क्रिश्चियन महिलासँग बोलेको भन्दै मुस्लिम युवामाथी कुटपिट !

२०७९ चैत्र २४ गते, शुक्रबार


काठमाडौँ । दक्षिण भारतको कर्नाटकको मेंगलुरुमा क्रिस्चियन महिलासँग बोलेको भन्दै एक भारतीय मुस्लिम युवकमाथि कुटपिट भएको छ।
कुटपिटमा संलग्न चार जनालाई गिरफ्तार गरिए पछि यो घटना बाहिर आएको हो। गत मंगलवार ती मुस्लिम युवकमाथि कर्नाटकको बेलतांगडीमा कुटपिट भए पछि प्रहरीले कुटपिटमा संलग्नहरुको खोजी गरेको थियो। गाडीमा बसेकी क्रिस्चियन महिलासँग ती युवकले बोलेको र सोही गाडीमै नै सवार रहेका चारजना युवकहरुले उनी माथी कुटपिट गरेका थिए। सो कुटपिटमा संलग्न रहेको आरोपमा कर्नाटक प्रहरीले दिनेश, नितेश, अविनाश र सचिन नामक युवालाई पक्राउ गरेका छ। प्रहरीका अनुसार कुटपिटमा संलग्न युवाहरु ती क्रिस्चियन महिलाकै चिनजानका व्यक्ति भएको जनाईएको छ। – बिविसि

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नयाँ दिल्लीमा कृत्रिम वर्षाको तयारी

२०८२ कार्तिक ९ गते, शनिबार

गोलभेडा प्रति किलो ७०० !

२०८२ कार्तिक ५ गते, मंगलवार

विपिन जोशीको शव नेपाल ल्याइँदै

२०८२ कार्तिक ४ गते, सोमबार

पोर्चुगलमा नेपाली युवक बेपत्ता

२०८२ कार्तिक ३ गते, आईतवार