अर्थ

नेपाललाई सन् २०३० सम्म करिब २११ खर्ब ६५ अर्ब आवश्यक

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले नेपाललाई सन् २०३० सम्म करिब २११ खर्ब ६५ अर्ब रुपैयाँ अर्थात् वार्षिक औसत ३० खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने बताएका छन् । उनले विकासका लागि वित्त विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनको सन्दर्भमा आयोजित राष्ट्रिय परामर्श कार्यक्रममा बोल्दै विकासशील तथा विकासोन्मुख मुलुकहरूका लागि सार्वजनिक ऋण व्यवस्थापन […]

२०८२ असार १२ गते, बिहीबार

अण्डाको मूल्य बढ्यो

काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । बढेको समर्थन मूल्यअनुसार चितवनको फार्म अण्डाको मूल्य ठूलो प्रतिक्रेट रु चार सय ८० र मझौला रु चार सय ५० कायम गरिएको छ । दुवैमा प्रतिक्रेट रु ३० वृद्धि भएको हो ।व्यवसायीहरूले यसलाई होलसेल मूल्यमा प्रतिकार्टुन(सात क्रेट)को ठूलो रु तीन हजार ५४० […]

२०८२ असार ११ गते, बुधबार

देशभरका स्थानीय तहले बजेट सार्वजनिक गर्दै

काठमाडौँ । आज ७ सय ५३ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट आज सार्वजनिक गर्न लागेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलका अनुसार ७ सय ५३ पालिका मध्ये आइतबारसम्म ४० स्थानीय तहले बजेट सार्वजिनक गरिसकेका छन । स्थानीय सरकार सञ्चालन ऐनर अन्तर सरकार वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्था अनुसार प्रत्येक […]

२०८२ असार १० गते, मंगलवार

नेप्से ४ अंकले बढ्यो

काठमाडौँ । नेप्से ४ अंकले बढेर २६०० विन्दुमा पुगेको छ । आज १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज ३२५ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै […]

२०८२ असार ९ गते, सोमबार

दरमखोला हाइड्रो इनर्जीद्वारा आईपीओ निष्काशन

काठमाडौँ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ३० हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्ला मुसीकोट नगरपालिका, बाग्लुङ जिल्ला गल्कोट नगरपालिका र बाग्लुङ जिल्ला बडीगाड गाउँपालिकाका […]

२०८२ असार ९ गते, सोमबार

तामाकोशी नदीमा निर्माणाधीन पक्की पुल फेरि भाँचियो

काठमाडौं । रामेछापको मन्थली नगरपालिका–६ कुनाउरी र ७ भटौलीलाई जोड्ने तामाकोशी नदीमा निर्माणाधीन पक्की पुल फेरी भाँचिएको छ । निर्माणको क्रममा रहेको उक्त पुल आइतबार बिहान दोस्रोपटक भाँचिएको हो । कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको सो पुलको एउटा स्ल्याब गत वैशाखमा पनि भाँचिएको थियो । भाँचिएको सोही स्ल्याब निर्माण भइरहेको बेला आज बिहान फेरि भाँचिएको हो […]

२०८२ असार ९ गते, सोमबार

नेप्से ३२ दशमलव ९३ अङ्कले घट्यो

काठमाडौँ । नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घटेर दुई हजार पाँच सय ९५ दशमलव ९७ को बिन्दुमा कायम भएको छ । आज ३१० कम्पनीको दुई करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर ८७ हजार तीन सय दुई पटक खरिद बिक्री हुँदा रू नौ अर्ब १४ करोड ५८ लाख ५८ हजार ५१० बराबरको कारोबार […]

२०८२ असार ८ गते, आईतवार

मेडल र स्टिकर गोदाममा आगलागी

काठमाडौँ । नागार्जुन नगरपालिका-३ बाफलस्थित मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ । राजेन्द्र उदासले सञ्चालन गरेको उक्त गोदाममा आज बिहान ३ बजेर २० मिनेटमा आगलागी भएको हो । सशस्त्र प्रहरीसहित नेपाली सेना र नेपाल प्रहरीको टोलीले दमकलको सहयोगमा साढे एक घण्टापछि आगो नियन्त्रणमा लिएको छ ।आगो निभाउन बालाजु दमकल र जुद्द बारुण यन्त्रसहित सुरक्षाकर्मीको […]

२०८२ असार ८ गते, आईतवार

अलैँची ग्रेडिङ गरेर बिक्री गर्ने तयारी

काठमाडौँ । ताप्लेजुङका किसानहरूले अलैँचीलाई ग्रेडिङ गरेर बिक्री गर्ने तयारी थालेका छन् । ग्रेडअनुसार अलैँची बिक्री गर्दा राम्रो मूल्य पाइने भएकाले उनीहरु व्यवस्थित तरिकाले उत्पादन छानफान गरेर बजारमा पठाउने योजनामा जुटेका हुन् । हालै कामाक्षा एग्रो एण्ड इन्जिनियरिङ्ग प्रा.लि.ले ताप्लेजुङका विभिन्न स्थानहरूमा अलैँची ग्रेडिङ मेसिनहरूको नमुना परीक्षण गरेको छ ।प्रा.लि.ले उत्पादन गरेको गोलाकार अलैँची ग्रेडिङ […]

२०८२ असार ६ गते, शुक्रबार

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

काठमाडौँ । ओखलढुङ्गा मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी हीरा तामाङलाई ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । गत शुक्रबार सफल शल्यक्रियापछि एकै पटक तीन शिशुलाई जन्म दिएकी मोलुङ–६ श्रीचौरकी ३२ वर्षीया हीरा तामाङलाई गाउँपालिकाले ५० हजार नगद आर्थिक सहयोग गर्ने भएको हो । उनलाई तत्काल राहतस्वरूप उक्त सहयोग उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष […]

२०८२ असार ६ गते, शुक्रबार