अर्थ

म्यादी प्रहरी भर्ना खुल्यो !

काठमाडौं । आगामी संघ र प्रदेश सभाको निर्वाचनका लागि म्यादी प्रहरीको लागि भर्ना खुलेको छ । नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको लागि भर्ना खुलाएको हो । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार […]

२०७९ भाद्र २६ गते, आईतवार

नेपालमा ६९ देशका नागरिकले काम गर्छन्, बार्षिक ८ अर्ब लैजान्छन् !

काठमाडौँ । नेपालीले विदेशमा काम गरेर पठाएको विप्रेषणबाट अर्थतन्त्रलाई ठूलो भरथेग त भइरहेकै छ तर नेपाल विप्रेषण ल्याउने मुलुकमात्र भने होइन । नेपालमै कमाएर विदेशीले बर्सेनि अर्बौं रुपियाँ पनि लगिरहेका छन् । विदेशी नागरिकले नेपालमा आम्दानी गरेर आर्थिक वर्ष २०७८/७९ मा मात्रै करिब आठ अर्ब रुपियाँ लगेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ । राष्ट्र बैङ्कका […]

२०७९ भाद्र २६ गते, आईतवार

नयाँ स्टक एक्स्चेञ्ज स्थापना गर्ने प्रस्ताव स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद् बैठकले धितोपत्र संचालन नियमावली २०६४ संशोधन गरेसँगै नयाँ स्टक एक्स्चेञ्ज स्थापना गर्ने बाटो खुलेको छ । केही दिन अघि धितोपत्र बोर्डले नयाँ स्टक एक्स्चेञ्ज स्थापना गर्न मिल्ने गरी नियमावली संशोधनका लागि गरेको प्रस्ताव अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेकोमा पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । मन्त्रिपरिषदले स्वीकृत गरेको संशोधन प्रस्ताव आज बिहीबार […]

२०७९ भाद्र २३ गते, बिहीबार

अमेरिकाबाट गाँजा पार्सल आएपछि…

काठमाडौं ।अमेरिकाबाट आउने पार्सल केही बहुमूल्य चिज होला भन्ने जो कोहीलाई पनि लाग्न सक्छ । केही नेपालीका सपनाको गन्तव्य मुलुक त्यसमाथि शक्तिमान राष्ट्र, अमेरिका । नेपाली नागरिकले त्यहाँबाट आउने उपहार नौलो र रोचक हुने अनुमान गर्नु स्वभाविक पनि हो तर त्यही मुलुकबाट गाँजा पार्सल गरी सरकारी निकाय हुलाकमा आउँछ भन्ने कुरा धेरैलाई थाहा नहुने सक्छ […]

२०७९ भाद्र २२ गते, बुधबार

अग्रिम टिकट बुकिङ १ असोजदेखि

काठमाडौं । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले यसवर्षको दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ १ असोजदेखि खोल्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेका अनुसार दशैंमा काठमाडौं छाड्ने यात्रुहरुले अग्रिम टिकट बुकिङको सुविधा लिन सक्ने छन् । महानिर्देशक पाण्डेका अनुसार यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ […]

२०७९ भाद्र २२ गते, बुधबार

म्याग्नेसाइट उद्योगको पाटपुर्जा चोरी

काठमाडौं । सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन् । नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग बन्द हुँदा प्रत्यक्ष, अप्रत्यक्षरूपमा तीन हजारभन्दा बढीको रोजगारी गुमेको छ । उद्योग सञ्चालन हुँदा तत्कालीन समयमा एक मजदुरले मासिक रु तीनदेखि चार हजारसम्म कमाउने गरेको सुनकोसी गाउँपालिका–५ का […]

२०७९ भाद्र २१ गते, मंगलवार

भदौ २६ देखि नयाँ नोट साट्न पाइने

काठमाडौं । दसैँ, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ । सर्वसाधारणलाई भने २९ गतेदेखि नयाँ नोटको सटही सुविधा दिने आन्तरिक तयारी गरिएको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिनुभयो । गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति […]

२०७९ भाद्र २० गते, सोमबार

इजाजतपत्र नलिई घरजग्गा कारोबार गरे १० लाख जरिवाना !

काठमाडौं । सरकारले घरजग्गाको कारोबार गर्नका लाग लाइसेन्स अनिवार्य गर्ने तयारी गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आइतबार प्रतिनिधिसभामा पेश गरेको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा मालपोत ऐन, २०३४ लाई संशोधन गर्दै यस्तो व्यवस्था गर्न लागिएको हो । उक्त संशोधनमा घरजग्गा सम्बन्धी कारोबार गर्न चाहने व्यक्तिले तोकिए बमोजिमका विवरण तथा […]

२०७९ भाद्र २० गते, सोमबार

सनराइज बैंकको गज्जबको मुद्दती खाता : १५ गुणासम्म प्रतिफल दिने

काठमाडौं । सनराईज बैंकले १५ गुणासम्मको प्रतिफल दिने गज्जबको मुद्दती खाता ल्याएको छ । गज्जबको मुद्दती खाता नाम दिइएको उक्त खातामा तोकिएको समयसम्म मुद्दती गरिएको रकमको ५ गुणा देखि १५ गुणा सम्मरकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ। बैंकका अनुसार १४ वर्ष ८ महिनामा मुद्दती रकम ५ गुणा हुने, २० वर्ष ११ महिनामा मुद्दती रकम […]

२०७९ भाद्र १९ गते, आईतवार

पेट्रोलियम पर्दाथको मूल्य पुन: वृद्धि

काठमाडौं । नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको छ । निगमले जारी गरेको नयाँ मूल्य अनुसार अब डिजेल र मट्टीतेल प्रतिलिटर समान १७८ रुपैयाँ पुगेको छ । अर्कोतिर, पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको छ ।भारतको इण्डियन आयल कर्पोरेसन […]

२०७९ भाद्र १७ गते, शुक्रबार