रुस–युक्रेन युद्ध रोकिनु पछर्, राजनीतिक समाधान खोजिनु पर्छ
यतिबेला यूक्रेनमाथि रुसको हमलाले बिश्वमा यस्तो घटना क्रम खडा गरिदिएको छ जसको यूरोप र बिश्व मामिलामा दूरगामी प्रभाव पर्ने देखिन्छ । रुसले जुन बृहत स्तरमा सैनिक हमला गरेको छ त्यसको पछाडि जुनसुकै उक्साहट रहे भएको आशंका गरिए पनि समस्याको समाधान सैनिक हमालको यो तरीकाबाट हुनुहुदैन र हुने पनि देखिदैन । त्यसैले तत्कालै युद्ध बिराम गरेर राजनीतिक र कूटनीतिक बातचितबाट समस्याको समाधान पहिल्याउने बाटो लिनु पर्दछ भन्ने दबाब अहिले सर्बत्र बढिरहेको छ ।
तथापि यस्तो युद्धको स्थिति के कारणले गर्दा खडा भयो यसको लागि को जिम्मेवार छ त्यसलाई उल्लेख गर्नु आवश्यक छ । यसको पहिलो कारण पूर्ब सोभियत संघको बिघटनबाट उत्पन्न घटना बिकास हो । वास्तवमा दोश्रो बिश्व युद्ध पछि अमेरिकी साम्राज्यबादले नर्थ एटलाण्टिक ट्रिटी अर्गनाइजेश(नाटो)को गठन यस कारणले गरेको थियो कि शीत युद्धलाई तीब्र तुल्याउन सकियोस् र सोभियत संघले आफ्ना सहयोगी पूर्बी यूरोपका समाजबादी देशहरुसँग जुन वार्सा सन्धि गठबन्धन कायम गरेको थियो त्यसको सैन्य तरीकाले मुकाबिला गरिनु पर्दछ । यसरी नाटो शीत युद्धको कालखण्डमा साम्राज्यबादको सैन्य मोर्चाकोरुपमा समाजबादका बिरुद्ध क्रियाशील रहिरह्यो । तर पछि सोभिय संघको बिघटनपछि उसले गरेको वार्सा सन्धि संगठन पनि बिघटन भयो । यस्तो स्थितिमा नाटो सैन्य संगठन कायम रहिरनुको कुनै तुक थिएन । त्यो कायम रहने स्थिति नरहेपछि त्यसलाई पनि बिघटन गरिदिनु पर्दथ्यो । बस्तुतः १९९२ मै जनवरीमा कतिपय बिश्लेषहरुले भनेका थिए कि वार्सा सन्धि बिघटन भएको स्थितिमा नाटो सन्धि कायम रहेको र त्यसले खाडी युद्धमा एकजुट भएर काम गरेको हो । नाटोले आफ्नो रणनीतिमा परिबर्तन गर्ने र तीब्र हस्तक्षेपका लागि एउटा त्वरित प्रतिकृया दिने शक्ति खडा गर्ने निर्णय लियो र त्यसमा सबै नाटो सदस्य देश सामेल हुने कुरा अघि सारेको थियो । वास्तवमा त्यतिबेला बिश्व शान्तिका शक्तिहरुले के माग गर्नु परेको थियो भने अमेरिकी साम्राज्यबाद र उसका सहयोगी मित्रहरुले बिश्वभरी जहाँसुकै सैनिक अड्डा बन्द गर्नका लागि ठूला कदमहरु तीब्ररुपमा उठाउन्, परम्परागत यस्तो शक्तिमा ठूलो कटौति गरुन् र यसका अतिरिक्त नाभिकीय शस्त्रास्त्रमा अझ कटौति गर्ने र तिनलाई समाप्त पार्नका लागि बार्ताको पहल गरुन् भन्ने महत्वपूर्ण कुराहरु रहेको थिए ।
तर अमेरिकी साम्राज्यबादले शीतयुद्धत्तोर स्थितिको सामना गर्न आफ्नो बिश्वब्यापी बर्चश्वलाई अझ सबल तुल्याउने आकांक्षाले नाटोलाई कायम राख्ने निर्णय गरेको मात्रै होइन, त्यसलाई मझ सक्षम र सबल बनाउने तथा त्यसलाई बिश्वरभी खाशगरी यूरोप तथा मध्य एशियामा सैन्य अभियानहरुका लागि उपयोग गर्ने बाटो अबलम्बन गर्न थाल्यो ।
