स्वास्थ्य / शिक्षा

प्रदूषणका कारण ११ . ६ प्रतिशतको मृत्यु

काठमाडौं, २५ माघ । वार्षिक रुपमा विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्यामध्ये ६५ लाख वायु प्रदूषणका कारण हुने गरेको छ । प्रदूषणकै कारण मृत्यु हुने कुल जनसङ्ख्याको ११ दशमलव ६ प्रतिशत रहने गरेको देखिएको छ । वार्षिक रुपमा संसारभरि पाँच करोड ६० लाख ३४ हजार ४८३ जनाको मानिसको मृत्यु हुने गरेको पाइएको छ । नेपालजस्ता विकासोन्मुख […]

२०७३ माघ २५ गते, मंगलवार

मध्य चैतसम्म सबैतिर पाठ्यपुस्तक पुर्याउने दाबी

काठमाडौं, २४ माघ । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले आगामी चैत १५ गतेसम्म सबैतिर पाठ्यपुस्तक पुर्‍याइसक्ने दाबी गरेका छन् । उनले ९३ लाख पुस्तक छापी सकिएको र १२ लाख पुस्तक छपाइ प्रक्रियामा रहेको बताए । कर्णाली अञ्चलका तीन जिल्ला तथा मनाङ र मुस्ताङमा पहिलो चरणमा पुस्तक पुर्‍याउने र बाँकी जिल्लामा चैत १५ सम्ममा पुर्‍याइसक्ने उनले […]

२०७३ माघ २४ गते, सोमबार

बृहत् शैक्षिक प्रदर्शनी माघ २५ देखि

काठमाडौं, २४ माघ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च माध्यामिक विद्यालयमा बृहत् शैक्षिक एवम् विज्ञान प्रदर्शनी हुने भएको छ । ख्वप कलेजमा आइतबार आयोजना गरिएको पत्रकारसम्मेलनमा कलेजका प्राचार्य एवम् प्रदर्शनीका संयोजक रुपक जोशीले माघ २५ देखि हुने तीनदिने प्रदर्शनीमा भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेका विभिन्न विद्यालयका विद्यार्थीलाई प्रत्यक्ष लाभ मिल्ने गरी विभिन्न सङ्कायको पाठ्यक्रममा आधारित […]

२०७३ माघ २४ गते, सोमबार

४८ घन्टाभित्र पढाई सञ्चालन नगरे आमरण अनशन

काठमाडौं,२३ माघ । काठमाडौं विश्वविद्यालय (केयू)का विद्यार्थीले ४८ घन्टाभित्र पढाइ सञ्चालन गर्न अल्टिमेटम दिएका छन् । उनीहरुले ४८ घन्टाभित्र पढाइ सञ्चालन नभए आमरण अनशन बस्ने चेतावनीसमेत दिएका छन् । उपकुलपति रामकण्ठ माकजूले भेट्न नचाहेपछि उनका स्वकिय सचिवलाई अल्टिमेटम पत्र बुझाएको इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङ तेस्रो वर्षका विद्यार्थी राञ्जय वैद्यले जानकारी दिए । ‘१५ दिनदेखि कक्षा […]

२०७३ माघ २३ गते, आईतवार

कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं, २३ माघ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते सञ्चालन गरेको कक्षा ११ को मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले परीक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उतीर्ण भएको जानकारी दिए । परीक्षामा कुल ५३ हजार ५०७ जना परीक्षार्थी सहभागि भएकोमा ४६ हजार १४३ जना परीक्षार्थी […]

२०७३ माघ २३ गते, आईतवार

क्यान्सरका कारण प्रत्येक वर्ष १५ हजार नेपालीको मृत्यु

काठमाडौं, २२ माघ । सन् २०२५ सम्म विश्वभरि एक करोड ९३ लाख क्यान्सरका बिरामी हुनसक्ने एक तथ्याङ्कले देखाएको छ । उक्त बिरामीका सङ्ख्यामध्ये प्रत्येक वर्ष ५६ प्रतिशतका दरले मृत्यु हुनेसमेत विभिन्न अध्ययन अनुसन्धानबाट देखिएका छन् । विश्वभरिबाट वार्षिक ८२ लाख क्यान्सर बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क छ । नेपालमा मात्र हरेक वर्ष १५ हजार मानिस […]

२०७३ माघ २२ गते, शनिबार

आज विश्व क्यान्सर दिवश

काठमाण्डौ ,२२ माघ । आज फेब्रुअरी ४ , विश्व क्यान्सर दिवस । क्यान्सर रोगविरुद्ध सचेतना जगाउने उदेश्यले हरेक वर्ष फेब्रुअरी ४ मा ‘विश्व क्यान्सर दिवस’ मनाउने गरिन्छ । “म सक्छु , हामि सक्छौ” भन्ने नाराका साथ नेपालमा पनि बिभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाईदैछ । नेपाल अर्बुद रोग निवारण संस्था, नेपाल क्यान्सर अस्पताल लगायतका विभिन्न सङ्घसंस्थाले […]

२०७३ माघ २२ गते, शनिबार

अल्का अस्पतालको हर्कतलाई किन नजरअन्दाज ?

काठमाडौं, २१ माघ । अल्का अस्पतालले पटक पटक लापरवाही गरेर कयौ बिरामीको ज्यान लिएको अस्पतालमा उपचार गर्न पुगेका एक बिरामीले बताएका छन । नाम चलेको अस्पतालमा उपचार गर्न पाए सन्चो भन्ने हुन्छ कि भन्ने सोचेर आयो तर यहाका डाक्टरको शैली हेर्दा अकालमा ज्यान जाला जस्तो देखियो अब आफु यो अस्पतालमा फर्केर कुनै हालतमा नआउने र […]

२०७३ माघ २१ गते, शुक्रबार

सीता बचाउ अभियानमा ४० लाख

काठमाडौं, २० माघ । म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्त क्यान्सरबाट पीडित सीता (कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारार्थ करिब रु ४० लाख सहयोग जुटेको छ । बोनम्यारो र रक्तक्यान्सरको उपचारमा लाखौँ रुपैयाँ आवश्यक पर्ने भएपछि स्वदेश तथा विदेशमा रहेका म्याग्देली र नेपालीबाट उक्त आर्थिक सहयोग संकलन भएको हो । सीता बचाउ अभियानका सदस्य हरि भण्डारीले क्षेत्रीको […]

२०७३ माघ २० गते, बिहीबार

भूतपूर्व सैनिक सम्मेलन हुदै

काठमाडौँ, २० माघ । भूतपूर्व सैनिक सम्मेलन धनगढीस्थित तेघारी ब्यारेकमा शुक्रबार हुने भएको छ । सम्मेलनमा सुदूरपश्चिम क्षेत्रका नौ जिल्लाका करिब दुई हजारको सङ्ख्यामा भूपू सेनाका एकल महिला र आश्रित परिवारले भाग लिने नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले कल्याणकारी योजनालाई भूपू सैनिक र तिनका आश्रित परिवारको घरदैलोसम्म पु¥याएर सेवालाई प्रभावकारी तुल्याउन पाँचवटै विकास […]

२०७३ माघ २० गते, बिहीबार