कला तथा साहित्य

साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि

काठमाडौ, २० भदौ । मध्यपश्चिम विश्वविद्यालयले आज साहित्यकार झमक घिमिरेलाई आज मानार्थ विद्यावारिधी प्रदान गर्दैछ । आज मध्यान्ह राष्ट्रिय सभागृहमा आयोजित विशेष दीक्षान्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख आतिथ्यमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यावारिधी प्रदान गर्ने कार्यक्रम तय भएको छ । विद्यालयको औपचारिक शिक्षा कहिल्यै नलिनु भएकी घिमिरे जन्मँदै शारिरीकरुपमा दुर्बल […]

२०७३ भाद्र २० गते, सोमबार

मलाई मेरै देश गौरव लाग्छ – हस्तवहादुर के सी

मलाई मेरै देश नेपाल गौरव र प्यारो लाग्छ मलाई मेरै देश नेपाल सुन्दर र विशाल लाग्छ पर्वमा पर्ने मेची पश्चिममा पर्ने काली उत्तरमा पर्ने चाँदी झै टल्कने हिमालहरु दक्षिणमा देखिने तराइका विशाल फाँटहरु मलाई अति सुन्दर र रमणीय लाग्दछ उत्तरबाट दक्षिणतिर कलकल बग्ने खोला नाला र नदीहरु आहा मलाई कति सुन्दर र मनमोहक लाग्छ मेरै […]

२०७३ भाद्र १८ गते, शनिबार

प्यारो रक्सी तलाई छोड्दै छु पर्सि – शोभा गजुरेल

आज अलि अलग कुरा प्रस्तुत गर्न मन लाग्यो । मैले देख्ने गरेका धेरै घटनालाई उतार्न मन लाग्यो । हुन त हरेक कुरा धेरै खाए पच्दैन । हामीले भात खाँदा पनि धेरै भए हाम्रो पाचन प्रक्रिया असफल हुन्छ । तर खाना हाम्रा लागि आवस्यक छ जुन बिना हामी बाच्न सक्दैनौ । तर आज म रक्सीको बारे […]

२०७३ भाद्र १७ गते, शुक्रबार

भाषा जगेर्नाको निम्ति अभियान चलाउनु पर्ने

काठमाडौं, १६ भदौ । काठमाडौंमा आयोजित कार्यक्रममा वक्ताहरुले नेपालभाषा संकटमा परेको स्वीकार गरी भाषा जगेर्ना गर्ने अभियान चलाउनु पर्नेमा जोड दिएका छन । उनीहरुले पछिल्लो समय मातृभाषा प्रयोग गर्नेको संख्या कम हुँदै गएकोमा चिन्ता र चासो व्यक्त गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेवार अगुवा तथा भाषासेवी डा. महेशमान श्रेष्ठले नेपालभाषा बिरामी भएर आईसीयूमा भर्ना […]

२०७३ भाद्र १६ गते, बिहीबार

कवि वैरागी जेठासित कवितात्मक छलफल

नेपाली कम्युनिस्ट आन्दोलनमा लागेको तीन दसक भइसकेको छ । मेरा जीवनमा निकै अप्ठ्यारा दिनहरू रहे तर हरेस भने कैल्यै खाइनँ । जीवनले जे भोगिरह्यो, त्यो नै मेरो पाठशाला भइरह्यो । २०४० सालको वसन्तदेखि कम्युनिस्ट हुने अवसर जु-यो । काठमाडौँ टेकेलगत्तै थालाजुङ्का शिव ढकाल र चूडा ढकालहरूसँग भेट हुनु नै कम्युनिस्ट हुनु रहेछ । उहाँहरूको गीत […]

