स्वास्थ्य / शिक्षा

पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी

काठमाडौं, ११ फागुन । नेपाल पत्रकार महासंघका पाँचथर सभापति लवदेब ढुंगाना र इलामका सदस्य प्रेम अधिकारीले आज विहान देखि पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी आमरण अनशनमा बसेका छन । महासंघले विधि, विधान र प्रक्रिया विपरित राजनीतिक भागबन्डाका आधारमा सदस्यता वितरण तत्काल रोक्न माग गर्दै उनीहरुले आमरण अनशन सुरु गरेका हुन् । पछिल्ला दिनहरुमा पत्रकार […]

२०७३ फाल्गुन ११ गते, बुधबार

विजयपुर अस्पतालमा तोडफोड

काठमाडौ , १० फागुन । धरानको विजयपुर अस्पतालमा तोडफोड भएको छ । चिकित्सकको लापरबाहीले एपेन्डिसाइटिसको बिरामीको मृत्यु भएको भन्दै आक्रोसित आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । पेट दुखेपछि धरान–१७ रेल्वेबाट आफैं मोटरसाइकल चलाएर उपचारका लागि आएका ३० वर्षीय अमित जोशीको शल्यक्रियापछि आज बिहान २ बजे मृत्यु भएको थियो । बिरामीको मृत्युपछि आफन्तले विजयपुर अस्पताल तोडफोड […]

२०७३ फाल्गुन १० गते, मंगलवार

प्याब्सनको महाधिवेशन फागुन ९ देखि

काठमाडौँ, ७ फागुन । संस्थागत विद्यालयका सञ्चालकको छाता सङ्गठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १३औँ राष्ट्रिय महाधिवेशन फागुन ९ र १० गते राजधानीमा आयोजना हुने भएको छ । महाधिवेशनले ६८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । विगतमा तीन वर्षको कार्यकाल हुने गरेकामा अब दुई वर्षको बनाइएको छ । यस पटकबाट प्रादेशिक कमिटीसमेत गठन […]

२०७३ फाल्गुन ७ गते, शनिबार

स्ववियु निर्वाचनको प्रक्रिया फागुन ११ गतेदेखि

काठमाडौं, ७ फागुन । त्रिविले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । स्ववियु निर्वाचनको मिति सारिएपछि नयाँ कार्यतालिका सार्वजनिक गरिएको त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी गराए । यही फागुन १४ गते हुने भनिएको निर्वाचन फागुन १८ गते सारिएपछि त्रिविले निर्वाचनका लागि पुनः नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । उनले अब नयाँ […]

२०७३ फाल्गुन ७ गते, शनिबार

स्वास्थ्यकर्मी आन्दोलनले खोप कार्यक्रम प्रभावित

काठमाडौं, ६ फागुन । ऐन कार्यान्वयनको माग राखी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेपछि धनुषालगायत देशभरि हात्तीपाइलेको औषधि खुवाउने तथा पोलियोलगायतका राष्ट्रिय खोप कार्यक्रम प्रभावित छन् । आन्दोलनका कारण धनुषा जिल्लामा सयौँ बालबालिका खोपबाट वञ्चित भएका छन् । आन्दोलनले ग्रामीण क्षेत्रका सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । स्वास्थ्यकर्मी सदरमुकाम जनकपुरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा फागुन १ गतेदेखि धर्नामा […]

२०७३ फाल्गुन ६ गते, शुक्रबार

इपीएस परीक्षाको फारम चैत ९ गतेदेखि खुला गर्न प्रस्ताव

काठमाडौं, ५ फागुन । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको फारम चैत ९ गतेदेखि खुला गर्न प्रस्ताव नेपालले अघि सारेको छ । चैत ९ देखि १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्न कोरियाको मानव संशाधन विभागलाई प्रस्ताव पठाइएको इपीएस कोरिया शाखाले जानाएको छ । शाखाका अनुसार यो पटकबाट अनलाइनबाटै […]

२०७३ फाल्गुन ५ गते, बिहीबार

नातिसंगै ‘कखरा’ सिक्दै !

काठमाडौं, ३ फागुन । “मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन” भन्ने उदाहरण संक्रान्तिबजार–९, पुरानागाउँकी ४४ वर्षीया सानुमाया नेपाली बन्नुभएको छ । पढ्ने उमेरमा विद्यालय टेक्न समेत नपाएपछि सानुमाया अहिले पाँच वर्षीय नातिसँगै कखरा सिक्दै हुनुहुन्छ । एक वर्षअघि यहाँको पुरानागाउँ आधारभूत विद्यालयमा भर्ना भएकी सानुमाया अहिले नाति वसन्तसँगै कक्षा १ मा पढ्दै हुनुहुन्छ । उहाँ […]

२०७३ फाल्गुन ३ गते, मंगलवार

भरतपुर अस्पतालमा तनाव

काठमाडौँ, २९ माघ । चितवनको भरतपुर अस्पतालमा एक सुत्केरी महिलाको मृत्युको विषयमा शनिबार अस्पतालमा तनाव सिर्जना भएको छ । अस्पतालको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै पीडित परिवारले प्रदर्शन गरेपछि तनाव सिर्जना भएको हो । अहिले सो विषयमा छलफल भइरहेको छ । सम्भावित घटना हुनसक्ने भन्दै अस्पतालमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दीपक थापाले बताए । […]

२०७३ माघ २९ गते, शनिबार

आमाबाबुको गल्तीले छोराछोरीलाई सास्ती

काठमाडौं, २९ माघ । भनिन्छ सन्तानको सबभन्दा ठूलो खुशी आमा हो र त्यसपछि बाबु । तर, तिनै आमाबाबुले गरेको गल्तीको सजाय भोग्दैछन् धादिङका पाँच बालबालिका । तोते बोल्न सिक्ने उमेका उनीहरु जेलभित्रको उकुसमुकुमा दैनिकी विताइरहेका छ । न सभ्य बोली सुन्न पाउँछन् न कखरा सिक्न । उनीहरुको दिन हथकडीले बाँधिएका हात हेरेर वित्छ । सल्यानटार–१ […]

२०७३ माघ २९ गते, शनिबार

देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा

काठमाडौं, २८ माघ । स्वास्थ्य ऐन कार्यान्वयनको माग गर्दै देशभरका स्वास्थ्यकर्मीले तीन दिनदेखि आन्दोलन गर्दै आएका छन् । स्वास्थ्य ऐन कार्यान्वयन तथा व्यवस्थापनमा ढिलासुस्ती गरिएको भन्दै स्वास्थ्यकर्मी स्वास्थ्य मन्त्रालयलाई दबाब लिनका लागि आन्दोलनमा उत्रेका हुन् । स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) कार्यान्वयन गराउन स्वास्थ्य सेवामा क्रियाशील ट्रेड युनियनहरु संयुक्त समन्वय समितिमार्फत् दबाबमूलक कार्यक्रम गर्दै […]

२०७३ माघ २८ गते, शुक्रबार