अर्थ

कर नतिर्नेलाई फोहोर उपहार !

काठमाडौ, ९ बैशाख । वीरगन्ज उपमहानगरपालिकाले कर नतिर्ने करदातालाई उपहार पठाउन थालेको छ । उपमहानगरपालिकाले कर नतिर्ने करदातालाई फोहोर उपहार पठाउन थालेको हो । वर्षौदेखि उपमहानगरपालिकाको घरजग्गालगायतका कर बक्यौता राख्ने ठूला करदाताको गेट अगाडि फोहोर थुपारेर साङ्केतिक विरोधको अभियान उपमहानगरपालिकाले थालेको हो । सोही क्रममा बुधबार वीरगन्जको श्रीपुरमा रहेको कृषि सामाग्री कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालयको […]

२०७३ बैशाख ९ गते, बिहीबार

मिटरमा नहिँड्ने ट्याक्सी कारबाहीमा

काठमाडौँ, ८ वैशाख । ट्याक्सीमा हिँड्न खोजिरहनुभएको छ र ट्याक्सी चालकले मिटरमा जान मानेको छैन भने तुरुन्त १०० वा १०३ मा ट्राफिक प्रहरीलाई फोन गर्नुहोस् । भूकम्प र नाकाबन्दीमा आफूखुसी भाडा उठाउने र मिटरमा जान नमान्ने ट्याक्सी चालकलाई मङ्गलबारदेखि ट्राफिक प्रहरीले विशेष अभियान थालनी गरी कारबाही थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्गलबार मिटरमा […]

२०७३ बैशाख ८ गते, बुधबार

एक वर्षमा ३ करोड लिटर तेल गायब

काठमाडौ, ८ बैशाख । नेपाल आयल निगमले गत आर्थिक वर्ष ०७१/७२ मा खरिद गरेभन्दा करिब तीन करोड लिटर तेल कम बिक्री गरेको छ। तापक्रम र प्रशासनिक चुहावटका कारण इन्धन नोक्सानी भएकाले कम परिमाण बिक्री भएको निगमको दाबी छ। ०७१/७२ को अडिट रिपोर्ट अनुसार निगमले एक अर्ब ६२ करोड ८५ लाख ४३ हजार लिटर इन्धन इन्डियन […]

२०७३ बैशाख ८ गते, बुधबार

सोलु करिडोरमा उजुरीको चाङ, प्राधिकरण हर्जनामा फस्दै

काठमाडौँ, ७ वैशाख । नेपाल विद्युत् प्राधिकरणले वस्तुनिष्ठ निर्णय नगर्दा सोलु करिडोर प्रसारण लाइन तोकिएको समयमा पूरा नहुने भएको छ । प्रसारण लाइन सम्पन्न हुन नसक्दा आगामी २०७५ सालपछि प्राधिकरणले रु एक अर्ब ३८ करोड हर्जना तिर्नुपर्ने अवस्था छ । प्राधिकरण सञ्चालक समितिको गत भदौ ४ को बैठकले रु २७ करोड बढी बोलकबोल गर्ने मोहन […]

२०७३ बैशाख ७ गते, मंगलवार

पेट्रोल लुकाउने पम्प कारबाहीमा

काठमाडौ, ७ बैशाख । चितवनमा पेट्रोल सकियो भनेर लुकाउने दुईवटा पम्प कारबाहीमा परेका छन् । अन्य जिल्लामा पेट्रोल सहज भए पनि चितवनमा अझै सहज हुन नसकेपछि प्रहरीले सोमबार विभिन्न पम्पमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा भरतपुरमा रहेको अवतार पेट्रोल पम्पले उपभोक्तालाई भने सकियो भनेर लुकाइराखेको २२७ लिटर पेट्रोल बरामद गरेको चितवनका प्रहरी उपरीक्षक वसन्त […]

२०७३ बैशाख ७ गते, मंगलवार

सुन तस्कर प्रहरीको फन्दामा

काठमाडौँ, ६ वैशाख । भारतबाट अबैध रुपमा नेपाल ल्याउँदै गरेको पाँच किलो चाँदी र २० तोला सुनसहित एक जना पक्राउ परेका छन् । प्रहरीले सप्तरीको राजविराज रुपनीमोडबाट भारत कोलकता बस्ने महोमद मोहिम अक्तरलाई पक्राउ गरेको प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए । पक्राउ परेका मोहिमलाई थप अनुसन्धानका लागि सप्तरीको भन्सार कार्यालयमा बुझाइएको छ ।

२०७३ बैशाख ६ गते, सोमबार

चिनियाँ जहाजले निगम डुबाउँदै

काठमाडौं, ६ वैशाख । चिनियाँ जहाज आएपछि बजार हिस्सा बढ्ने र प्रशस्त नाफा कमाउने सपना देखेको राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमलाई अहिले आएर ती जहाज ‘घाँडो’ भएका छन् । चार थान खरिद गर्दा दुईटा सित्तैमा पाइने चिनियाँ स्किमअनुसार पहिलो खेपमा ल्याइएका दुई जहाजमध्ये एउटा ६ महिना र अर्को एक सातादेखि थन्किरहेका छन् । सित्तैको ललिपप’ […]

२०७३ बैशाख ६ गते, सोमबार

नयाँ शक्तिद्वारा एनसेल बहिस्कार गर्ने चेतावनी

काठमाडौं, ५ वैशाख । नयाँ शक्ति नेपालले एनसेल बहिस्कार गर्ने चेतावनी दिएको छ । आज ठूला करदाता कार्यालय हरिहर भवनका प्रमुख कार्यकारी कर अधिकृत शोभाकान्त पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै नयाँ शक्तिले यस्तो चेतावनी दिएको हो । एनसेल स्वामित्व हस्तान्तरणका क्रममा भएको कर छलीप्रति चासो दिँदै कानुनबमोजिम कर नतिरेमा देशव्यापीरुपमा ‘एनसेल’ बहिस्कार गर्ने चेतावनी दिएको हो । […]

२०७३ बैशाख ५ गते, आईतवार

अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती माग

काठमाडौ, ४ बैशाख । अपहरणमा परेको नाटक गरेर विदेशमा बस्ने बाबुसँग पाँच लाख माग गर्ने एक युवा पक्राउ परेका छन् । सिरहा घर भई विराटनगरमा बसेर सिभिल इन्जिनियरिङ पढ्दै गरेका १९ वर्षीय कृष्णकुमार साफी बाबुसँग फिरौती माग गरेको आरोपमा पक्राउ परेका हुन् । विराटनगरको एक गेस्टहाउसमा बसेर वैदेशिक रोजगारीमा रहेका बाबुसँग उनले फिरौती रकम माग […]

२०७३ बैशाख ४ गते, शनिबार

बराह ज्वेलरीद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

काठमाण्डौं । बराहा ज्वेलरी ईन्डस्ट्रिज प्रालिले नयाँ वर्ष २०७३ सालको उपलक्षमा आफ्ना कर्मचारी ,ग्राहक तथा शुभचिन्तकलाई शुभकामना व्यक्त गरेको छ । राजधानीको र्याडिसन होटलमा बिशेष शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी बराहा ज्वेलरी ईन्डस्ट्रिज प्रालिले रात्रि भोजको समेत आयोजना गरेको थियो । कार्यक्रममा वाणिज्य विभागका महानिर्देशक शम्भु कोईराला , संविधान विद् डा. भिमार्जुन आचार्य , […]

२०७३ बैशाख ३ गते, शुक्रबार