वरिष्ठ साहित्यकार दिल साहनी सम्मानित

२०७९ पुष १८ गते, सोमबार


काठमाडौँ । नेपाली साहित्य परिषद्, शिलाङको स्वर्णजयन्तीको अवसरमा बुटवलमा सम्मान तथा कविता सङ्ग्रह विमोचन कार्यक्रम गरी मनाइएको छ ।सन् १९७०मा भारतको शिलाङमा नेपाली भाषी साहित्यकारहरुले स्थापना गरेको ‘नेपाली साहित्य परिषद्’ र परिषद्को प्रकाशन ‘मादल’ प्रकाशन आरम्भ गरेका थिए । कार्यक्रममा परिषद्का संस्थापक सचिव दिल साहनी, सहसचिव धर्मलाल भूसाल र दुर्गाप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो ।कार्यक्रममा नेपाली साहित्य परिषद्, शिलाङका सहसचिव तुल्सीराम फुल्लेलले संस्थापक सचिव, सहसचिव र सदस्यलाई सम्मानपत्र र खादाद्वारा सम्मान गरेका थिए । कार्यक््ममा बोल्दै सम्मानित व्यक्तित्व लेखक दिल साहनीले कारणवश शिलाङको कार्यक्रममा उपस्थित हुन नसकेका नेपालका साहित्यकारहरुलाई नेपालमै आएर सम्मान गरी नेपाली साहित्य परिषद्ले इतिहासको सम्मान गर्दा गौरव अनुभव गरेको बताए ।त्यस्तै शुभकामना मन्तव्य दिंदै साहित्यकार डा. कपिलदेव लामिछानेले कार्यक््रmमले रुपन्देही र शिलाङका साहित्यकारहरुलाई जोड्ने सम्बन्ध सेतुको काम गरेको उल्लेख गरे । त्यस्तै साहित्यकार ऋषिराम भूसालले लेखक दिल साहनीले नेपाललाई शिलाङसँग जोड्ने उल्लेखनीय योगदान गरेको चर्चा गरेका थिए । कार्यक्रममा कवि तुल्सीराम फुल्लेलको कविता सङ्ग्रह ‘तिमी नहुँदा’ विमोचन गरिएको थियो । विमोचित कृतिको समीक्षा राजेन्द्रकुमार आचार्यले गरेका थिए । कार्यक्रममा डा. मुरारि पराजुली, रुद्र ज्ञवाली, ज्ञानु केसी, दिपक विश्वकर्मा, कविराज पौडेल, छवि ज्ञवाली, साया किरण, पुरुषोत्तम पाण्डे, यज्ञलाल सुवेदीलगायतले रचना वाचन गरेका थिए । विमोचन तथा रचना वाचन सत्र कविराज पौडेलेका अध्यक्षता र रामचन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार