चुनाव बहिष्कार भन्दैमा क्रान्तिकारी भइन्छ त ?

२०७९ बैशाख ५ गते, सोमबार

विष्णु पन्त

१. बहिष्कार भन्दैमा क्रान्तिकारी भइन्छ त ? ः अहिले नेपाल कम्युनिष्ट पार्टीभित्र एउटा बहस चलिरहेको छ । बहसको केन्द्रीय प्रश्न छ– सरकारले गर्न लागेको संसदीय चुनावको प्रयोग वा बहिस्कार । पार्टीको केन्द्रीय समितिले एकमतले एउटा निर्णय गरेको छ, त्यो हो– पार्टी नै दर्ता गरेर चुनावमा नजाने तर चुनावलाई प्रयोग गर्न सक्ने । चुनावलाई संघर्षको वा पार्टीको अर्को मोर्चाको रुपमा प्रयोग गर्ने पार्टीको मूल मर्म रहेको छ । सायद, यही विषयमा केही भाँडभैलो, अराजकता र अनुशासनहीनतालाई संस्थागत गर्ने षड्यन्त्र हुँदैछ । सबैलाई थाहा छ, पार्टीमा कार्यनीतिक बहसहरु स्वभाविक हुन्छन् तर बहसलाई षड्यन्त्र र घूसपैठको साधन बनाइनु हुँदैन । केही मान्छेहरुका तर्कहरु अनौठो छन् ः बहिष्कार या विभाजन । बहस तथा पार्टी बनाउनका लागि गर्ने कि ध्वंस गर्नका लागि ? आजको प्रश्न हो ः के बहिस्कार भन्दैमा क्रान्तिकारी भइन्छ त ? के क्रान्ति भनेको खाली शब्द आडम्बरको विषय मात्र हो त ? मेरो त एउटा निष्कर्ष छ कि जसले बहिस्कारको एकोहोरो शङ्ख बजाएका छन् ती कहीँ न कहीँबाट घुसपैठ, परिचालित र षड्यन्त्रका शिकार बनेका छन् । पार्टीले बहिष्कारकै निर्णय गरेको भए पनि तिनीहरु पार्टीमा बस्दैनथे । उनीहरुलाई यही प्रश्न काफी छ के बहिष्कार भन्दैमा क्रान्तिकारी भइन्छ त ? फेरि जनताको प्रश्न त छँदै छ– बहिस्कार केवल भन्नका लागि कि गर्नका लागि ? गर्नका लागि यो बहस गरिएकै होइन । वास्तवमा कार्यनीतिक विषयमा धेरै ठूलो विवाद गर्नुपर्ने जरुरी नै छैन । फेरि पनि प्रश्न उही नै छ, के यो राजनीतिक वैचारिक विवाद हो ? कि अन्य प्राविधिक विषयको राजनीतिकरण हो ? नेपाली राजनीतिमा एउटा गलत संस्कृति पनि छ, त्यो हो ः अपराधको राजनीतिकरण । नेपालीमा एउटा उखान पनि छ, “जो चोर उसको ठूलो स्वर ।” त्यसकारण नेतृत्व त भविष्य द्रष्टा हुनुपर्छ । खाली भूतद्रष्टा मात्र होइन । नेतृत्वले आजको सामाजिक मनोविज्ञानको सही संश्लेषण गर्न सक्नु पर्दछ । अराजकताको भीडबाट पार्टी बन्दैन । पार्टी भनेको त विधि, पद्धति र विचारबाट चल्नुपर्छ । विधि, पद्धतिको विकासबाट पार्टी चलाउने नेतृत्वको आँट र साहसलाई सम्मान गर्नुपर्छ । धनी बन्ने वा आर्थिक अराजकता मच्चाउने उद्देश्य बोकेर विप्लव नेतृत्वको नेकपामा आएका कोही छन् भने तिनीहरुलाई त्यो छुट छैन । कुनै पनि नेतालाई व्यक्तिगत रुपमा चन्दा असुली गर्ने अधिकार कम्तीमा यो पार्टीमा हुनुहुँदैन । त्यसकारण क्रान्तिकारी वा कम्युनिष्ट पार्टी निर्माणको प्रश्न आजको मुख्य प्रश्न हो । पार्टी त आवश्यकताअनुसार कहिले दायाँ त कहिले बायाँ मोडिन सक्नुपर्छ । त्यसकारण आज जबरजस्त रुपमा एउटा प्रवृत्ति देखा परेको छ, त्यो हो – बहिष्कार या त विभाजन । अन्तत्वगत्वा यो प्रवृत्तिको उद्देश्य विभाजन नै हो । यो एउटा षड्यन्त्रको रुपमा प्रकट भएको छ । सबैलाई थाहा छ, यो प्रवृत्तिको निहित उद्देश्य क्रान्ति होइन बरु प्रतिक्रान्ति हो । बहिष्कारको तर्क केवल नेतृत्व र पार्टीलाई ध्वंस गर्नका लागि ल्याइएको हो भन्ने कुरा स्पष्ट हुन्छ । वैचारिक रुपमा को कति पानीमा छ ? भन्ने कुरा भविष्यमा खुल्ने नै छ । षड्यन्त्रको सिद्धान्तका रुपमा आएको छ, बहिष्कारको नारा । पार्टीले एउटा सर्वसम्मत निर्णय ग¥यो तर त्यसलाई पनि पालना नगर्ने एउटा गम्भीर समस्या देखा प¥यो । आन्तरिक छलफलमा सहमति बन्ने तर बाहिर गएपछि बिग्रिने अर्को समस्या देखाप¥यो । चुनावको विषय तत्कालिक, कार्यनीतिक र सहायक हुनुपर्नेमा प्रधान जस्तो बनाइयो भन्ने महासचिवको विश्लेषण सही छ । लडाईँमा दुश्मनले हामीलाई कमजोर बनाउने कुन रणनीति प्रयोग गरिरहेका छन् भन्ने तथ्यलाई बुझ्नुपर्दछ ।

