अर्थ

सुन तोलाको ५९ हजार ५ सय

काठमाडौं, २० चैत । आज छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन भने प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

२०७५ चैत्र २० गते, बुधबार

मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई कारोबार अनुमति

काठमाडौँ, १९ चैत । मेगा क्यापिटल मार्केट्सले नेपाल धितोपत्र बोर्डबाट कारोबारका लागि अनुमतिपत्र प्राप्त गरेको छ । मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी मेगा क्यापिटल मार्केटस् लिमिटेडले सोमबारदेखि मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नका लागि अनुमति प्राप्त गरेको हो । यस कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको […]

२०७५ चैत्र १९ गते, मंगलवार

अलैँचीको मूल्य आठ वर्ष यताकै कम

काठमाडौ, १९ चैत । इलामको मुख्य नगदे बाली अलैँचीको मूल्य आठ वर्ष यताकै कम भएको छ । कुनै समय प्रतिमन एक लाख २० हजार रुपैंयाँ सम्ममा बिक्री भएको अलैँची अहिले प्रतिमन २३ हजारमा किनेबेच भइरहेको छ । अलैँची कारोबार हुने अन्तिम सिजनसम्ममा पनि अलैँचीको भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि किसान निराशा छन् । प्रतिमन ३२ […]

२०७५ चैत्र १९ गते, मंगलवार

सुनको मुल्य ह्वात्तै घट्यो !

काठमाडौँ, १५ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा सुनको मुल्य घटेको जानेको छ । आज सुन तोलामा रु ६०० रुपैंयाँले घटेर ५९ हजार ७०० मा कारोबार भइरहेको महासंघले जनाएको छ। यस्तै तेजाबी सुन ५९ हजार ४०० मा कारोबार भइरहेको छ ।यसैगरि चाँदी भने तोलामा ७३० मा कारोबार भइरहेको छ ।

२०७५ चैत्र १५ गते, शुक्रबार

लगानी सम्मेलन सुरक्षार्थ ६ हजार सुरक्षाकर्मी परिचालित

काठमाडौं, १५ चैत । आजदेखि सुरु भएको लगानी सम्मेलनकोलागि गृह मन्त्रालयले सुरक्षामा करिब ६ हजार सुरक्षाकर्मी तैनाथ गरेको बताइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र राष्ट्रिय अनुसन्धान विभागबाट ६ हजारभन्दा बढी जनशक्ति तैनाथ गरिएको गृह मन्त्रालयले जनाएको छ। आजदेखि सुरु हुने दुईदिने लगानी सम्मेलनमा ३१ मुलुकका ६ सय ९ जना विशिष्ट अधिकारी तथा […]

२०७५ चैत्र १५ गते, शुक्रबार

नेपाल-जापान श्रम सम्झाैता हुदै

काठमाडौँ, ११ चैत । नेपाल र जापानबीच श्रमिक आपूर्तिबारे सहकार्यको समझदारी (एमओसी) मा आज हस्ताक्षर हुन लागेकाे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार जापानका सरकारी प्रतिनिधि र नेपालकाे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच आज काठमाडाैँमा हस्ताक्षर हुन लागेकाे हाे । नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव […]

२०७५ चैत्र ११ गते, सोमबार

निर्माणाधीन पक्की पुल चर्कियो

काठमाडौं, १० चैत । सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरमा निर्माणाधीन पक्की पुल निर्माणकै करणमा चर्किएको छ । लोकमार्गको मिर्चैया–कटारी खण्डको हडिया खोलामा निर्माण सुरु गरिएको पुल चर्किएको हो । राजेन्द्र जगदम्बा जेभीले दुई वर्षअघि कटारी नगरपालिका–२, हडिया खोलामा पुल निर्माणको जिम्मा लिएको थियो । ८ करोड रुपैयाँको लागतमा निर्माण हुने भनिएको १ सय २० मिटर लामो पुल […]

२०७५ चैत्र १० गते, आईतवार

कोरियाली भाषा परीक्षाको आवेदन खुला

काठमाडौं, ८ चैत । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आज शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । चैत १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । अठार वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा […]

२०७५ चैत्र ८ गते, शुक्रबार

पेट्रोलियम पदार्थ बोकेका ट्यांकर रोक !

काठमाडौं, ७ चैत । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० ओटा ट्यांकर रुपैडिया नाकामा रोकेको छ । अनलाइनमा समस्या आएको भन्दै ट्यांकरसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनदेखि भारतमै रोकिएको नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले जानकारी दिए । उनले फलफूल र तरकारी गाडी कागजी […]

२०७५ चैत्र ७ गते, बिहीबार

अवैध सुनसहित पक्राउ

काठमाडौँ, ५ चैत , महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई पक्राउ गरेको छ । कार्यालयले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राईलाई सोमबार साँझ पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकामध्ये राउत र पटेलसँग रु […]

२०७५ चैत्र ५ गते, मंगलवार