अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सांस्कृतिक अतिक्रमणविरुद्ध संघर्ष गर्ने

२०७९ फाल्गुन ५ गते, शुक्रबार


काठमाडौं । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले वैदेशिक सांस्कृतिक अतिक्रमणको विरुद्ध, चलचित्र क्षेत्र र संगीत उद्योगमा देखिएका समस्याहरुको बारेमा संघर्ष गर्ने बताएको छ । महासङ्घको छैटौं पूर्ण बैठकले उक्त निर्णय गरेको बताइएको छ। यसैगरी, बैठकले पहिलो तीन महिने आवधिक योजना अनुसार संगठन निर्माण तथा जनसम्बन्ध विस्तार अभियान चलाउने निर्णय गरेको छ । संगठनलाई यो अभियानमा परिचालन गर्न व्युरो तहको संरचना बनाएर अगाडि बढ्ने निर्णय पनि गरेको छ ।
बैठकमा संगठनका अध्यक्ष तथा पार्टी पाेलिटब्युरो सदस्य माइला सीको अध्यक्षता गरेका थिए भने बैठकको संचालन संगठनका महासचिव कुशल सीले गरेका थिए । बैठकमा पार्टीको पाेलिट ब्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सी, सहिद परिवार समाज इन्चार्ज तथा पार्टीको पाेलिट ब्युरो सदस्य क्रान्ति सीको विशेष उपस्थितिमा रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार