई तिब्र बनायो । हजारौ किसान, बिद्यार्थी, युवाहरुको सामुहिक हत्या ग¥यो । नक्सलबाडी आन्दोलनकर्मीहरुलार्ई तत्कालिन सरकारको नेतृत्व गरिरहेकी इन्दिरा गान्धीले देख्नेबित्तिकै मार्नु भनी आदेश गरेकी थिइन् । दमनको प्रभाव तिब्र बन्यो सरकारले हजारौ जनताको कत्लेआम ग¥यो ।
१९७२ मा चारुमजुमदार, बाबुलाल, आपालाल, गेड्डेलाल, निर्मलालगायतका नेताको हत्या गरियो । अन्य धेरै नेता, कार्यकर्ताहरुको हत्या भयो । त्यसपछि उक्त विशाल आन्दोलन कमजोर पर्न पुग्यो । चारुका सहकर्मीहरुले पछिल्लो समय पनि बल प्रयोगलाई कम्युनिस्ट पार्टीले लागू गर्नु पर्ने बताइरहे । यतिबेला भाकपा माओवादी नक्सालबाडी आन्दोलनको मर्म र भावनालाई पछ्याइरहेको छ । सही दृस्टिकोण अर्थात बन्दुकले टिकेको राज्यसत्ताको अन्त्य गर्न बन्दुक उठाउनै पर्ने सत्यको सार आज पनी विश्व कम्युनिस्ट आन्दोलनमा जबर्जस्त छ । यो सत्य अहिले विश्व पुँजीवादी संकटको अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्न सक्ने दर्बिलो अस्त्रको रुपमा स्थापित छ ।
जसलाई विश्वका उत्पीडित रास्ट्र र जनताहरुले आत्मसात गरिरहेका छन् । नेपालमा कम्युनिस्ट पार्टीको स्थापना बि.सं.२००६ सालमा भएको थियो । २०१० सालमा भएको पहिलो महाधिवेशनले पुस्पलाललार्ई हटाएर मनमोहन अधिकारीलाई पार्टीको महामन्त्री चुन्यो । २०१२ सालमा मनमोहनद्वारा राजालाई बिन्तिपत्र चढाउने काम भयो । राजसंस्थाको चाकडी गर्ने सहमतिमा पार्टीलाई खुल्ला गरियो । दोश्रो महाधिवेशनले केसरजंग रायमाझीलाई महासचिब चयन ग¥यो । रायमाझीले २०१७ मा राजाको लाईनलाई स्विकार गरेपछि पार्टीमा संघर्ष चर्कियो ।
२०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनले तुल्सिलाल अमात्यलार्ई महासचिव चयन ग¥यो । अमात्य अल्पमतमा थिए । कम्युनिस्ट पार्टी विभिन्न उतारचढावहरु सहन गर्दै अगाडि बढिरहेको थियो । महाविवादको प्रभाव नेपाली कम्युनिस्ट आन्दोलनमा पनि पर्न गयो । सोही समय झापाको सिमानामा पर्ने पश्चिमबंगाल र त्यहाँ उठेको बसन्तेगर्जनको प्रभाव झापामा पनि प¥यो । २०२७ सालको अन्त्यमा झापा विद्रोहको तयारी भयो । नेपालको कम्युनिस्ट आन्दोलनमा पहिलो सशस्त्र संघर्ष थियो झापा बिद्रोह । पंचायती सत्ताले झापा बिद्रोह माथि चर्को दमन ग¥यो । सामन्ती राज्यसत्ताको अन्त्य गरी जनवादी ब्यवस्था स्थापना गर्ने ध्येयका साथ प्रारम्भ गरिएको झापा बिद्रोहको झिल्कोले तत्कालिन पंचायती सरकारलाई हल्लाउन पुग्यो । झापा बिद्रोह मुख्यत झापाका किसानहरुलाई संगठित गरेर सामन्त जमिन्दारहरु माथि फौजी हमला गरिएको थियो । झापा बिद्रोहमा झापाका धर्मप्रसाद ढकालको बिद्रोहीहरुले हत्या गरे । राज्य दमनले चर्को रुप लियो ।