२. ३ बुदे सहमति भा“ड्ने षड्यन्त्रलाई बुझौ – पहिलो पटक नेकपा र तत्कालिन ओली सरकारबीच भएको ३ बुँदे सहमतिलाई भाँड्ने षड्यन्त्र भइरहेको दृश्यलाई बुझ्न सक्नुपर्छ । ३ बुँदे सहमतिलाई सकेसम्म कार्यान्वयन हुन नदिने गरी सरकार र पार्टी दुवैलाई उक्साउने कामहरु भएका छन् । हतियारको प्रश्न होस् या गम्भीर अपराधका मुद्दाको विषय निकालेर होस् वातावरणलाई उत्तेजित बनाउने र भड्काउने काम हुँदैछ । रुपमा हेर्दा दुवै अतिहरु परस्पर विरोधीजस्ता देखिए पनि सारमा तिनीहरुबीच तालमेल भएको हुनसक्छ । यति त सबैले बुझ्नुपर्छ कि ३ बुँदे सहमति पछि हामीले वैधानिक वा शान्तिपूर्ण संघर्षलाई प्रधान बनाएका छौं । यो तथ्यलाई कसैले नबुझेको जस्तो लाग्दैन । यो सहमतिको पालना गरेर जाँदा नै पार्टी र नेतृत्वको विश्वसनीयता बढ्छ, राजनीतिमा इमान्दारीता, पारदर्शिता र विश्वसनीयता चाहिन्छ । सरकारले गर्न लागेको चुनावको प्रतिक्रिया दुईवटा छन् ः प्रयोग वा बहिष्कार । अर्को पनि नकारात्मक प्रतिक्रिया हुन्छ, त्यो हो ः आत्मसमर्पण वा ध्वंस । तर, यो विकल्पमा कुनै बहस छैन । हामीले कुनै पनि संसदीय वा पुँजीवादी चुनावलाई प्रयोग वा बहिस्कार गर्ने अभ्यास गर्दै आएकै छौं । त्यसकारण प्रयोग वा बहिस्कार दुवै सामान्य प्रतिक्रिया मात्र हुन् । पैसाको बार्गेनिङ्ग गरेर गरिने बहिष्कार पनि आफैंमा पतनको भूमरीमा फस्न सक्छ भने अर्कोतिर प्रयोगको पुनरावृत्तिबाट पनि पतन हुनसक्छ । अहिलेको वस्तुगत परिस्थितिले भन्छ– ३ बुँदे सहमतिमा इमानदारीता देखाउ । अहिले नै त्यो सहमतिबाट भाग्ने छुट कसैलाई छैन । सरकार सकारात्मक देखिँदासम्म हामीले त्यसलाई पालना गर्नैपर्छ । यदि पालना नहुने वा सहमति उल्लंघन हुने अवस्था उत्पन्न भए त्यतिबेला चुनावका बहस गरेर पार्टी बस्दैन । यति विषय राजनीतिको सामान्य नियन हो र वस्तुलाई जस्ताको तस्तै बुझ्ने कोशिस गर्नुपर्छ ।

