स्वास्थ्य / शिक्षा

स्पेनले पठाएको स्वास्थ्य सामग्री आउँदै

काठमाडौं । स्पेनले पठाएको भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर तथा व्यक्तिगत सुरक्षा उपकरणलगायत सामग्रीसहित स्वास्थ्य सामग्री विशेष विमान आज काठमाडौँ आउँदैछ । स्पेन सरकारका तर्फबाट ती सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्न त्यहाँका अन्तरराष्ट्रिय विकास सहयोग नियोग (एइसिआइडी)का निर्देशक माग्दे मार्टिन्ज सोलीमान सोही विमानमा नेपाल आउँदै छन ।यसैबीच स्पेनले नेपाललाई द्विपक्षीय तह, युरोपेली सङ्घमार्फत र अन्य माध्यमबाट सघाउने […]

२०७८ जेष्ठ ६ गते, बिहीबार

अखिल (क्रान्तिकारी )ले कोभिड १९ विरुद्ध विद्यार्थी अभियान चलाउने

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले कोरोना महबमारीले देश र जनता आक्रान्त भै रहेको बेला कोभिड १९ विरुद्ध विद्यार्थी अभियान चलाउने भएको छ । सो सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं अन्तर्राष्ट्रिय विभाग प्रमुख कंचनको प्रमुख आतित्थ्यतामा विद्यार्थी दिवसको अवसर पारेर […]

२०७८ जेष्ठ ५ गते, बुधबार

ललितपुरमा भेरोसिलको दोस्रो डोज जेठ ६ देखि !

काठमाडौं । ललितपुर महानगरपालिकाले चिनियाँ खोप भेरोसिलको दोस्रो डोज ६ जेठदेखि लगाउन सुरु गर्ने भएको छ । महानगरपालिकाले जारी गरेको सूचना अनुसार चैत २५ गतेदेखि वैशाख १५ सम्म पहिलो डोज लगाएकाहरुको लागि दोस्रो डोज खोप लगाउन मिति र स्थान तय गरेको छ । जेठ १३ गतेसम्म चल्ने सो खोप कार्यक्रम अन्तर्गत् चैत २५देखि २८ गतेसम्म […]

२०७८ जेष्ठ ४ गते, मंगलवार

‘कोरोना महामारी केही हप्ता अझै चूनौतिपूर्ण : सबै संयमित हुनु आबश्यक ‘

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनोतिपूर्ण रहने जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनोतिपूर्ण रहेने सबै संयमित र सहयोग भई एकजुट भएर काम गर्नुपर्ने बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य क्षेत्र दिनरात कोभिड–१९ विरुद्धको लडाईंमा लागि पर्दा पनि […]

२०७८ जेष्ठ ४ गते, मंगलवार

अखिल (क्रान्तिकारी) लाई कोरोनाविरुद्ध जनसेवामा लाग्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले अखिल (क्रान्तिकारी) लाई कोरोना महामारीका विरुद्ध बृहत् जनपरिचालन अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् । अखिल (क्रान्तिकारी) ले ५७ औँ विद्यार्थी दिवसका अवसरमा आयेजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चनले सो संगठनलाई कोरोना महामारीका विरुद्ध बृहत् जनपरिचालन अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् । […]

२०७८ जेष्ठ ३ गते, सोमबार

जेठ मसान्तभित्र सबै वार्षिक परीक्षा सक्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले जुनसुकै प्रक्रिया अपनाएर भए पनि जेठ मसान्त भित्र वार्षिक परीक्षा सक्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।महानगरले विद्यालय अनुकूल उपयुक्त मूल्याङ्कन प्रक्रिया अपनाइ विद्यार्थी मूल्याङ्कन गर्न भनेको छ । महानगरपालिका शिक्षा विभागले परीक्षा सञ्चालन, नतिजा प्रकाशन र नयाँ शैक्षिक सत्रको व्यवस्थापनका लागि यही जेठ २० गते भित्र चालु शैक्षिक सत्रको वार्षिक परीक्षा […]

२०७८ जेष्ठ ३ गते, सोमबार

‘भेरोसेल’ को दोस्रो डोज आजदेखि

काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज आजदेखि लगाइने भएको छ । वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा पहिलो डोज खोप लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सक्ने उल्लेख छ । यसको लागि काठमाडौ महानगरपालिकाका ३२ वटा वडासहित अन्य नगरपालिकामा १/२ […]

२०७८ जेष्ठ २ गते, आईतवार

सिभिल अस्पताल कोभिड अस्पतालमा रुपान्तरण

काठमाडौँ । निजामती (सिभिल) अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरित गरिएको छ ।सिभिल अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरित गर्न शुक्रबार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पतालबीच सम्झौता भएको हो । सम्झौता भएसँगै अस्पतालले १५० बेड क्षमता राखिसकेको छ । जसका लागि बागमती प्रदेश सरकारले अस्पताललाई २ करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान दिने छ। सम्झौता […]

२०७८ जेष्ठ १ गते, शनिबार

अखिल (क्रान्तिकारी) द्वारा राष्ट्र र जनताको पक्षमा संघर्ष गर्न आह्वान

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले फेरि पनि नेपालका आम युवा विद्यार्थीहरु एकताबद्ध भई राष्ट्र र जनताको पक्षमा समर्पित भई संघर्ष गर्नुपर्ने अवस्था सृजना भएको बताएको छ । सो सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले ५७ औं विद्यार्थी दिवसको अबसरमा शनिबार शुभकामना संदेश दिदै सो कुरा बताएका हुन् ।यस बिषयमा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले […]

२०७८ जेष्ठ १ गते, शनिबार

कोरोनाविरुद्ध जनचेतनामूलक ब्यानर प्रदर्शन

काठमाडौँ । अखिल (क्रान्तिकारी) कपिलवस्तुले जिल्लाका बुद्धभूमि नगर, शिवराज नगर, वाणगङ्गा नगरअन्तर्गत ४ नम्बर, बाङ्गाई, कोपोवालगायत विभिन्न सार्वजनिक स्थलहरूमा कोभिड १९ विरुद्ध जनचेतनामूलक ब्यानर टाँगेको छ । लुम्बिनी क्षेत्रीय समन्वय समितिले बिहीबार कोभिड १९ बाट आफू पनि बच्न र अरूलाई पनि बचाउन अपिल गर्दै विभिन्न जिल्लामा ब्यानर टाँगिएको सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले बताए ।अभियानमा […]

२०७८ बैशाख ३१ गते, शुक्रबार