पूर्वमन्त्री शर्मा अबैध धन्धामा
काठमाडौ, २६ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री कमलेशकुमार शर्मा गाडीको च्यासिस फेर्ने अवैध धन्धामा संलग्न रहेको पाइएको छ। महानगरीय ट्राफिक महाशाखाले शर्माको टोयटा ल्यान्ड क्रुसर बा २ च ९९५५ नम्बरको गाडीमाथि शंका लागेर नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। गाडी बनाउने मेकानिकले सडकबाट टेस्ट ड्राइभ गर्न लागेको अवस्थामा ट्राफिकले दरबारमार्गबाट नियन्त्रणमा लिएको हो। […]
२०७२ चैत्र २६ गते, शुक्रबार