अर्थ

लुम्बिनी विकास बैंकको १० लाख कित्ता ऋणपत्र बिक्री खुला

काठमाडौँ। लुम्बिनी विकास बैंकको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजदेखि बिक्री खुला भएको छ। बैंकले १० वर्ष अवधिको ‘११ प्रतिशत एलबीबीएल डिबेन्चर–२०८९’ बिक्री खुला गरेको हो। यसमा वार्षिक ११ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरमा १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र जारी गरेको हो। यसमध्ये ६ […]

२०८० जेष्ठ १६ गते, मंगलवार

एडिबीद्वारा श्रीलङ्कालाई पैतीस करोड ऋण

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले श्रीलङ्काको आर्थिक स्थायित्व तथा पुनरुत्थानका लागि ३५ करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ। बैंकले उक्त रकम ऋणस्वरुप प्रदान गर्ने निर्णय गरेको एडीबीले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।श्रीलङ्कालाई आर्थिक स्थायित्वका लागि बजेट सहयोग आवश्यक भएकाले विशेष नीतिमा आधारित भएर बैंकले ऋण रकम स्वीकृत गरेको हो। […]

२०८० जेष्ठ १६ गते, मंगलवार

आगामी आर्थिक वर्ष २०८०/०८१ कोबजेट सार्वजनिक हुँदै

काठमाडौँ । आज जेठ १५ गते, संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक व्यवस्था अनुसार आज प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको बैठक बस्छ । उक्त बैठकले आउँदो आर्थिक वर्षको बजेट झिकाउँछ, उक्त बजेट (आय व्ययको विवरण) योजना आयोगबाट अर्थ मन्त्रालय पुग्छ । अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गर्छ । […]

२०८० जेष्ठ १५ गते, सोमबार

नेकपा राप्ती ब्युरोले लघुवित्त र मिटरव्याजका विरुद्ध संघर्ष चर्काउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले लघुवित्त र मिटरव्याजका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । ब्युरोको आइतबार सम्पन्न बिशेष बैठकले सो निर्णय गरेको हो । बैठकले रुकुम पस्चिमको जिल्ला सेक्रेटरीमा हरी सी र पुर्वी रुकुमको सेक्रेटरीमा जुद्ध सीलाइ जिम्मेवारी दिने निर्णय सर्वसम्मत पारित गरेको छ ।बैठकले गाउँ , नगर , वडा र सेल […]

२०८० जेष्ठ १५ गते, सोमबार

बैंकको कर्जा लगानीमा २.९६ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्ष १० महिनाको अवधिमा वाणिज्य बैंकहरुको लगानी २.९६ प्रतिशतले बढेको छ ।गत आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म कुल ४१ खर्ब ७४ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा चालु आर्थिक वर्ष वैशाख मसान्तसम्म ४२ खर्ब ९८ अर्ब ६१ करोड प्रवाह भएको छ ।राष्ट्र बैंकले चालु आर्थिक […]

२०८० जेष्ठ १४ गते, आईतवार

तातोपानी भन्सारबाट लक्ष्यभन्दा ज्यादै कम राजस्व सङ्कलन

काठमाडौँ । तातोपानी भन्सारबाट लक्ष्यभन्दा ज्यादै कम राजस्व सङ्कलन भएको छ । तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले आर्थिक वर्ष २०७९\८० को वार्षिक लक्ष्य रु चार अर्ब ३२ करोड ९५ लाख ७५ हजार रहेकामा वैशाखसम्मको असुली रु दुई अर्ब ५४ करोड १४ लाख दुई हजार चार सय ८२ सङ्कलन भएको बताए । उनका अनुसार […]

२०८० जेष्ठ १४ गते, आईतवार

विद्युत निर्यात पुन: सुरु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात पुन: सुरु गरेको छ । प्राधिकरणले नदीमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले भारत निर्यात सुरु गरिएको जनाएको हो । प्राधिकरणले शनिबार एक सय मेगावाट विद्युत् भारत निर्यात गरेको थिर प्रि–मनसुन सुरु भएसँगै नदीमा बहाव बढेपछि उत्पादन १३ सय मेगावाटको हाराहारीमा पुगेको जनाएको छ ।अब केही दिन […]

२०८० जेष्ठ १३ गते, शनिबार

नेकपा कञ्चनपुरद्वारा लक्ष्मी लघुवित्तको कार्यालयमा तालाबन्दी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले लक्ष्मी लघुवित्तको कार्यालयमा तालाबन्दी गरेको छ । शुक्रबार जिल्लाको झलारी स्थित लक्ष्मी लघुवित्तको शाखा कार्यालयमा तालाबन्दी गरेको नेकपा कञ्चनपुरका सचिव दिवार सीले बताए । उनले जनताको ब्यापक जनदबाबपछि आफुहरुले तालाबन्दी गरेको बताए । उनले भने – “लघुवित्तका कर्मचारीहरूले अनावश्यक रुपमा जनतालाई मानसिक यातना दिने गरेको गुनासो हामीलाई आएपछि हामीले […]

२०८० जेष्ठ १३ गते, शनिबार

सार्वजनिक सवारीको भाडा घट्यो

काठमाडौँ । बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले केन्द्र सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको केही दिनपछि प्रदेशभित्र चल्ने सवारी साधनको भाडा समायोजन गर्ने निर्णय गरेको छ । यो निर्णय सँगै अब प्रदेशभरी चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९, सिटी बसमा ५.९ प्रतिशत र यात्रुवाहक बसमा ४ दशमलव १८ प्रतिशतले […]

२०८० जेष्ठ ११ गते, बिहीबार

आज सेयर कारोबार नहुने

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीबार बन्द हुने भएको छ। आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरुमा सार्वजनिक विदा भएको कारण सेयर बजार बन्द हुने भएको हो। सोही कारण नेप्से पनि बन्द हुने भएको हो। अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि बुधबार नेप्से सूचक १६.४९ अंकले […]

२०८० जेष्ठ ११ गते, बिहीबार