३. नेपाली राजनीतिमा माऊ खाने प्रवृत्ति – नेपाली राजनीतिमा एउटा खराब प्रवृत्ति मौलाएको छ, त्यो हो जन्मदिने आमा वा माऊलाई नै खाईदिने प्रवृत्ति । असन्तुष्टि अभिव्यक्त गर्ने विषयमा पनि धेरै सोच्नुपर्छ । कुनै विषयमा असन्तुष्टि भयो भन्नासाथ त्यसलाई हमला वा आक्रमणमा बदल्ने । यस्तो चिन्तनबाट घर त चल्दैन पार्टी चल्ने कल्पनै नगरौं । असन्तुष्टहरुको भीड नै जम्मा गरे पनि भोलि त्यसैले आपूmलाई पनि खाइदिन्छ भन्ने अनुमान सही हुन्छ । आफ्नै आमालाई खाएर विजयी हुने सपना नदेखौं । नेपाली राजनीतिमा घरबेटी र डेरावालको कहानी पनि चलिरहन्छ । कहिलेकाहीँ नदीमा डुब्नै लागेको मान्छेलाई उद्धार गरिसकेपछि उद्धार गर्नेलाई नै नदीमा धकेल्ने अपराध पनि हुन्छ । राजनीति भनेको लामो यात्रा हो र यसमा धैर्यता र संयमताको खाँचो पर्दछ । यात्राको क्रममा मन नमिल्ने पनि त्यसलाई सौहार्दपूर्ण निकासमा जानु बुद्धिमानी हुन्छ । नेपाली राजनीतिमा गालीगलौज र आरोप–प्रत्यारोपको गलत संस्कृति हाबी छ । त्यसकारण बहस र छलफललाई अनुशासन, पद्धति र सभ्यताको सीमाभित्र राखौं ।

४. भ्रम र षड्यन्त्रको सिद्धान्तलाई बुझौं – कहिलेकाहीँ भ्रम र षड्यन्त्रहरु नै सत्यको रुपमा अगाडि आउँछन् । सत्यको जीत अनिवार्य छ । भ्रम र षड्यन्त्रहरु धेरै समय टिक्दैनन् । जब घरभित्रै षड्यन्त्र हुन्छ वा विश्वासघात हुन्छ तब लडाईँ पेचिलो बन्छ । नेपाली राजनीतिमा घुसपैठको चर्चा निकै चल्ने गर्छ । विषयवस्तुलाई तोडमोड गर्ने र अतिरञ्जित गर्ने प्रवृत्तिबाट हामीले बच्न सक्नुपर्छ । किन हमलाहरु मूल नेतृत्व र पार्टीलाई ध्वंस गर्नेतर्फ लक्षित छन् ? यस्ता षड्यन्त्रहरुका पछाडि षड्यन्त्र र घुसपैठका सिद्धान्तले काम गरेका छन् ।

५. नेपाली जनतामा आशा र भरोसाको नाम हो विप्लव – विप्लव नेपाली जनताको आशा हो । विप्लवलाई तथानाम गाली गरेर नेता बन्छु भन्ने दिवास्वप्न नदेख्नु वेश हुन्छ । विप्लवलाई प्रचण्ड र बाबुरामसँग तुलना गर्ने षड्यन्त्रलाई जनताले पत्याउँदैनन् । पहिला विचार र नेतृत्व अनि पार्टी र संगठन बनेको हो । विप्लव र प्रकाण्डमाथि हमला गर्नुको पछाडिको मुख्य कारण के हो ? आज सबै हमलाहरुको निशानामा विप्लव र प्रकाण्ड किन ? दुश्मनहरुको हमला र मित्रहरुको भेषमा हुने हमला एकैचोटि किन ? पार्टीभित्र स्पष्टता र एकरुपता आयो भने बाहिर वातावरण राम्रो बन्दैछ । विप्लवलाई देशले अनि पछिल्लो राजनीतिक परिवेशले माग गरेको छ । यो कसैले डाहा र इष्र्या गरेर सिद्धिने विषय होइन ।

६. शक्तिशाली नेतृत्वको आवश्यकता – आज देशलाई स्थिर बनाउन आवधिक शक्तिशाली प्रधानमन्त्री वा राष्ट्रपति चाहिन्छ भने पार्टीलाई स्थिर बनाउन शक्तिशाली नेतृत्व चाहिन्छ । फरक मत, फरक विचार वा नेतृत्वको विषयमा विवाद भए त्यसको समाधान महाधिवेशनबाट गर्ने अभ्यास सही हुन्छ । जतिबेला मन लाग्यो त्यतिबेला फुट्ने संस्कारलाई हटाउन सक्नुपर्छ । पार्टी जीवनलाई अराजकतावादमा र फुटवादमा फसाउनु हुँदैन । आज सर्वत्र समाजवादको बहस चलिरहेको छ । समाजवादको अभ्यास जीवन व्यवहार र अर्थ प्रणालीमा देखिनु पर्छ । समाजवाद भन्ने तर निजी चन्दा माग्दै हिँड्ने प्रवृत्तिलाई स्वीकार्न सकिँदैन । यदि हामीले निजी सम्पत्ति वा निजी स्वार्थलाई बलिदान गर्न नसक्ने हो भने समाजवादको नारा खोक्रो आडम्बर बन्छ । त्यसकारण सबै विकृति र विसंगतिको अन्त्यका लागि शक्तिशाली नेतृत्वको आवश्यकता पर्दछ । अराजक भीडले पार्टीले संगठन बन्न दिँदैन । अंकगणित पनि संसदवादको दुर्गन्ध मात्र हो । बहुमत वा अल्पमतको गणित हेरेर पार्टीको पुनर्गठन भएको पनि होइन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

नेकपाको अगाडिका चुनौति र अवसर

२०८२ बैशाख ९ गते, मंगलवार