अर्थ

माथिल्लो कर्णालीमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

काठमाडौं – माथिल्लो कर्णाली जलविद्युत आयोजनामा उत्पादनको सर्वेक्षण अनुमति दिँदादेखि आयोजना विकास सम्झौता (पिडिए) गर्दासम्म भ्रष्टाचार भएको भन्दै छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।कर्णाली जलाधार संरक्षण समाजले शुक्रबार माथिल्लो कर्णाली जलविद्युत आयोजनामा सुरुमा उत्पादनको सर्वेक्षण अनुमति दिँदा तोकिएको क्षेत्र हेरफेर गरेर भ्रष्टाचार गरिएको भन्दै अख्तियारमा उजुरी दर्ता गरेको हो ।समाजले […]

२०७१ मंसिर २६ गते, शुक्रबार

अर्घाखाँची सिमेन्टद्धारा उत्पादन सुरु

काठमाडौँ । भैरहवास्थित मैनहियामा स्थापित अर्घाखाँची सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन सुरु गरेको छ । स्वदेशी तथा विदेशी लगानीकर्ताको संयुक्त लगानीमा स्थापित सिमेन्ट उद्योगले नेपाल गुणस्तर (एनएस) चिन्ह प्राप्त गरेलगत्तै व्यवसायिक रुपमा बिक्री गर्नेछ । करिब ३ अर्ब रुपैयाँको लगानी रहेको उद्योगमा स्वदेशी लगानीकर्ताको साढे ८२ प्रतिशत र विदेशी लगानीकर्ताको साढे १७ प्रतिशत लगानी रहेको छ […]

२०७१ मंसिर २४ गते, बुधबार

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदैं

काठमाडौं । भ्रष्टाचारको जालोलाई तोडौ भन्ने नाराका साथ आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । भ्रष्टाचार विरुद्ध जनचेतना जगाउन साथै भ्रष्टाचार न्युनीकरणका लागि संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००५ देखि यो दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचार सभ्य समाज निर्माणको बाधक भएकाले सरकार देशमा सुशासन प्रबद्र्धन गर्ने कार्यलाई प्राथमिकतामा […]

२०७१ मंसिर २३ गते, मंगलवार

कपिलवस्तुमा यातायात सिन्डिकेट हटने

काठमाडौं । सर्वसुलभ रुपमा यातायातलाई प्रभावकारी रुपमा संचालन गर्न कपिलवस्तुमा सिन्डिकेट प्रथा (आलोपाले) हटाउने निर्णय गरिएको छ । जिल्ला यातायात ब्यवस्थापन समितिले सार्बजनिक यातायात निर्बाधरुपले संचालन गर्नका लागि सिन्डिकेट प्रणाली अन्त्य गर्ने निर्णय गरेको हो । तौलिहवा स्थित प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहको अध्यक्षतामा भएको समितिले निर्णय गर्दै जिल्ला भित्रका सडकहरुमा नियमानुसार […]

२०७१ मंसिर १९ गते, शुक्रबार

उकालो लाग्यो सुनको भाउ

काठमाडौं । लगातार घट्ने सम्भावना देखिएको सुनको भाउ एक्कासी बढ्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढ्न थालेसंगै भाउ बढ्न थालेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेर सुन प्रतिऔंस ११ सय डलरमा झर्ने अनुमान गरिएपनि हिजो बढेर १२ सय ३ डलर पुगेको छ । यसले गर्दा नेपाली बजारमा […]

२०७१ मंसिर १७ गते, बुधबार

खुल्यो रसुवागढी नाका

काठमाडौँ । नेपाल–चीनबीच व्यापारिक नाकाको रुपमा रहेको रसुवागढी नाका आज मंसिर १५ देखि औपचारिकरुपमा खुला हुँदैछ ।आज औपचारिक कार्यक्रम गरी नेपाल–चीनबीचको दोस्रो व्यापारिक नाका खुला हुन लागेको हो । अहिले नेपालले तातोपानी नाकाबाट मात्र चीनसँग सामान आयात÷निर्यात गर्दै आएको छ । नाका खुला भएसँगै व्यापारीहरुले नेपाली र चिनियाँ वस्तु आयात÷निर्यात गर्न पाउँछन् । नेपालको तर्फबाट […]

२०७१ मंसिर १५ गते, सोमबार

नयाँ नगरपालिकालाई बजेट अभाव

काठमाडौँ । यस वर्षगठन भएका ७२ नयाँ नगरपालिकाले न्यूनतम र्सत तथा कार्यसम्पादन मापन -एमसीपीएम) को थप पुँजीगत बजेट नपाउने भएका छन् । नगरपालिकामा गाभिएका गाविसहरूले न्यूनतम र्सत -एमसी) उत्तीण गरे पनि थप बजेट नपाउने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । गाविसहरू गाभिएर नगरपालिका गठन गरेपछि तत्काल बजेट दिन नसकिने मन्त्रालयका सहसचिव गोपी […]

२०७१ मंसिर १३ गते, शनिबार

अदालतको जरिवाना असुली अभियान निस्प्रभाबी

काठमाडौं । सर्वोच्च अदालतको अन्तिम फैसलाबाट राज्यकोषमा जम्मा हुनुपर्ने करिब सवा आठ अर्ब रुपैयाँ राजस्व उठ्न बाँकी छ । फैसला कार्यान्वयन निर्देशनालयले जरिवाना असुल गर्न अभियान चलाए पनि प्रभावकारी हुन सकेको छैन् ।मुलुकभर आठ अर्ब २६ करोड १५ लाख ३० हजार तीन सय २० रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको सर्वोच्चले जनाएको छ । यसमध्ये […]

२०७१ मंसिर १२ गते, शुक्रबार

नेपालमा एक हजार र ५ सय भारु खुला

काठमाडौ, १० मंसिर।भारत सरकारले १४ वर्षअगाडि प्रतिबन्ध लगाएको एक हजार र ५ सय सयका भारु नोट नेपालमा खुला गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक हजार र ५ सय भारु नोटको प्रतिबन्ध फुकुवा भएको घोषणा गरे । भारतले १५ हजार भारुसम्म बोक्न पाउने गरी एक हजार र ५ सय भारुमा लागेको प्रतिबन्ध हटाएको हो […]

२०७१ मंसिर १० गते, बुधबार

काठमाडौँ–दिल्ली सीधा बस सेवा सुरु हुदै

काठमाडौँ, ९ मङ्सिर । आजदेखि सरकारीस्तरमा नेपालको काठमाडौँ र भारतको नयाँदिल्ली सीधा बस सेवा सञ्चालनमा अाउने भएको छ । सिंहदरबारमा आज अपराह्न प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नदरेन्द्र मोदीले बस सेवाको उदघाटन गर्नेछन् । उदघाटनलगत्तै आजै साँझ पाँच बजे दिल्लीका लागि बस छुट्नेछ । यसअघि निजी क्षेत्रबाट मात्र काठमाण्डु–दिल्ली बस सेवा सञ्चालनमा थियो । […]

२०७१ मंसिर ९ गते, मंगलवार