मार्क्सवादी लेखक शोभा दुलाललगायत विभिन्न विधाका स्रष्टाहरु सम्मानित

२०७९ चैत्र २५ गते, शनिबार

काठमाडौ। पुष्प-पराग साहित्य प्रतिष्ठानले मार्क्सवादी लेखक तथा अखिल नेपाल लेखक संघकी अध्यक्ष शोभा दुलाल, वरिष्ठ गायकी हरिदेवी कोइराला, सत्यकला राई, शरदचन्द्र वस्ती सहित ६ जना विभिन्न विधाका स्रष्टाहरुलाई पुरस्कार र सम्मान प्रदान गरेको छ । काठमाण्डौको बागबजारस्थित पद्मकन्या क्याम्पसमा आयोजित एक कार्यक्रममा उनिलाई पुरस्कारद्वारा सम्मान गरिएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि कृष्णहरी बरालले सो सम्मान तथा पुरस्कार प्रदान गरेका हुन।
लेखक दुलालले यसघि इच्छुक स्मृति पुरस्कार र अभ्युत्थान स्मृति पुरस्कार पाइसकेकी छन्। पदम दाहालसहितको तीन सदस्यीय छनौट समितिको सिफारिसमा सो पुरस्कार प्रदान गरिएको आयोजक समितिले जनाएको छ।
उक्त कार्यक्रमको अध्यक्षता डा प्रदीप कुमार मैनाली र उद्‌घोषण भुवन सिवाकोटीले गरेका थिए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बाघको बच्चाले घाँस खाँदैन

२०८२ जेष्ठ २० गते, सोमबार

गायक तथा संगीतकार गणेश रसिकको निधन

२०८२ जेष्ठ १९ गते, आईतवार

गणतन्त्र दिवस

२०८२ जेष्ठ १६ गते, बिहीबार