अर्थ

अफगानिस्तान, लिबिया, इराक र सिरिया जान प्रतिबन्ध

काठमाडौँ, १० असार । काबुलमा भएको आतङ्ककारी आक्रमणमा नेपालीको मृत्यु भएको घटनालगत्तै सरकारले अफगानिस्तान जान रोक लगाई श्रम स्वीकृति बन्द गर्ने र त्यहाँ रहेका नेपालीको सुरक्षाबारे अफगान सरकारसँग कूटनीतिक वार्तालाप गरी सुरक्षाको सुनिश्चितता गर्ने तथा असुरक्षित महसुस गरी नेपाल फर्कन चाहने नेपालीलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले लिबिया, इराक र सिरिया […]

२०७३ असार १० गते, शुक्रबार

कहाँबाट आउँछ सेयरबजारमा दैनिक २ अर्ब ?

काठमाडौ, ९ असार । साढे ६ महिनाअघि १३ मंसिरमा १ हजार २२ अंकमा रहँदा नेप्सेको बजार पुँजीकरण १० खर्ब रुपैयाँ थियो । त्यसयता नेप्से परिसूचक झन्डै ६ सय अंक बढेको छ भने बजार पुँजीकरणको आकार ७ खर्बभन्दा धेरैले बढिसकेको छ । पछिल्ला केही सातायता सेयरबजारको दैनिक कारोबार नै २ अर्ब रुपैयाँ नाघेको छ । सेयरबजारमा […]

२०७३ असार ९ गते, बिहीबार

मेवाखोला हाइड्रोपावर सञ्चालनको तयारीमा

काठमाडौँ, ९ असार । खोटाङ जिल्लामा सञ्चालन गर्न लागिएको मेवाखोला हाइड्रोपावर असार अन्तिमदेखि सञ्चालन हुने भएको छ । खोटाङ जिल्लालाई विद्युत्भार कटौतीमुक्त बनाउने अभियानका साथ उत्पादनको काम थालिएको एक मेगावाट क्षमताको जलविद्युत आयोजना असार अन्तिमदेखि सञ्चालन गर्ने तयारी गरिएको हो । सत्तरी प्रतिशत बैंकको लगानी तथा ३० प्रतिशत उपभोक्ताको सेयरबाट सञ्चालन गर्न लागिएको हाइड्रोपावरका लागि […]

२०७३ असार ९ गते, बिहीबार

पहुँचवालालाई जथाभावी सहयोग

काठमाडौं, ८ असार । सरकारले प्रभावशाली नेताका आफन्त र पहुँचवालालाई राज्यको ढुकुटीबाट डेढ करोड रुपैयाँभन्दा बढी आर्थिक सहायता वितरण गरेको छ । सरकार आफैंले बनाई कार्यान्वयनमा ल्याएको कार्यविधिमा रहेको आर्थिक अवस्था कमजोर भएका या विशिष्ट व्यक्तिहरूलाई उपचार खर्च बिलअनुसार सोझै अस्पताललाई दिने व्यवस्थाविपरीत गृह मन्त्रालयको सिफारिसमा राम्रो आर्थिक हैसियत भएका पहुँचवालालाई जथाभावी सहयोग दिइएको हो […]

२०७३ असार ८ गते, बुधबार

ग्यास आयात नगर्ने उद्योगको दर्ता खारेज हुने

काठमाडौं, ८ असार । आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले अत्यावश्यकीय वस्तु एलपी ग्यास आयात नगर्ने ग्यास उद्योगको दर्ता खारेज हुने बताएका छन । ग्यास उद्योगीहरुले मंगलबारदेखि नै नेपाल आयल निगमबाट एलपी ग्यासको ‘पीडीओ’ लिन छाडेका छन् । एचपी ग्यासको सिलिन्डर पड्किएर ललितपुरमा तीनजनाको मृत्यु भएपछि सरकारले हिमालयन पेट्रोकेमिकल्सको पीडीओ रोक्का गर्न आयल निगमलाई निर्देशनपछि ग्यास […]

