लक्ष्मी र सनराइज बैंकबीच मर्जर सम्झौता

काठमाडौँ । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्झौता भएको छ । लक्ष्मी बैंकका सञ्चालक दिनेश पौड्याल र सनराइज बैंकका सञ्चालक इ. बच्छराज तातेडले आज मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यी दुबै बैंकको गत पुस २५ गते मर्जरमा प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । यी दुई बैंक गाभिएसँगै आगामी असारदेखि लक्ष्मी सनराइज बैंकको नाममा एकीकृत कारोबार सुरु हुने बताईएको छ । दुवै बैंक१ः१ को स्वाप रेसियोमा मर्ज हुनेगरी सम्झौता भएको हो । बैंकको मर्जरपश्चात लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह बैंकको प्रमुख कार्यकारी अधिकृत हुनेछन् । उपरोक्त सम्झौतापत्र दुवै बैंकको साधारण सभामा पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति प्राप्त गरेपछि दुवै बैंकले एकीकृत कारोबार शुरु गर्नेछन् । सम्पूर्ण प्रक्रियाहरु टुंग्याई आगामी असार मसान्तभित्रै एकीकृत कारोबार शुरु गर्ने लक्ष्य राखिएको छ ।