अमेरिका–चीनबीचको टक्करको वास्तविक अन्तर्य

२०७८ चैत्र १९ गते, शनिबार

लोकनारायण सुबेदी

हालैका दिनहरूमा भारतका कतिपय टिप्पणीकारहरूले सञ्चार माध्यमहरूमा निरन्तरजसो लेखहरु प्रकाशित गरेर के विचार प्रवाह गरिरहेको पाइन्छ भने आज विश्वमा चीन र अमेरिकाबीच जुन भीषण प्रतिस्पर्धा भइरहेछ, त्यो अधिपत्यका लागि हो । चीनको लक्ष्य अमेरिकालाई प्रतिस्थापित गरेर विश्व आधिपत्यमा बिजय हासिल गर्नु हो । यस स्थितिमा भारतले स्वयम् आफ्ना हितहरूलाई हेरेर चीन–अमेरिकी यो संघर्षलाई आफ्नो पक्षमा उपयेग गर्नु पर्दछ र यसका निम्ति चीनलाई दबाउन लागेका पश्चिमा शक्तिहरुका पक्षमा भारत खडा हुनु पर्दछ । एक दुर्ई यस्ता टिप्पणीहरू मात्र होइन, भारतका कतिपय सञ्चार माध्यमहरूले त लगातार यस्ता प्रचारहरू आजभोलि निरन्तर गरिरहेका पाइन्छन् ।

यहाँ के कुरा राम्रोसँग बुझ्न आवश्यक लाग्छ भने कसैले पनि आजको बास्तबिकताका अधारमा बिना पूर्बाग्रह निष्पक्ष किसिमले विश्वलाई हेर्न देख्न सक्तैन र हेर्दैन भने अन्ततः त्यसबाट गलत निष्कर्ष नै निस्कन्छ । कुनै बेला भारत यस्तो एउटा देश थियो जो स्वयम् उपनिबेशवाद र साम्राज्यवादद्वारा अत्यधिक प्रताडित र उत्पीडित बनेको थियो । त्यसबाट स्वतन्त्र भए पछि भारतले प्रष्टरुपमा पश्चिमा शक्तिहरुबाट आपूmलाई टाढै राखेको थियो । स्वधीनता पछिका पहिला भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु स्वयम्ले असंलग्न आन्दोलनको नेतृत्व गरेका थिए र विश्वका विकासशील देशहरुको सम्मान पनि पाएका थिए । यद्यपि उनको पनि नेपालप्रतिको दृष्टिकोण भने बृटिशकालीन भारतकै जस्तो थियो । बितेको ७० बर्ष यताको भारतको इतिहासको समीक्षा गर्ने हो भने भारत अमेरिकाको नेतृत्वको पश्चिमा शक्तिको प्रायः कहिल्यै पनि सहयोगी रहेको देखिँदैन । भारतको आर्थिक बिकासको स्तर, बिशाल जनसंख्या र अन्तर्राष्ट्रिय औद्योगिक शृंखलामा उसको स्थानले के निर्धारित गर्दछ भने भारतको हित अमेरिका तथा पश्चिमा शक्तिहरुको साथमा मूलतः रहेको छैन ।

अमेरिकाले लामो समयदेखि आफ्नो विश्व बर्चश्ववादी प्रणालीको एउटा पूरा सेट नै स्थापित गरेर चल्दै आएको देखिन्छ । उसले विश्वको दोहन, शोषण र शासन गर्नका लागि ‘डलर केन्द्रित विश्व बित्तीय र ब्यापारिक प्रणाली’ मजाले उपयोग गरिरहेको छ । यसका अतिरिक्त आफ्नो सैन्य शक्तिको आधिपत्य कायम राखिराख्नका लागि विश्वभरबाट लुटेको सम्पत्तिको उपयोग गरिरहेको छ । यस स्थितिमा यदि कुनै देश अमेरिकाको स्वार्थको लागि थोरै पनि प्रतिकूल या खतरा देखियो भने अमेरिका त्यसलाई दबाउन आर्थिक माध्यमदेखि लिएर सैनिक शक्तिसम्म हरसम्भव सबै उपाय गरेर त्यसको बिरुद्ध जाइलाग्ने गरेका कयौं उदाहरणहरु विश्वभरि छन् ।

