इच्छुक ! बिहानीको घामको झुल्कासँगै आऊ – झपेन्द्रराज बैद्य
आफ्ना रगतले सिंचेको ढकमक्क फूलहरु फुल्दा श्रमिकहरुले भारी बिसाउादा झूपुडिहरुमा हाँसो पस्दा इच्छुक! घामको झुल्का सँगै आऊ बिजय जूलुशमा मशाल लिएर सामन्त र दलाल ढलेको हेर्न इच्छुक! ज्वाला मुखी भएर आऊ। भागिसके सहयोद्धाहरु संग्रामी मैदान छोडिसके तर संग्राम त चलिरहेछ बिछोडमा पनि जनसँस्कृतिका पर्याय इच्छुक! प्रतिरोधी स्वरहरु उठिरहेछन्। बस्ती बस्ती जुर्मुराइ रहेछन्। गाउँ गाउँ जुटिरहेछन्। […]
२०७७ जेष्ठ १३ गते, मंगलवार