अर्थ

सुन प्रति तोला ६० हजार २ सय

काठमाडौं, ३ जेठ । बिहीवार छापावाला सुन प्रति तोला ६० हजार २ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघको अनुसार तेजावी सुन प्रति तोला ५९ हजार ९ सयमा कारोबार भएको छ । बिहिवार छापावाल सुन ६० हजार ७ सय र तेजाबी सुन ६० हजार ४ सयले करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको […]

२०७६ जेष्ठ ३ गते, शुक्रबार

२०० केजी गाँजासहित दुईजना पक्राउ

काठमाडौं, २ जेठ । सर्लाहीमा प्रहरीले २०० केजी गाँजासहित बुधबार राति दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–७ का ३७ वर्षीय सनोजराज घिमिरे र वीरगन्ज महानगरपालिका–१८, भीस्वा घर भइ लालबन्दी बस्ने २२ वर्षीय सिधु सिंह छन् । उनीहरुलाई सुराकीको आधारमा पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले जानकारी दिए । इलाका प्रहरी […]

२०७६ जेष्ठ २ गते, बिहीबार

भृकुटीमण्डपका भवन कब्जा गर्नेद्वारा भाडा तिर्न अटेर

काठमाडौं, २ जेठ । समाज कल्याण परिषद्ले काठमाडौंको भृकुटीमण्डप क्षेत्रभित्र कार्यालय सञ्चालन गर्ने विभिन्न संघ–संस्थाले पटक–पटक ताकेता गर्दा पनि बक्यौता चुक्ता गर्न नमानेपछि कानूनी निरुपण खोज्ने तयारी गरेको छ । ४१ भन्दा बढी व्यापारी तथा संघ–संस्थाले परिषद्लाई करिब ५ करोड रुपैयाँ तिर्न बाँकी छ । अधिकांशले क्षमता हुँदा–हुँदै पनि राजनीतिक संरक्षणमा अटेरी गरेर बक्यौता नतिरेको […]

२०७६ जेष्ठ २ गते, बिहीबार

विद्यालयको जग्गा व्यक्तिको कब्जामा

काठमाडौँ, १ जेठ । वेलहिया माध्यामिक विद्यालयको सरकारी जग्गा हडपिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ वेलहियामा २०५३ सालमा स्थापित उक्त विद्यालयको १२ कठ्ठा ४ धुर जग्गा भूमाफियाले हडपेका हुन् । विद्यालयको जग्गा सिद्धार्थ नगरपालिका वडा नं. ३ वस्ने ज्ञानीश्वरी श्रेष्ठको नाममा रजिष्टे«शन पास गराइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र क्षेत्रीले जानकारी दिए […]

२०७६ जेष्ठ १ गते, बुधबार

सुनको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं, ३१ वैशाख । नेपाल सुन चादी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य तोलामा एक हजारले बढेर प्रतितोला ६१ हजार रुपैयामा कारोबार भएको जनाएको छ । सोमबार छापावाल सुन प्रति तोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने अघिल्लो दिन आइतबार पनि सोहि मुल्यमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन तोलामा ६० हजार […]

२०७६ बैशाख ३१ गते, मंगलवार

हावाहुरीबाट २ करोड रुपैयाँभन्दा बढीको क्षति

काठमाडौं, ३१ बैशाख । संखुवासभामा बर्षासँगै आएको हावाहुरीले धर्मदेवी नगरपालिकाका ११ घर भत्काएको छ । हावाहुरीका कारण २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताइएको छ । धर्मदेवी–३ तामाफोकका ओम जिमी, मछेम जिमी, कविन जिमी, योगेन्द्र जिमी र सूर्यमान जिमीको घर पूर्णरुपमा क्षति भएका छन् भने अन्य ६ घरमा आंशिक क्षति भएको नगरप्रमुख रमेश जिमीले जानकारी […]

२०७६ बैशाख ३१ गते, मंगलवार

एउटै बोकाको मूल्य साढे ४ लाख !

काठमाडौं , २६ बैशाख । धेरै नेपालीले बाख्रा पाल्छन् । बाख्राको मूल्य कति पर्छ भन्ने मोटामोटी अनुमान सबैलाई हुन्छ । तर, झापाको एक गाउँमा बाख्राको पाठाकै मूल्य पनि गाईभैँसी वा घोडाको भन्दा वढी छ भन्दा पत्याउन गोह्रो पर्छ । झापा हल्दिबारी गाउँपालिका–१ गोलधापका गणेश पराजुलीले एउटा बाख्राको पाठा ४ लाख रुपैयाँसम्ममा बिक्री गर्छन् । बोयर […]

२०७६ बैशाख २६ गते, बिहीबार

६१ करोड भ्रष्टाचार गर्ने लेखापालविरुद्ध मुद्दा

काठमाडौं , २४ बैशाख । यातायात व्यवस्था कार्यालय कोसीका तत्कालीन लेखापाल सुरेश अधिकारीविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध पाँच करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ बिगो दाबी गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अधिकारीले चार श्रीमतीका नाममा सम्पत्ति राखेको अनुसन्धानमा खुलेको […]

२०७६ बैशाख २४ गते, मंगलवार

३० तोला सुनसहित विमानस्थलका कर्मचारी पक्राउ

काठमाडौं,२३ बैशाख । महानगरीय प्रहरी परिसर काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन ल्याउन सहयोग गरेको आरोपमा वायुसेवा निगमका एक कर्मचारी पक्राउ परेका छन् । सेटिङमा अवैध सुन ल्याएको आरोपमा वायु सेवा निगमका कर्मचारी रञ्जित कुमार यादवलाई आइतबार राती पक्राउ गरेको हो । पक्राउ परेका यादवको साथबाट प्रहरीले १०/१० तोलाको ३ वटा बिस्कुट आकारको सुन बरामद […]

२०७६ बैशाख २३ गते, सोमबार

नेपाल र ओमनबीच श्रम सम्झौता हुदै

काठमाडौं, २१ वैशाख । नेपाल र ओमान सरकारका प्रतिनिधि बीच अघिबाटामा बसेको बैठकले दुइ देशबीचको श्रम सम्झौकाे मस्याैदामा हस्ताक्षर गर्ने सहमति जुटाएकाे छ । बिहिबार र शुक्रबार दुई दिन भएको छलफलले ओमान जाँदा नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले नै ब्यहोर्ने, कामदार कार्यस्थलमा रहँदाको सुरक्षा र न्यायमा सहज गर्ने लगायतका पहुँचविषयमा सहमति जुटेको श्रम, रोजगार तथा […]

२०७६ बैशाख २१ गते, शनिबार