यता पछिल्ला बर्षहरुमा चीनले गरेको आर्थिक तथा बिज्ञान र प्रबिधिको बिकासले उसले अमेरिकाको बिकास स्तरलाई छोइसकेको र कतिपय क्षेत्रमा उछिनिसकेको पनि छ । त्यसैले अमेरिकाले के मान्दछ भने चीनको यो दू्रत बिकासले उसलाई धम्की दिएको छ । त्यसैले अमेरिकाले चीनलाई विश्वको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी ठान्दछ । त्यसैले अमेरिका ब्यापार, बिज्ञान र प्रबिधि सबै क्षेत्रमा चीनका बिरुद्ध पेच कस्न जोडतोडले लागेको देखिदै आएको छ । आपूmलाई एक आफ्नै किसिमको समाजवादतिर लम्कँदै गरेको शान्तिप्रिय देश मान्ने चीनले ‘मानव जातिका साझा समुदाय’ को राजनीतिक सिद्धान्त पालाना गरिरहेको दाबी गर्दछ । यस स्थितिमा चीनको बिकासको लक्ष्य आफ्ना करोडौं जनताको अर्थ–सामाजिक जीवनस्तर उकास्ने र देशलाई सुधारको उच्चतम दिशातिर अघि बढाउने रहेको छ । अतः चीन अरु कुनै पनि देशहरुसँग आर्थिक तथा ब्यापारिक सम्वन्ध बिकसित गर्न तल्लिन देखिन्छ । चिनियाँ बिदेश नीतिको बितेको सात दशकयताको राजनीतिक अभ्यासको सारांश खिच्ने हो भने चिनियाँ समाज प्राचीनकालदेखि नै ‘सारा विश्वलाई एउटै परिवार’ ठान्ने मान्यता र सभ्यता भएको देश भनेर प्रष्ट भन्न सकिन्छ । यद्यपि कतिपय क्षेत्रमा चीन निकै अगाडि पुगिसकेको भए पनि अझै पनि कतिपय क्षेत्रमा पश्चिमा जगतभन्दा पछि नै छ र मान्दछ पनि । त्यसैले चीन ती पछि परेका क्षेत्रहरुमा पनि अग्रगतिमा जान तीब्र बिकासको गतिका साथ चलिरहेको छ ।

यस परिप्रेक्ष्यमा चीनले विश्वमा आधिपत्य जमाउनका लागि संघर्षको लक्ष्य बनाउन चाहँदैन र यस्तो लक्ष्य लिएको पनि देखिँदैन । बिभिन्न देशहरुको यात्रामा जाँदा पनि चीनका राष्ट्रपतिले ‘विश्वको साझा भाग्य’ (शेयर फ्यूचर) कै कुरा गर्दै आएका छन् । त्यसैले पनि धेरैले के विश्वास गरिरहेका छन् भने हिजो साम्राज्यवाद र उपनिवेशवादको पीडाबाट आक्रान्त भएको भएको चीनले अरु देशमाथि त्यस्तै पीडा थप्ने बाटो समातेको छैन र समात्ने पनि छैन । उसको बर्चश्वको नीति छैन र कसैको हैकम स्वीकार्न पनि चाहँदैन भन्ने नै चीनको वर्तमानमा देखिएको तस्बीर हो ।

उता अमेरिकाको बिकास लक्ष्य भने प्रायः सधैं नै जसो विश्व आधिपत्यलाई कायम राखिराख्ने रहेको देखिन्छ । त्यसका लागि अमेरिकाले आफ्नो सैन्य शक्ति तथा बिज्ञान प्रबिधिको शक्तिलाई उच्च र सर्बोपरि प्राथमिकता दिएर विश्वको पहिलो महाशक्तिको दर्जा लिइरहन चाहन्छ । त्यसैले अमेरिकाको आर्थिक तथा ब्यापारिक नीति अरु देशहरुलाई नोक्सान पु¥याउने खालको नै उसले तर्जुमा गर्ने गर्दै आएको छ । तर, माथि नै उल्लेख गरियो कि चीनको बिकास लक्ष्य ‘सारा संसार एक परिवार’ अर्थात विश्वको साझा भबिष्यको रुपमा रहेको छ । त्यसैले चीन आफ्ना प्राचीन सभ्यताका मूल्य परम्परालाई बिकासको माध्यमबाट महसुस गर्न चाहन्छ, अरु देशमाथि आक्रमण, कब्जा गर्न र शासन गर्न होइन भन्ने प्रष्ट अनुभूत गर्न सकिन्छ ।

यस प्रकार अमेरिकी मूल्य र चिनियाँ मूल्यमा ठूलो भिन्नता छ । अमेरिकाले निरन्तर अरु देशहरुमाथि आक्रमण गर्ने तथा उत्पीडन र दमन गर्ने अनि यसरी आफ्ना आर्थिक हितहरुलाई हासिल गर्न अरु देशहरुलाई शक्तिको बलमा दख्खल हस्तक्षेप गर्ने काम गर्दै आएको देखिन्छ । चीनको भने यस्तो परम्परा रहेको छैन । उसले ‘विश्व नै परिबार’ भन्ने प्राचीन मूल्यलाई प्राथमिकतामा राखेको देखिन्छ । त्यसैले आफ्नो आत्म रक्षा बाहेक उसले युद्ध गर्ने कुनै पहल गर्ने गरेको छैन । यस सम्वन्धमा चीनको प्रस्ताव के रहेको छ भने ‘मानबजातिको साझा भबिष्य’को निर्माण गर्नाले नै विश्वका सम्पूर्ण मानब समुदायलाई लाभ पुग्दछ । यसरी चीन र अमेरिका दुर्ई फरक फरक सभ्यताको प्रतिनिधित्व गर्दछन् । चीनले पूर्वी सभ्यता प्रणालीको प्रतिनिधित्व गर्दछ भने अमेरिकाले पश्चिमा सभ्यताको ।

चीन–अमेरिका प्रतिस्पर्धाले वास्तवमा विश्वमा दुई सभ्यताका बीचको अन्तरलाई दर्शाउँदछ । चीन र अमेरिकाका बीचको बिवाद विश्वमा आधिपत्य जमाउने जमाउन नदिनका लागिको बीचको संघर्ष हो । यस हिसाले यो विवाद दुई देशद्वारा प्रतिनिधित्व गरिने भिन्न सभ्यता–आक्रमण गर्ने र नगर्ने बीचको टक्कर हो भन्ने देखिएको छ र त्यस्तै बुझिनु पर्दछ ।

हालैका बर्षहरुमा चीनले चीनका नागरिकहरुको जीवन स्तरमा सुधार ल्याउन र माथि उठाउनका लागि उच्च प्रविधिको अनुसन्धान र बिकास, उद्योग, कृषि, शिक्षा तथा पर्यावरण संरक्षण आदि महत्वपूर्ण क्षेत्रमा आफ्नो लगानीमा लगातार बृद्धि गरेको छ । चीनको बिकास मोडल आर्थिक तथा ब्यापारिक आदान–प्रदानको माध्यमबाट विश्वका अन्य देशहरुका सामुमा पनि प्रष्ट देखिन थालेको छ । चीनको यो राष्ट्रिय शक्तिको बृद्धिबाट अन्तर्राष्ट्रिय नियम कानुनहरु, ब्यबस्थाहरु र केही हदसम्म बोल्ने अधिकारमा समेत अमेरिकी प्रभुत्वलाई तोडिदिएको छ । तर, यी सबै कुरा एउटा नयाँ अन्तर्राष्ट्रिय ब्यवस्था निर्माणका लागि हुन् जुन कुरा विश्वका सार्बभौमिकताको हित अुनरुप हुनु पर्नेछ ।

अमेरिका तथा अन्य पश्चिमा देशहरु र भारत जस्ता बिकासशील देशहरुले यस प्रणालीको सँगसँगै बिकास गर्न सक्नेछन् । उता चीनको सफलताले अरु बिकासशील देशरुलाई नयाँ बिकास मोडल तथा अधिक बजारको अबसर उपलब्ध गराएको या त्यसो गर्न तयार गरिरहेको छ । नया उदाउँदो देशकारुपमा भारतका लागि पनि यो निकै गहिरो गरी विचार गर्नुपर्ने कुरा छ । उसले अमेरिकी आधिपत्य स्वीकार गरेर शासित हुने पुरानो आदेशमा चल्नुपर्ने हो कि चीनसँग मिलेर साझा भबिष्यको विश्व समुदाय बनाउने काम गर्नु पर्ने हो ?

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु