अर्थ

चार वर्षमा दुई करोड रुपैयाँ भेटी संकलन

काठमाडौं, २५ मंसिर । ताप्लेजुङको प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा चार वर्षको अवधिमा झन्डै दुई करोड रुपैयाँ भेटी संकलन भएको छ । २०७२ साल फागुन २२ देखि हालसम्म मन्दिर पुग्ने दर्शनार्थीले चढाएकोे भेटी रकम १ करोड ७२ लाख १५ हजार ५ सय ४६ रुपैंयाँ संकलन भएको पाथीभरा भेटिपाती व्यवस्थापन समितिले जनाएको छ । समितिले पत्रकार सम्मेलन […]

२०७५ मंसिर २५ गते, मंगलवार

एक किलो नुनको मूल्य ७० रुपया !

काठमाडौं, २४ मंसिर । हुम्लाको सर्केगाड गाँउपालिकाका स्थानीयवासीले एक पोका नुनको रु ७० तिरेर खानु परेको उक्त गाउँपालिका–४ निवासी कृष्ण शाहीले बताए । जिल्ला सदरमुकाम सिमकोटबाट खच्चरद्वारा बोकेर ल्याएको नुनको मूल्य गाउँमा पुग्दा रु ७० तिरेर खानु परेको शाहीले बताए । सर्केगाड डिपोमा नुनका लागि ठेकेदारले यतिबेला नुन पुर्‍याउन ढिलाइ गरेका कारण खाने नुनको समस्या […]

२०७५ मंसिर २४ गते, सोमबार

गैसस गलगाँड ?

काठमाडौं , २१ मंसिर । गैरसरकारी संस्था (गैसस)लाई गलगाँडको रूपमा लिन थालिएकामा सरोकार भएका व्यक्तिहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । “गलगाँड न झिकेर मिल्काउन सकिन्छ न त त्यसै राख्न नै शोभा दिन्छ, त्यस्तै केही गैससको क्रियाकलापका दूरदराजमा समेत पुगेर सेवा पु-याउँदै आएका कतिपय गैससकोे योगदानको मूल्याङ्कनसमेत नगरी समग्रमा सबै गैससलाई गलगाँड भनी बुझ्न थालिएको […]

२०७५ मंसिर २१ गते, शुक्रबार

वाइडबडी खरिद प्रकरणमा थप विवरण माग्दै लेखा समिति

काठमाडौं, १७ मंसिर । नेपाल एयरलाइन्सको वाइडबडी खरिद प्रक्रियामाथि अनुसन्धान गरिरहेको संसद्को सार्वजनिक लेखा समितिले खरिद प्रक्रियासँग सम्बन्धित विवरण माग गर्न लिखित प्रश्न तयार पारेको छ । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायुसेवा निगमसँग लिखित जवाफ माग गर्न ४१ वटा प्रश्न तयार पारेको छ । विभागीय मन्त्रालय र निगमका लागि तयार […]

२०७५ मंसिर १७ गते, सोमबार

सुन प्रतितोला ५७ हजार २ सय

काठमाडौँ, १४ मङ्सिर । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज छापावाल सुन प्रति तोला ३ सय रुपैयाले घटेर प्रतितोला ५७ हजार २ सय रुपैयामा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार रु १ सयले घटेर प्रतितोला ५८ हजारमा कारोबार भएको छापावाल सुन सोमबार फेरी तोलामा रु ३ सयले घटेर प्रतितोला […]

२०७५ मंसिर १४ गते, शुक्रबार

‘वाइडबडी’बारे राय पेस गर्न खरिद अनुगमन कार्यालयलाई निर्देशन

काठमाडौं, १२ मंसिर । प्रतिनिधिसभाअन्तर्गत्को सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिदमा भएको भनिएको अनियमितताको सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयसँग राय मागेको छ ।आज सिंहदरबारमा बसेको समितिको बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मी, निर्देशक रामचन्द्र शर्मालगायतलाई बोलाएर छलफल गरेपछि यस्तो निर्देशन दिएको हो । विमान खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनअनुसार भए/नभएको […]

२०७५ मंसिर १२ गते, बुधबार

अदुवाको मूल्य बढयो , किसान उत्साहित

काठमाडौं, १२ मंसिर । पूर्वी नेपालका किसानले उत्पादन गरेको नगदेबाली अदुवाले यस वर्ष राम्रो मूल्य पाएको छ । विगतका वर्षहरुमा उत्पादित अदुवाले मूल्य नपाउँदा निराश बन्ने गरेको किसान यस वर्ष भने हर्षित भएका छन् । गतवर्ष मूल्य नपाएपछि खेती घटाएका किसान यो वर्ष मूल्यवृद्धि भएपछि पुनः अदुवा खेतीप्रति आकर्षित भएका छन् । अहिले किसानको बारीबाटै […]

२०७५ मंसिर १२ गते, बुधबार

एक दर्जन पेट्रोल-पम्प कारवाहीमा

काठमाडौं, १० मंसिर । पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्प कारवाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले पछिल्लो एक महीनाको अवधिमा सफ्टवयर प्रविधिको प्रयोग गरी दुईदेखि पाँच प्रतिशतसम्म पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ पेट्रोलपम्पलाई कारवाही गरेको हो । कारवाही पर्नेमा विजय आयल स्टोर कलैया बारा, ममता आयल स्टोर कलैया बारा, स्वस्थानी आयल […]

२०७५ मंसिर १० गते, सोमबार

वाइड बडी विमान खरिद प्रक्रियाबारे लेखा समितिमा छलफल गर्दै

काठमाडौं, ९ मंसिर । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले आज नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरिद प्रक्रियाका विषयमा सरोकारवाला निकायसँग छलफल गर्दै छ । समितिले पर्यटन सचिव कृष्णप्रसाद देवकोटा, नेपाल एयरलाइन्सका महाप्रवन्धक सुगतरत्न कंसकार लगायतलाई छलफलका लागी बोलाईएको हो । सिंहदरबारमा दिउँसो एक बजे बैठक बस्ने समितिले जनाएको छ । विमान खरिद प्रक्रियाका […]

२०७५ मंसिर ९ गते, आईतवार

वाइडबडी विमान खरिदलगायतका विषयमा छलफल हुदै

काठमाडौं, ७ मंसिर । संघीय संसदकाे प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सचिवालय सिंहदरबारमा बस्न लागेकाे बैठकमा विमान खरिद प्रकरणलगायतका विषयमा छलफल हुने जनाइएकाे छ । अाज बिहान साढे ११ बजेका लागि तय गरिएकाे बैठकमा नेपाल वायु सेवा निगमले खरिद गरेर ल्याएका ‘वाइडबडी’ विमानबारे छलफल हुने कार्यसूची छ । निगमले गत असार र भदाैमा खरिद गरेका […]

२०७५ मंसिर ७ गते, शुक्रबार