रामकृष्ण ढकाल र कु्श्मा महराको ‘कहाँ छ स्वर्ग भन तिमी’ सार्वजनिक (भिडियोसहित )

२०८० असार २३ गते, शनिबार


काठमाडौँ । गीतकार पुरण क्षेत्रीको शब्द सिर्जना र सन्तोष श्रेष्ठको संगीतमा नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानकी सदस्य सचिव कु्श्मा महरा ‘प्रगती’ र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा ‘कहाँ छ स्वर्ग भन तिमी’ गित सार्वजनिक भएको छ । राजु कार्कीको संगीत संयोजन रहेको उक्त गीतको भिडियोलाई विष्णु न्यौपाने र सुन्दर पाण्डेले भिडियो संपादन गरेका हुन । गीतले आफ्नै जन्मभुमी नै स्वर्ग समान हुन्छ, तर हामी भौतीक सुख सुविधाको लागी स्वर्गको खोजी गर्ने दौडमा छौं भन्ने भाव बोकेको छ ।
खुसी खोज्ने यात्राले गर्दा हामी भित्र नै लुकेको खुसिलाई महसुस गर्न छोडिसकेका छौं भन्ने भावमा केन्द्रित रहेर रचनाकार क्षेत्रीले मानव जीवनको समसामयीक घटनालाई टपक्क टिपेर गीतमा उतारेका छन् । उक्त गीत गोल्डेन क्रियसनको अफिसियल युटुब च्यानलबाट दर्शक श्रोतामाझ सार्वजनिक गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार