अर्थ

स्रोत खुलाउन नसके बैङ्कलाइ कारबाही

काठमाडौ, २७ असार- सम्पत्ति शुद्धीकरण निवारण (एन्टी मनी लाउन्डरिङ) सम्बन्धी कानुनमा संशोधन गरिएको छ / सम्पत्ति शुद्धीकरण निवारण ऐनमा यस्तो व्यवस्था भए अनुसार अब उक्त कानुन र निर्देशनको पालना नगरे बैंक वित्तीय संस्थालाई ५ करोड रुपैयाँसम्म जरिवाना लाग्ने भएको छ । यस्तो जरिवाना वित्तीय क्षेत्रमा हालसम्म तोकिएको सबैभन्दा ठूलो रकमको हो । क्यासिनो र वित्तीय […]

२०७० असार २७ गते, बिहीबार

कर्मचारीको तलब २१ प्रतिशत बढाउन सिफारिस

काठमाडौं, २६ असार । मुख्य सचिव लीलामणि पौडेलको अध्यक्षतामा रहेको तलब–भत्ता पुनरावलोकन समितिले आगामी बजेटमा कर्मचारीको तलब २१ प्रतिशतले बढाई थप विभिन्न शीर्षकमा भत्ता दिन सिफारिस गरेको छ ।समितिले अस्ति सोमबार अर्थ मन्त्रालयलाई तलब र भत्ता बढाउन किटानीसहित प्रतिवेदन बुझाएको हो । मुख्य सचिव नेतृत्वको समितिले सुझाव दिन सामान्य प्रशासन मन्त्रालयका सहसचिव मुकुन्दराज पन्थीको संयोजकत्वमा […]

२०७० असार २६ गते, बुधबार

यार्सा प्रतिकिलो रु २८ लाख

रुकुम, २४ असार । यस वर्ष रुकुममा यार्सागुम्बा प्रतिकिलो रु २८ लाखमा बिक्री भएको छ ।वर्ष प्रतिकिलो रु २४ लाखमा बिकेको यार्सा यस वर्ष पाटनमै रु २८ लाखमा बिकेको स्थानीय व्यापारी हर्कबहादुर कामीले जानकारी दिe । सुरुमा रु १४ लाखमा कारोबार भए पनि सिजनको अन्त्यतिर प्रतिकिलो रु २८ लाखमा यार्सा बिक्रि भएको हो ।असार ४ […]

२०७० असार २४ गते, सोमबार

डलरको भाउ आकाशियो

काठमाडौं २४ असार – अमेरिकी डलर सोमवार बढेर ९८ रुपैयाँमा कारोवार भएको छ । यो मुल्य अहिलेसम्मकै सबैभन्दा मंहगो हो । दश दिन पहिले नेपाली बजारमा डलरको मुल्य ९७ रुपैयाँ ४० पैसासम्म पुगेको थियो । ९७ रुपैयाँ पुगेपछि क्रमश तल झरेर कारोवार हुँदै आएको डलर सोमवार पुन बढेर ९८ रुपैयाँ १० पैसासम्म पुगेको छ । […]

२०७० असार २४ गते, सोमबार

असार ३१ मा बजेट ल्याउने तयारी

काठमाडौं, २३ असार– अन्तरिम चुनावी मन्त्रिपरिषदले आगामी ३१ असारमा बजेट ल्याउने तयारी गरेको छ । सरकारले नयाँ नीति तथा कार्यक्रम केही पनि नसमेटी सो दिन बजेट ल्याउने तयारी गरेको हो । राष्ट्रपति डा. रामवरण यादवले नयाँ नीति तथा कार्यक्रम नसमेटी चुनावकेन्द्रित बजेट ल्याउन अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई सुझाव दिइसकेका छन् । सोही सुझावबमोजिम सरकारले […]

२०७० असार २३ गते, आईतवार

त्रिशूली ३ ए को काम बन्द

काठमाडौं, असार २१ – माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनाको ठेकेदार आफैंले काम ठप्प पारेका छन् । एमाओवादी, कांग्रेस, एमालेलगायत दलका कार्यकर्ता मिलेर २६ सूत्रीय माग राख्दै बन्द गरेको भोलिपल्ट चिनियाँ ठेकेदार कम्पनी गेजुवा आफैले आयोजनास्थलको काम ठप्प पारेको हो । रसुवाका तीन राजनीतिक दलले २० प्रतिशत सेयर प्रभावित जिल्लावासीलाई हुनुपर्ने, आयोजना १ सय ४५ […]

२०७० असार २१ गते, शुक्रबार

जलाशययुक्त आयोजनालाई विशेष प्राथमिकता

काठमाडौं, असार २१ – सरकारले जलाशययुक्त जलविद्युत् आयोजनालाई विशेष प्राथमिकतामा राख्ने भएको छ ।रन अफ रिभरमा आधारित आयोजनाबाट हिउँदमा आवश्यक ऊर्जा उत्पादन नभएर समस्या परेपछि सरकारले आफ्नो १३ औं योजनामा यस्तो गर्न लागेको हो । सरकारले नयाँ आयोजनाको छनोट र निर्माण गर्दा कम्तीम ३० प्रतिशत जलाशय युक्त जलविद्युत् आयोजनालाई विकास गर्ने रणनीति लिने भएको छ […]

२०७० असार २१ गते, शुक्रबार

कर नतिर्ने राजस्वको फन्दामा पर्ने

काठमाडौ, – सरकारले ५० लाख रुपैयाँ भन्दा बढी कर तिर्न बाँकी रहेकाहरुको नाम केही दिन भित्र सार्बजनिक गर्ने तयारी गरेको छ ।लामो समयदेखि कर नतिरी बक्यौता बाँकी रहेकाहरुको सूची तयार गरिरहेको र असार महिनाभित्रै सार्बजनिक गर्ने तयारी भएको आन्तरिक राजस्व बिभागका महानिर्देशक टंकमणि शर्माले जानकारी दिए ।बिभागले केही दिनअघि ५० लाख भन्दा धेरै राजस्व बक्यौता […]

२०७० असार २१ गते, शुक्रबार

काठमाडौँ–कुलेखानी–हेटौँडा–सुरुङमार्गबारे सम्झौता

काठमाडौँ, १८ असार । नेपाल पूर्वाधार विकास कम्पनीको प्रथम परियोजना काठमाडौँ–कुलेखानी–हेटौँडा–सुरुङमार्ग निर्माणका लागि विकास कम्पनी, प्रभु फाइनान्स कम्पनी तथा प्रभु ग्रुपबीच हिजो लगानी सम्झौता गरिएको छ ।परियोजनामा प्रभु फाइनान्सले विकास कम्पनी लिमिटेडको संस्थापक सेयरमा लगानी गर्ने तथा कम्पनीको आर्थिक सङ्कलनमा समेत भूमिका निर्वाह गर्ने कम्पनीका अध्यक्ष कुशकुमार जोशीले जानकारी दिनुभयो ।फाइनान्सले परियोजनामा लगानी गर्न चाहने […]

२०७० असार १८ गते, मंगलवार

सेवा शुल्क र ब्याज घटाउ : गभर्नर

काठमाडौं – एनआइसी एसिया बैंकको आइतबार औपचारिक उद्घाटन गर्दै गभर्नर युवराज खतिवडाले प्रतिस्पर्धी बजारमा सेवा शुल्क र ब्याज दरमा सुधार हुनुपर्ने बताएका छन्। उनले बैंक तथा वित्तीय संस्थाको शुल्क र ब्याज दर अपेक्षाभन्दा अझै माथि रहेको भन्दै यसमा सुधार गर्नुपर्ने बताएका हुन्। ‘प्रतिस्पर्धी बजारमा सेवा शुल्क र ब्याजदरमा सुधार हुनुपर्छ, अहिले अपेक्षा गरिएभन्दा माथि छ,’ […]

२०७० असार १७ गते, सोमबार