२०७३ असार ८ गते, बुधबार

नेपाल–चीन परामर्श बैठक स्थगित

काठमाडौँ, ७ असार । नेपाल–चीन परराष्ट्र सचिवस्तरीय ११औँ परामर्श बैठक स्थगन भएको छ । बैठक बुधबारका लागि निर्धारित गरिएको थियो । चिनियाँ अधिकारीहरु आन्तरिक कारणले बैठकमा उपस्थित हुन असमर्थ भएको जानकारी प्राप्त भएकाले उक्त बैठक पारस्परिक छलफलमा चाँडै सम्पन्न गर्ने सूचनासमेत बेइजिङबाट प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

२०७३ असार ७ गते, मंगलवार

सिलिन्डर विस्फोट छानबिन प्रतिवेदन सार्वजनिक

काठमाडौँ, ७ असार । मिति २०७३÷२÷७ मा ललितपुरको हौगालमा भएको एचपी ग्यासको सिलिन्डर विस्फोट सम्बन्धमा आपूर्ति मन्त्रालयले गठन गरेको छानबिन समितिले पेस गरेको प्रतिवेदन मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयद्वारा सोमबार प्रकाशित विज्ञप्ति अनुमार विस्फोट भएको सिलिन्डर ग्यास उद्योगले मिति २०७१÷६÷११ मा खरिद गरेको देखिएको हुँदा सो सिलिन्डर नयाँ अवस्थाको रहेकाले नियमानुसार हाइड्रो स्टाटिक टेस्क […]

२०७३ असार ७ गते, मंगलवार

गरिबको खर्च खाद्यान्नमा, धनीको बिलासी वस्तुमा

काठमाडौ, ७ असार । गरिब र धनीले गर्ने खर्च संरचनामा ठूलो असमानता छ। गरिबका खर्चको अधिकांश हिस्सा खाद्यान्नमा उपयोग हुन्छ भने धनीले विलासी बस्तु तथा सेवामा बढी खर्च गर्ने गरेको अध्ययनले देखाएको छ। नेपाल राष्ट्रबैंकले हालै सार्वजनिक गरेको पाँचौ घरपरिवार सर्वेक्षणअनुसार सबैभन्दा गरिब २० प्रतिशतले खाद्यान्न तथा पेय पदार्थमा ५६.८४ प्रतिशत र माथिल्ला धनी २० […]

२०७३ असार ७ गते, मंगलवार

कर्मचारीलाई ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता

काठमाडौ, ६ असार । सरकारले करिब एक अर्ब रुपैयाँ वित्तीय दायित्व पर्ने गरी कर्मचारीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता (इन्सेन्टिभ) दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक पूर्वाधार समितिको केही दिनअघिको बैठकले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क राख्ने निकायलाई भन्दा पनि पहुँचदार सरकारी कार्यालयका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । प्रोत्साहन भत्ता लागू भएका कार्यालयका कर्मचारीले […]

२०७३ असार ६ गते, सोमबार

सुन्दरीजल प्रशोधन केन्द्र जीर्ण

काठमाडौँ, ६ असार । विसं २०२३ मा निर्माण भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड सुन्दरीजलको प्रशोधन केन्द्र जीर्ण भएर काम नगर्ने अवस्थामा पुगेको छ । उपत्यकामा सबैभन्दा बढी खानेपानी निर्यात गर्ने यो प्रशोधन केन्द्र ५० वर्षे अवधिमा सानातिना मर्मत मात्र गरेर चलाउँदै आएकाले जीर्ण भएर काम नगर्ने अवस्थामा पुगेको लिमिटेडका महाप्रबन्धक डा महेशप्रसाद भट्टराईले बताए । […]

२०७३ असार ६ गते, सोमबार