संसदीय व्यवस्थाको अन्त्यका लागि चुनावको प्रयोग

२०७८ चैत्र २८ गते, सोमबार



१. चुुनावको प्रयोग संघर्षको मोर्चा हो आत्मसमर्पण होइन – संसदीय व्यवस्थाविरुद्धको निर्णायक संघर्षको मोडालिटी वा रुपरेखाका बारेमा घनिभूत बहसहरु भएका छन् । आज श्रमजीवि र राष्ट्रवादी वर्गले जित्ने कार्यनीतिको बारेमा बहस गर्नुपर्ने भएको छ । खाली परम्परागत ढंगले सोचेर अनि समस्याहरु मात्र थुपारेर क्रान्तिकारी हुन सजिलो छ तर परिणाम ल्याउने क्रान्ति आजको आवश्यकता बनेको छ । आजको आवश्यकता हो परम्परागत संसदीय चुनावमा पनि जनतालाई विकल्प पेश गर्ने । सरकार वा राज्यले चुनाव गर्ने नै भएपछि हामीले पनि या त बहिस्कार या त प्रयोग गर्नैपर्छ । अहिले हामीले सशक्त बहिस्कार गर्न सक्ने अवस्था छैन, त्यसकारण सशक्त प्रयोगको नीति बनाउनु आजको सही बाटो हो । संसदीय व्यवस्थाको अन्त्यका लागि चुनावको प्रयोग गर्ने विप्लवको संश्लेषण सही छ । आजको दिनमा बहिष्कारको कार्यनीतिले दुश्मनलाई बलियो, सुुदृढ र सुरक्षित बनाउँछ भने प्रयोगको कार्यनीतिले दुश्मनलाई कमजोर बनाउँछ । मेरो विचारमा आजको परिस्थितिमा बहिष्कारको नीति लिँदा क्रान्तिलाई होइन प्रतिक्रान्तिलाई फाइदा पुग्छ । हामीले बहिष्कार गर्दा वर्ग शत्रुुहरु खुसी हुन्छन्, यो आजको सत्य हो । “वर्ग संघर्षमा आफ्नो वर्गलाई जिताउने बाटोको अबलम्बन गर्नुपर्छ” भन्ने क. प्रकाण्डको संश्लेषण मनन्योग्य छ । आफ्नो वर्गलाई कमजोर बनाउने कार्यनीति गलत हुन्छ । वर्ग संघर्षमा आफ्नो वर्गको सुुझावलाई पनि मध्यनजर गर्न सक्नुपर्छ । संसदीय चुनावलाई पनि व्यवस्थाकै अन्त्य गर्ने नयाँ हतियारका रुपमा प्रयोग गर्ने विप्लवको नयाँ संश्लेषण हो । यो प्रयोग परम्परागत प्रयोग होइन र पलायन वा पतन होइन । कमरेड प्रकाण्डले पत्रकारहरुसँग स्पष्ट ढंगले भन्नु भएको छ, “हामी चुनावमा जान्छौं तर, नयाँ ढंगले जान्छौं । विप्लव र प्रकाण्डले भनेजस्तै यो नयाँ ढंगको प्रयोग हो, नयाँ हतियार र नयाँ मोर्चा हो । यो प्रयोगबाट पार्टी सुदृढ हुन्छ भने हामीले चिन्ता गर्ने कि हाम फाल्ने ? कमरेड विप्लवले भन्नुुभएकै छ, “यो तत्कालिन र कार्यनीतिक विषय हो ।” प्रश्न हामीतिर पनि सजाउनुपर्छ, “यदि त्यो हो भने अवरोध, आशंका र भाँडभैलो किन ?” सत्य त यो पनि हो कि वैशाख ३० सम्म मात्र क्रान्तिकारी भएर त हुँदैन । त्यसपछि पनि हुनुपर्ने होला । पार्टीलाई अराजकतातिर धकेल्न हुँदैन । केन्द्रीय समितिको निर्णयमा बहिष्कार कहाँ छ ? प्रयोगको बाटो खोलिदिएको छ । कमरेड विप्लवले भन्नु भएको छ, “इतिहासको व्याख्या गर्न सजिलो हुन्छ तर भविष्यको अनुमान गर्न गाह्रो हुन्छ ।” क्रान्ति भनेको बहस पनि हो र फलामे अनुशासन पनि हो । कम्युनिष्ट पार्टी बनाउने बहसको व्यवहारिक रुपान्तरण खोइ ? नेतृत्वको प्रतिबद्धता जनाइसकेको छ कि यो पतन वा आत्मसमर्पणको बाटो होइन संघर्षको बाटो हो । बहस हुनासाथ आपूmले भनेजस्तो नभए मैदान छोड्छु भन्ने संकीर्णतालाई रुपान्तरण गर्न सक्नुपर्छ । यो नयाँ प्रयोग हो र यसको परिणाम के हुन्छ, त्यो पनि हेर्ने धैर्यता गरौं । जब यो तत्कालिक र कार्यनीतिक विषय हो भने यसलाई रणनीतिकै रुपमा अपव्याख्या र अनुमान किन ? हो बहसका क्रममा उठेका सबै तर्क, बहस र विचारहरु पार्टीका पुँजी हुन् र समयको क्रममा तिनीहरुको समीक्षा हुँदै जाने छ । पार्टीले त जे गर्दा आफ्नो वर्ग र क्रान्तिलाई फाइदा पुुग्छ, त्यही गर्ने हो । विप्लवले भने जस्तै परम्परागत ढंगले मात्र क्रान्ति हुँदैन, यो त धु्रवसत्य जस्तै हो । अलिकति नयाँ कदम सोच्यो कि पूरै आशंका र अवरोध गर्ने चिन्तनलाई बदल्नु पर्छ ।
२. नेतृत्वको रक्षा र विकासको प्रश्न – आजको आवश्यकता हो शक्तिशाली नेतृत्व र अनुुशासित पार्टी । बहस र छलफललाई स्वस्थ, मर्यादित, सभ्य र मैत्रीपूर्ण बनाउनुु पर्दछ । आज हाम्रो नेतृत्वमाथि चौतर्फी हमलाहरु भएका छन् । मेरो विचारमा विप्लव र प्रकाण्डमाथि भएका प्रहारहरु या त अज्ञानता हुन् या त षड्यन्त्र । अज्ञानताहरु क्षम्य हुन्छन् भने षड्यन्त्रहरु क्षम्य हुँदैनन् । षड्यन्त्रको प्रभावमा कोही पनि पार्टी सदस्य पर्नु हुँदैन । केही त्रुटीहरु आवेगजन्य हुन्छन् त केही नीच जन्य÷हरेक आन्दोलनमा दुुईवटा अति हुन्छन् – एउटा आक्रोश र अर्को घुसपैठ । घुसपैठहरुले आन्दोलन बिथोल्नका लागि ढुंगा हान्छन् । पार्टीले लड् भन्दा लड्दैनन् तर नलड् भन्दा लड्छु भन्छन् । आजको मुख्य प्रश्न नेतृत्व र विचारको रक्षा अनि विकासको प्रश्न हो । विप्लवको जन्म प्रतिक्रान्तिका विरुद्ध क्रान्तिको ज्वारभाटाबाट भएको हो । प्रतिबन्ध ३ बुँदे सहमति र चुनावको प्रयोगका कदमहरुमा एउटा संगति छ । ३ बुँदे सहमतिमा देखाएको कुशलता उच्च प्रकारको छ र त्यसलाई उपलब्धिका रुपमा संश्लेषण गर्न सक्नुपर्छ । हिजो प्रतिबन्धको बेलामा नेतृत्वलाई भौतिक रुपमै सिध्याउने षड्यन्त्रहरु भएका थिए भने आज राजनीतिक रुपमा सिध्याउने हमलाहरु भएका छन् । पार्टीभित्र पनि त्यसका प्रभावहरु देखिनुु हुँदैन । अविश्वास र आशंकाहरुलाई धेरै बढ्न दिनुु हुँदैन । आफैँ चुनावमा भाग लिने बाटो खोल्ने अनि भाग लिनेलाई कारबाही पनि गर्छौँ भन्ने यो कस्तो अवैज्ञानिक तर्क हो ? निर्णय वा सहमतिमा इमान्दारीता देखिनुप¥यो । अन्य राष्ट्रवादी समूहलाई चुनावमा सहयोग गर्छौं भन्न सक्ने तर पार्टीभित्रका सदस्य उठे कारबाही गर्छौँ भन्ने यो कुन तर्क हो ? यी व्याख्याहरुमा संगति छैन । बाहिर उदारता तर भित्र अनुुदारता र आंशका किन ? के यस्तो चिन्ततले नेतृत्वको विकास हुन्छ त ? त्यसकारण यस्ता कमजोरीलाई सच्याएर महासचिवको सहयोगी वा पूरक बन्नुु सबैको बुद्धिमता हुनेछ ।
३. मूल नेतृत्व र सहायक नेतृत्वको सम्बन्ध– क प्रकाण्डले एक ठाउँमा भन्नु भएको थियो ‘हाम्रो काम महासचिवलाई सहयोग गर्नु हो ।’ चुनावको विषय साना विषय हो तर यसको अपव्याख्या ठूलो भयो । खासमा पार्टीलाई बलियो र सृदृढ बनाउने कार्यनीति आजको आवश्यकता हो । क्रान्ति गर्छु भन्ने तर पार्टीलाई कमजोर बनाउने गल्ती हुँदैन । खासगरी एमसीसी सम्झौता पछि नेपालमा विदेशी हस्तक्षेप तीव्र बन्दैछ । हस्तक्षेप र षड्यन्त्रका क्रममा थुप्रै नयाँ–नयाँ लडाइँ र मोर्चाहरुको आवश्यकता पर्न सक्छ । बहुमत र अल्पमतका बहसहरुलाई हामीले बन्द गर्न सक्नुपर्छ । मुख्य निशासनामा पार्टी क्रान्ति र राष्ट्रियता भयो भने सबै समाधानमा एकरुपता आउँछ । लडाईंको मोर्चामा व्यक्तिगत स्वार्थहरुलाई केन्द्रमा राख्नु हुँदैन । एक अर्काको सम्मानको संस्कृतिलाई विकास गर्नुपर्छ । सबै मिलेर महासचिवलाई शक्तिशाली बनाउनुपर्छ । व्यक्तिलाई होइन संस्थालाई मजबुत गराउनेतर्फ हामीले सोच्नुपर्छ । महासचिव, प्रवक्ता, सचिवालय, केन्द्रीय समिति पार्टीका संस्थापकहरु हुन् । हामीले विकास गरेको सामूहिक नेतृत्व प्रणालीको अभ्यास हो । नीति बनाउन अनि व्याख्या गर्न सजिलो हुने तर अभ्यास कार्यान्वयन गर्न किन गाह्रो हुने ?
आजको आवश्यकता हो ः सोपान क्रमको आधारमा नेतृत्वमाथि विश्वास र सम्मान गरौं । दुश्मनसँगको लडाईंमा नेतृत्वको एकता आजको आवश्यकता हो । चुनावी कार्यनीतिको विषयमा धेरै ठूलो विवाद गर्नुपर्ने विषय नै थिएन । सुरुमै एकरुपताको साथ प्रस्तुत भएको भए बुद्धिमतापूर्ण हुने थियो । फरक मत आएकै छैन र केवल प्रश्न मात्र उठेका छन् । फरक मत नै नआइकन बहुमत र अल्पमतका अपव्याख्याहरु गर्ने अधिकार हुँदैन । त्यसकारण नेतृत्वको हिसाबले महासचिवलाई सहयोग र समर्थन गर्नु सबैको दायित्व हो ।
४. विप्लव र प्रकाण्डको नेतृत्वमा यो पार्टी बनेको हो – मूलतः क. विप्लवको नेतृत्वमा यो पार्टीको पुनर्गठन भएको हो । यो पार्टी सबै क्रान्तिकारीहरुका लागि खुल्ला पनि छ । आउने जाने क्रम चलिरहन पनि सक्छ तर भित्र पसेर पार्टीलाई नै ध्वंश गर्ने षड्यन्त्र स्वीकार्य हुँदैन । बस्न सकिँदैन वा विचार मिलेन भने शिष्टतापूर्वक बर्हिगमन हुने छुट सबैलाई हुन्छ । जहाँ गयो भाँडभैलो गर्ने संस्कारलाई त्याग्नुपर्छ । गलत वा सही जे निर्णय भए पनि मानेर जानु पार्टी पद्धति हो । परीक्षण वा अभ्यासमै नगई कुनै पनि निर्णय सही वा गलत प्रमाणित हुँदैन । त्यसकारण हाम्रो पार्टीको जीवनमा बहिष्कारको अभ्यास धेरै पटक भएको छ । अहिले प्रयोगको निर्णय भएको छ र यो परीक्षणका क्रममा छ ।
हिजो जस्तै एकताबद्ध रुपमा प्रयोगमा हामफाल्नु बुद्धिमानी हुन्छ । सही वा गलत जे भए पनि त्यसको समीक्षा र संश्लेषण भविष्यमा हुने नै छ । इतिहास वा विगतको आधारमा आफ्ना धारणा नबनाउ । नेपालीमा एउटा उखान छ ‘ओगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ । हामीमा नहौँ र ओगुल्टा र बिजुलीको भेद छुट्याउन सकौँ । नेपाली राजनीतिमा प्रचण्डले गरेको गल्तीसँग विप्लवलाई तुलना नगरौँ ।
५. संसदीय व्यवस्थाको अन्त्यका लागि चुनावको प्रयोग – दलाल संसदीय व्यवस्थाविरुद्धको संघर्षलाई थप उचाइमा पु¥याउने उद्देश्यका लागि चुनावको प्रयोगको निर्णय भएको छ । सबै क्रान्तिकारी, प्रगतिशील, देशभक्त र सच्चा लोकतन्त्रवादी शक्तिहरुलाई ध्रुवीकरण गर्ने उद्देश्यका लागि पनि चुनावमा जानु परेको हो । त्यसकारण चुनावलाई प्रयोग गर्नासाथ संसदीय व्यवस्थालाई स्वीकार्ने काम भयो भन्ने भ्रम छर्नु हुँदैन ।
उद्देश्य स्पष्ट भएन भने बहिस्कारले पनि संसद्वादमा फसाउँछ । उद्देश्यमा प्रष्ट भएमा प्रयोगबाट पनि संघर्ष र प्रतिरोध हुन्छ । फेरि पनि यो तत्कालिक र कार्यनीतिक प्रश्न हो । एकरुपताका साथ विषयलाई बुझौँ । वस्तुलाई ढिला बुझ्नु, नबुझ्नु बराबर हुन्छ । सचेततापूर्वक सबै एकढिक्का भएर चुनावलाई प्रयोग गरौँ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

नेकपाको अगाडिका चुनौति र अवसर

२०८२ बैशाख ९ गते, मंगलवार