सयौं क्रान्तिकारीहरुलार्ई गिरफ्तार ग¥यो । दमन यहाँसम्म बढ्यो तत्कालिन भर्भराउँदा सचेत झापाली क्रान्तिकारी योद्धा वीरेन राजवंशी, नारायण श्रेष्ठ, रामनाथ दाहाल, नेत्र घिमिरे र कृष्ण कुइँकेललार्ई आजकै दिन अर्थात २०२९ फागुन २१ गते इलाम जेल सार्ने बाहनामा इलामको सुखानीमा लगियो र आत्मसमर्पण गर्न लगाइयो तर उहाँहरुले इन्कार गरेपछि गोली हानी हत्या गरियो । त्यस पछि संयौँ झापाली योद्धाहरुलार्ई गिरफ्तार गरिएको अवस्था र ५ जना योद्धाहरुको हत्या भएपछि झापा बिद्रोह कमजोर पर्न पुग्यो । २०१० सालमा मनमोहन अधिकारीले राजा त्रिभुवनलार्ई राजसंस्था मान्छु भनेर दाम चढाएपछि कम्युनिस्ट पार्टीमा बिभाजन सुरु भयो । तत्कालिन झापा बिद्रोहको नेतृत्व गरेको तत्कालिन माले उक्त बिभाजनले निम्त्याएको एउटा सानो समूह थियो । पछि आएर यो बिद्रोही समूह संशोधनवादी बन्नपुग्यो । २०३५ सालमा यो समूहले माओ बिचार धारालाई छोड्यो साथै झापा बिद्रोह गर्नु नै गल्ती थियो भनेर पश्चताप गर्ने अवस्था बन्यो । २०४६ सालपछि यो एमालेको नाममा खाट्टी संसदवादी भएर देखाप¥यो । यो यतिबेला क्रान्तिको मूल प्रवाहाको विरुद्ध भएर आएको छ । झापा बिद्रोहको नेतृत्व गरेका पात्रहरु र जनयुद्धको नेतृत्व गरेको पात्रहरुमा आएको बिचलनले दुवैलाई एकै ठाउँमा ल्याइपु¥याउने काम गरेको छ । यिनीहरुले दलाल पुँजीवादको सेवा गरिरहेका छन । संगसंगै क्रान्तिकारीहरु माथि निर्मम दमन गर्न अगाडि आएका छन् । अधिकारबाट बिमुख बनाइएका उपेक्षित जनताहरुको जीवनलार्ई अधिकार सम्पन्न र मुक्त गराउने उद्देश्य राखेर नेपाली जनताहरुले संघर्ष गरे । २०२८ सालमा झापा बिद्रोह भयो, त्यस्तै २०५२ सालबाट महान् जनयुद्धको सुरुवात गरियो । यो जनयुद्ध कसैको लहड र चाहनाभन्दा पनि नेपाली जनताहरुको बीचमा अलपत्र परेको मुक्तिको सपनाको केन्द्रीकरण थियो । झापा बिद्रोह र जनयुद्धको आ–आफ्नै स्थानमा उत्तिकै सान्दर्भिकता छ । यी दुवै जनताहरुको मुक्त जीवनको सपनाको निरन्तरता थियो । आज दुवै आन्दोलनलार्ई मुख्य नेतृत्व प्रदान गर्ने पात्रहरु तत्कालिन सामन्ती ब्यवस्थाको नयाँ संस्करण दलाल पुँजीवादको सेवकको रुपमा आपूmलाई उभ्याउँदै दलालहरुका असली कारीन्दा बनेका छन् । जनताहरुको रगतसंग जोडिएका मुक्तिका तमाम सपनाहरु जिवित छन् । जुन सपना २०५२ फागुन १४ गते हत्या गरिएका दिलबहादुर रम्तेलदेखि २०२९ फागुन २१ गते हत्या गरिएका झापाका ५ योद्धा मात्र होइनन्, मुक्त जीवनको सपना देखेर आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने हजारौं योद्धाहरुको रगतसंग जोडिएको सपनाहरु हुन् । ती सपनाहरुको रक्तभूमिबाट रातोझण्डा ढल्न पाएन । आज त्यो झण्डा नेपाल कम्युनिस्ट पार्टीले उठाएको छ ।
आज एकीकृत जनक्रान्ति अगाडि आएकोछ । विश्व पुँजीवादको संकट र असफलता र नेपालको संसदिय ब्यवस्थाले जनतामाथि लादेको संकट र असफलताको बीचबाट वैज्ञानिक समाजवादी सत्ता अनिवार्य बनेर बिकल्पको रुपमा अगाडि आएको छ । फेरि बलिदानीको कसम खाएर उठेको छ अर्को बसन्तको मेघगर्जन अर्थात एकीकृत जनक्रान्ति ।