नेप्से ३८.५२ अंकले उकालो

२०८२ फाल्गुन १९ गते, मंगलवार

काठमाडौँ । नेप्से ३८.५२ अंकले बढेर २७१२ विन्दुमा पुगेको छ। अघिल्लो दिन ५ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ६ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको छ। व्यापार समूहबाहेक सबै उपसूचक हरियाली भएका छन्। व्यापार समूह ०.८४ प्रतिशतले घट्दा बैंकिङ १.६४, विकास बैंक १.५९, फाइनान्स १.४३, होटल तथा पर्यटन १.६०, हाइड्रोपावर २.१३, लगानी १.५२, जीवन बीमा १.०५, उत्पादन तथा प्रशोधन १.४९, माइक्रोफाइनान्स १.६६, निर्जीवन बीमा १.११ तथा अन्य समूह १.०३ प्रतिशतले बढेका छन्।
कम्पनीगत रूपमा साल्पा विकास बैंक को सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यसैगरी पन्चकन्या माइ हाइड्रोपावर ९.८९, रिलायन्स स्पिनिङ मिल्स ९.८२, मोलुङ हाइड्रोपावर ६.१८ र लक्ष्मी लघुवित्त ६.०९ प्रतिशतले बढेका छन्। यता शुभम् पावर को मूल्य सबैभन्दा धेरै २.५३ प्रतिशतले घटेको छ। आज सबैभन्दा बढी कारोबार हुने कम्पनीमा आँखुखोला जलविद्युत्, रिडी पावर, एसवाई प्यानल, मञ्जुश्री फाइनान्स तथा ङादी ग्रुप क्रमशः अगाडि रहेका छन्।

प्रतिक्रियाहरु

[anycomment]