बाध्यता

झपेन्द्रराज बैद्य २०८० श्रावण १७ गते, बुधबार
                                          
         

निहुरिएको कद
कसरि हेर्ने?
फाटेको जाँगे
टालो माथि टालो
जालीले ढाकेको
छर्लंग देखेको
तर नदेखे झैं
गर्नुपर्ने बाध्यता
।।।। भन्दा देख्नेलाई लाज
सभ्यताको लागि
बाध्यता
नखाएको तर डकार
बाध्यता
पेटभरि खाना तर पेट थिच्ने
बाध्यता
तर कतै
तरकारी त छ बारी भरि
तर अर्कैको
नून पानी मात्र छ खानु
बाध्यता
जागिर छैन सरकारले दिएन
बिदेश जाने बाध्यता
अचाक्ली महंगी
जुलूश लगाउने बाध्यता
घरमा एक दाना चामल छैन
मर्नु भन्दा घर फोर्नु
बाध्यता
अन्यायले घेरिएको बेला
जेल जानु बाध्यता
कसैले गोली ताक्छ भने
छाती थाप्न बाध्यता
या त शरण पर्नु
या त गोली थाप्नु
बाध्यता
यस्तै छ राजनीति
सत्ताको डरमा
बाध्यता
लोभ मोहमा
बाध्यता
खाने लगाउने जीवन
खान नपाए पछि
बाध्यता
भोको पेटमा
लड्नु पर्छ

बाध्यता
क्रान्ति हो
बाध्यता।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार