स्वास्थ्य / शिक्षा

नयाँ शैक्षिक सत्र सुरु

काठमाडौँ । कोरोना महामारीकै बीच आजदेखि विद्यालय तहको नयाँ भर्ना र शैक्षिक सत्र हुन लागेको छ । परीक्षाहरु सञ्चालन गर्न नपाएपनि देशैभरका विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनद्वारा नतिजा प्रकाशन गरिसकिएको र आजबाट नयाँ भर्ना सुरु हुने बताइएको छ । कक्षा १० सम्मका विद्यार्थीको लागि मात्रै नयाँ शैक्षिक सत्र सुरु गरिन लागेको हो । कक्षा १० को […]

२०७८ असार १ गते, मंगलवार

एसइईको नतिजा साउन दोस्रो साता !

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन दोस्रो साता आउने बताएको छ । त्यसका लागि विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ ।बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक […]

२०७८ जेष्ठ ३१ गते, सोमबार

आज विश्व रक्तदाता दिवस

काठमाडौं । आज जून १४ अर्थात विश्व रक्तदाता दिवस । सन् २००४ बाट मनाउन शुरु गरिएको यो दिवसमा स्वच्छ रगतको उपलब्धता, स्वयंसेवी रक्तदाताहरूको महत्व र रगतजन्य अन्य जीवन रक्षा गर्ने तत्वहरूबारे सचेतना फैलाइन्छ, । यस बर्षको विश्व रक्तदाता दिवसको नारा भने ‘विश्वलाई रगत दान गरौं र हरेकको धड्कन कायम गरौंँ’ तय भएको छ ।

२०७८ जेष्ठ ३१ गते, सोमबार

अखिल क्रान्तिकारी कास्कीद्वारा स्वास्थ्य सामग्री बितरण

काठमाडौं । अखिल क्रान्तिकारी कास्कीले स्वास्थ्य सामग्री बितरण गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले पोखरा – ९ रामबजारमा रहेको एसओएस बालगृहमा स्वास्थ्य सामग्री बितरण गरेको हो ।अखिल क्रान्तिकारी केन्द्रीय सदस्य प्रकास बास्तोला, कास्की जिल्ला अध्यक्ष पुरन पुन, उपाध्यक्ष कमलाको उपस्थितिमा कोभिडको माहामारीलाई ख्यालमा राख्दै माक्स, सेनिटाईजर, साबन बितरण गरिएको बताएको छ ।कोभिडको माहामारीले […]

२०७८ जेष्ठ ३० गते, आईतवार

‘डिजाइन काठमाडौं कन्टेस्ट’ सम्पन्न

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)सँगको सहकार्यमा रिभोसाइन्स मिडियाले आयोजना भएको कक्षा १०, ११ र १२ को विद्यार्थीहरुका लागि लक्षित गरिएको ‘डिजाइन काठमाडौं कन्टेस्ट’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा देशभरबाट ५७ समूहले आफ्नो लिखित प्रस्तुति पेश गरेका थिए । देशभरबाट कूल ११६ जना विद्धार्थी सहभागी भएको थियो । सहभागी मध्यबाट कक्षा […]

२०७८ जेष्ठ २९ गते, शनिबार

अखिल (क्रान्तिकारी) द्वारा माल्कोटमा आयोजित कोरोना नियन्त्रण शिविर सम्पन्न

काठमाडौँ । कोरोना महामारीवाट आतंकित जनताको सेवाको लागि कालिकोट पुगेको अखिल (क्रान्तिकारी) केन्द्रिय समितको टोलीले माल्कोटमा कोरोना नियन्त्रण शिविर समापन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बि क को नेतृत्वमा स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीसहितको टोली कालिकोटको माल्कोट पुगेर स्वास्थ्य शिबिर संचालन गरेका थिए । शिविरमा ३०० भन्दा बढी विरामीहरूलाई उपचार […]

२०७८ जेष्ठ २९ गते, शनिबार

अखिल (क्रान्तिकारी) द्वारा कालिकोटको माल्कोटमा स्वास्थ्य शिबिर संचालन

काठमाडौँ । अखिल (क्रान्तिकारी) केन्द्रिय समितको टोली कोरोना महामारीवाट आतंकित जनताको सेवाको लागि कालिकोट पुगेको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बि क को नेतृत्वमा स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीसहितको टोली कालिकोटको माल्कोट पुगेर स्वास्थ्य शिबिर संचालन गरिरहेको समाचार प्राप्त भएको छ। उक्त शिविरमा आज ३७ जनाको एन्टिजिन परिक्षण गर्दा ७ जनामा कोरोना […]

२०७८ जेष्ठ २७ गते, बिहीबार

स्वास्थ्य मन्त्रालयद्वारा अस्पतालले लिइरहेको शुल्कको अनुगमन गर्न आग्रह

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितका लागि अस्पतालहरुले लिइरहेको सेवा शुल्कका विषयमा अनुगमन गर्न उद्योग मन्त्रालयलाई आग्रह गरेको छ । सरकारले तोकेको दररेट अनुसार निजी अस्पतालले सेवा दिए नदिएको बारेमा अनुगमन गर्न मन्त्रालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको हो ।मन्त्रालयले सचिवस्तरिय निर्णय गर्दै कोरोना संक्रमितहरुको उपचार व्यवस्थापनमा लाग्ने खर्च सामान्यको लागि ३५ सय, […]

२०७८ जेष्ठ २७ गते, बिहीबार

आज ६४ वर्ष उमेरका व्यक्तिलाई मात्र खोप दिइने

काठमाडाैं । काठमाडौं महानगरपालिकाले आज ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने तयारी गरेको छ। खोप लगाउने कार्य बिहान १० बजेदेखि कामपाका ३२ वटै वडामा केन्द्र तयार गरिएको छ। चौँसठ्ठी वर्ष उमेर पुगेका नागरिकले आफूलाई पायक पर्ने केन्द्रमा पुगी खोप लगाउन सकिने बताइएको छ। खोप लगाउन जाँदा उमेर खुलेको […]

२०७८ जेष्ठ २५ गते, मंगलवार

अखिल (क्रान्तिकारी) द्वारा राहत वितरण

काठमाडौँ । अखिल (क्रान्तिकारी) कपिलवस्तुले कोरोनाबाट आक्रान्त बुद्धभूमि नगरस्थित टाकु, बक्टापुर र मसौरेका ४१ घरपरिवारलाई अत्यावश्यक खाद्य सामग्री र स्वास्थ्य सामग्री तितरण गरेको छ । राहत प्याकेजमा ४५० किलोग्राम चामल, नुन, १२०० वटा मास्क, ७० वटा सेनिटाइजर, ५५ वटा साबुन, जीवनजललगायत सामग्री वितरण गरिएको जानकारी सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले दिए ।कोरोनाविरुद्धको स्वास्थ्य जनचेतना तथा […]

२०७८ जेष्ठ २४ गते, सोमबार