२०७३ भाद्र १५ गते, बुधबार

‘जयपती’बाट कहिले सिक्ने ? – उमेश राई

हुनेखानेहरु… अक्सर ! महलवालाहरु… अर्को आलिसान महलको सपनमा अनिदो अनिदो बस्छन् आर्जनको नयाँ धन्दामा नैतिकता लिलाम भए पनि स्वार्थपूर्तिको अभियानमा मानवता चिलीम भए पनि बेपर्वाह हुन्छन् । हो, अक्सर! महलवालाहरु कर छलीको मामलामा अदालत धाउछ्न् । मेरो जिज्ञासा यतिनै हो.. जयपती चेपाङ बाट कहिले सिक्छ्न् ?? नेताहरु.. सत्ता र शक्तिको निम्ति स्वाभिमान बेच्छन् मौका परे […]

२०७३ भाद्र १४ गते, मंगलवार

चिहान खनिदिनु छ -पुष्प गोपाल श्रेष्ठ

म झुप्रोमा जन्मेको मान्छे झुत्रो र झुम्रोले लपेटी यही धुलो माटोमा लुडीबुडी खेल्दै यही हावा पानीमा हुर्केको म मेरो त थलो नै हो यो । मिरमिरे बिहानमा उठ्छु आफ्नो साजवाज कुटो कोदाली बोकेर हिड्छु माटो संग खेल्न जहाँ हिमाल झरछ कलकल गर्दै अनि, त्यही पानीको ताल शुरमा माटो हिल्पाउँछु रोप्छु , फलाउँछु फुलाउँछु मगमग चलेको […]

२०७३ भाद्र १३ गते, सोमबार

लेकालीले बनाएको तिमाल गाउँ – अनिस तामाङ( श्याम)

असार साउनको महिना थियो । झमझम पानी परिरहेको त्यो मध्य रातबाट सुरुवात भएको हाम्रो मित्रता आज इतिहाको पानामा सिमित देख्दा मनहरु भावुक भएर आउछ । स्वासहरु बन्द भएको महसुस हुन्छ, अक्रोशको ज्वाल धपधपी बलेर आउछ । मध्यारात कसैले ढोको ढक् ढकाउदै आमा- बुबा भनेर बोलाएपछि हामी सोच्न बाध्य हुन्थ्यौ । उमेर सानै भएकोले मध्यरात भूत […]

२०७३ भाद्र ११ गते, शनिबार

छन्त्याल नै भुल्न थाले आफ्नो भाषा

काठमाडौँ, ८ भदौ । अत्यन्त न्यून सङ्ख्यामा रहेका र म्याग्दी जिल्लामा मुख्य बसोबास गरेका छन्त्याल जातिले आफ्नो भाषा भुल्दै जान थालेका छन् । छन्त्याल जातिको मुख्य बसोबास रहेको म्याग्दी जिल्लामा कतिपय छन्त्याल जातिका मानिसले आफ्नो मातृभाषा भुलिसकेको बताएका छन् । नेपालमा रहेका थुप्रै जातजातिले भाषा संस्कृति जगेर्नामा लागिरहँदा जिल्लाको अधिकांश गाविसमा बसोबास गर्ने छन्त्याल जातिले […]

२०७३ भाद्र ८ गते, बुधबार

नेपाली वृत्तचित्र ‘सुनकली’ फिफा टिभीमा

काठमाडौं, ६ भदौ । मुगुका किशोरीहरुको फुटबल कथामाथि बनेको नेपाली वृत्तचित्र ‘सुनकली’ले विश्व फुटबल महासंघ (फिफा)को टेलिभिजन ‘फिफा टिभी’को प्रतिवेदनमा रिपोर्टमा स्थान पाएको छ । फिफा टिभीको समूह काठमाडौं आइ सुनकलीको कथालाई समेटेर आइतबार विशेष रिपोर्ट तयार पारेको सुनकलीका निर्देशक भोजराज भाटले जानकारी गराए । आइतबार नै फिफा टिभीको युट्युब च्यानलमा ‘मिट द हिमालयन मेसी’ […]

२०७३ भाद्र ६ गते, सोमबार