यसरी नाटोलाई समाप्त पार्नुको साटो अमेरिकी साम्राज्यबादले फाटाफट पूर्बतिर त्यसको बिस्तार गर्न थाल्यो । यो कदम सोभियत संघको बिघटनपछि त्यसका नेता गोर्भाचेभलाई दिएको आश्वासन बिपरीत त्यसलाई नकाररिएको कदम थियो । स्मरण रहोस् १९९० ताका नाटोका सदस्य देशहरुको संख्या १६ मात्र थियो । तर १९१९ मा पुग्दा नपुग्दै पोल्याण्डप हंगेरी तथा चेक गणराज्यलाई त्यो नाटोमा संलग्न र सम्बद्ध गरिसकिएको थियो । पुनः २००४ मा बुल्गारिया, इस्टोनिया, लाटभिया,लिथुआनिया, रोमानिया स्लोभाकिया र स्लोबेनिया गणराज्यहरुलाई पनि त्यसमा सामेल गरियो । यस क्रममा २००९ मा पुग्दा अल्बानिया र क्रोएशिया पनि त्यसमा सामेल गरिए । अनि २०१७ मा मोण्टेनिग्रो र नर्थ मोशोडेनिया पनि सामेल भए । त्यसपछि २०२१ मा बोस्निया र हर्जेगोभिना पनि यसमा संलग्न गराइए । यसरी यूक्रेन तथा जर्जियालाई छोडेर झण्डै सबैजसो पूर्बी यूरोपेली देशहरुलाई नाटोमा सामेल गरिसकेको स्थिति छ । अनि अहिले रुसको सीमानामा १ लाख ७५ हजा नाटो सेना तैनाथ भइसकेका छन् ।
यस अघि रुसले २००८ मा एउटा यूरोपेली सुरक्षा सन्धि गर्न पनि प्रस्ताब गरेको थियो । त्यो सन्धि कुन सिद्धान्तमा आधारित हुने भनिएको थियो भने कुनै पनि देशले अर्को देशको सुरक्षाको मूल्यमा आफ्नो सुरक्षालाई अझ बलियो बनाउने छैन । तर त्यो सन्धिको प्रस्ताबलाई मानिएन । यूक्रेनको नाटो प्रबेशलाई रुसले आफ्नो सुरक्षा खतरा पैदा गर्ने आक्रामक कदम मान्दै आएको छ । एकथरी बिश्लेषकहरुले त्यसलाई उचित नै मानेका पनि छन् ।
गत बर्ष २०२१ को डिसेम्बर महिनामा पनि रुस तथा नाटो सदस्य देशहरुका बीच सुरक्षा सुनिश्चितताको प्रस्ताब पनि गरिएको थियो । त्यस सुनिश्चिततामा नाटोको थप बिस्तार नगर्ने, रुसको सीमानामा कुनै घातक हतियार तैथान नगरिने र १९९७ को नाटो–रुस फाउण्डिङ्ग कानुनको पुनर्बहाली सामेल रहेको बताइएको छ । तर अमेरिकाले यो प्रस्ताबलाई ठाडै अस्वीकार गरिदियो । अमेरिका त यूक्रेनका रुस बिरोधी सत्ता समूहलाई नै बढावा दिन लागिपरेको थियो र २०१४ मा त्यहाँ सत्ता पल्टाउने काम पनि गरिएको थियो । त्यसपछि यूक्रेन औपचरिकरुपमा नाटोमा प्रबेश नगरिकनै पनि त्यहा यसरी नाटोको आधारभूत ढाँचाको प्रचार सुरु भइसकेको थियो ।
यस शत्रुतापूर्ण घटना बिकासबाट पुटीन र रुसले रुसको सुरक्षामा खतरा अझ बढ्दै गएकोरुपमा हेरेका थिए र त्यसैको परिणति अहिलको युक्रेनमाथिको रुसको हमला हुनपुगेको देखिन्छ । यस प्रकार भन्न सकिन्छ कि यो अहिलेको लडाई एकारित रुस र अर्कोतिर अमेरिका÷नाटाको बीचको लडाई हो । अनि यूक्रेन चाँही यो दुइ शक्ति बिच लडाई लडिने युद्ध मैदान अर्थात ‘बलिको बोको’बन्न पुगेको छ ।
अर्को कारक तत्व यो लडाईको कुन तथ्यमा निहीत रहेको छ भने रुसी राष्ट्रपति पुटीन बृहत्तर अर्थात महा–रुसलाई पुनर्बशाली गर्ने जुन पुनर्बिजयबादी परियोजना चलाइरहेका छन् त्यसमा यूक्रेनलाई यस परियोजनाको अभिन्न अंगकोरुपमा लिएको देखिन्छ । धेरै हदसम्म रुसको इतिहास, उसको धर्म आदि सबैको प्रसार यस्तो इलाकामा भएको छ जुन आज यूक्रेनको हिस्सामा रहेको छ । सदीयौंदेखि रुस र यूक्रेन दुबैको इतिहास एक आपसमा जोल्ठिएर रहेको छ । यूक्रेनको पश्चिमी हिस्सामा मूख्यत क्याथोलिकहरुको बहुलता छ भने त्यसको पूर्र्बी हिस्सा मूख्यत रुसी क्याथोलिक चर्चका अनुयायी रहेका छन् ।पश्चिमी हिस्सामा यूक्रेनी भाषा बोलिन्छ भने पूर्बी हिस्सामा रुसी बोलिने गरिन्छ ।
पुटीनको यस पुनर्बिजयबादका कारणले नै उनले २१ फेब्रुअरी २०२२ मा राष्ट्रको नाममा सम्बोधन गर्दा एउटा पृथक यूक्रेनको निर्माणको जिम्मेबारी बोल्शेभिकहरुमाथि बोकाएका थिए भने आफ्नो बर्तमान रुपमा यूक्रेनलाई ‘भ्लादिमिर लेनिनको यूक्रेन’को संज्ञा दिएका थिए । उनले यसका लागि त्यस बैज्ञानिक तथा जनतानित्रक लेनिनबादी सिद्धान्तमाथि दोष थोपरेका थिए जुन कुरा अक्टोबर क्रान्तिपछि अपनाइएको थियो । जातियता या राष्ट्रियताहरुको आत्म निर्णयको अधिकार तथा पृथक हुनसक्के हदसम्मको अधिकारको घोषण १९२२ मा भएको थियो र १९२४ को सोभियत संघको संबिधानमा यसलाई सामेल गरिएको थियो । अहिले पुटीन यसलाई ‘मूल पाप’को संज्ञा दिन्छन् जसका कारणले पूर्ब सोभियत गणराज्यहरुमा(स्थानीय)पृथकताबादी शक्तिहरुको उभार आएको छ । स्पष्ट छ कि लेनिन तथा बोल्शेभिकका बिरुद्ध पुटीको यो हमलामा उनी बास्तवमा यसै पश्चातापको स्वर मुखर गर्दै छन् कि १९१७ मा समाजबादी क्रान्तिको बिजको माध्यमबाट उनले बृहत्तर रुसको जारशाहीबादी रुसी साम्राज्यको आकांक्षालाई पराजित गरेको थियो । यस किसिमले बृहत्तर रुसको पुनर्बहाली गर्ने कोशिश गरिनु यस्तो एउटा लक्ष हो जसलाई आजको बिश्वमा हासिल गर्न सकिदैन ।
त्यसैले आज यो अत्याबश्यक कुरा बनेको छ कि यो अबाञ्छित लडाईलाई अरु बढाउनबाट रोकिनु पर्दछ । अन्यथा त्यसबाट बिश्व शान्तिका लागि भयावह परिणाम उत्पन्न हुन सक्तछ । परस्पर टकराहटलाई बढाउने शक्तिहरुलाई स्वतन्त्र छोडिनुले यस्तो अपूर्ब टक्करको सिर्जना गर्न सक्तछ जसले सारा संसारलाई आफ्नो चपेटामा पार्न र निल्न सक्छ । यस युद्धलाई कुनै पनि मूल्यमा रोकिन अत्यावश्यक छ र यसका लागि तत्कालै युद्ध बिरामको घोषण गरेर रुसी फौजलाइ यूक्रेनबाट फिर्ता बोलाइनु अत्यावश्यक छ ।
यी सबै परिस्थितिको परिप्रेक्षमा के आवश्यक छ भने नाटोले पूर्ब तर्फको आफ्नो बिस्तार र रुसको सीमामा घातक हात हतियार तथा क्षेप्यास्त्र प्रणालीहरुको तैनाथीलाई पनि तत्काल रोक्नु पर्दछ । किन भने ती कुराले रुसको सुरक्षालाई खतरा पैदा गर्दछन् । यूक्रेनमा नाटोको जुन आधारभूत ढाँचा खडा गरिसकिएको छ त्यसलाई हटाइनुको कुनै बिकल्प छैन ।
यतिबेला रुस र यूक्रेनका बीच बार्ता पनि शुरु भइसकेको छ । तर यो बार्ताको पहिलो चरणमा कुनै बाटो निस्केको देखिएको छैन । यद्यपि दुबै पक्षले बार्ता जारी राख्ने सहमति जनाएका छन् । यो बार्ताको अर्को चरण पनि प्रस्ताबित रहेको छ । तर यस बीच पनि युद्धको भयकारी बिनाशलिला जारी रहेको छ । प्रस्तावित बार्ताबाट शान्ति सुरक्षा सुनिश्चित तुल्याउने दिशामा ठोस प्रगति गर्नका लागि यस बार्ताको दायरा बढाएर सबै सरोकारवाला पक्षहरुलाई खाशगरी अमेरिका र नाटोलाई पनि सामेल गरिनु अत्याबश्यक छ । यसरी मात्र अहिलेको यो समस्याको समाधान निस्कने देखिन्छ ।