स्वास्थ्य / शिक्षा

काठमाडौं उपत्यकामा १६६ सहित देशभर ८१८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६६ सहित देशभर ८१८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंमा १२६ , ललितपुरमा १२ र भक्तपुरमा २८ जना रहेका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या ३ हजार २ सय ६२ पुगेको […]

२०७७ भाद्र ७ गते, आईतवार

देशभर रगतको अभाव

काठमाडौँ । रक्तसञ्चार केन्द्रले देशका विभिन्न स्थानमा रहेका बिरामीलाई रगत अभाव भएकाले रक्तदान गरेर मानिसको जीवन बचाउने कार्यमा सरिक हुन आह्वान गरेको छ । कोरोना भाइरसविरुद्धको बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकाले केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रमा अत्यन्तै न्यून सङ्ख्यामा रगत मौज्दात रहेको छ । केन्द्रीय रक्तसञ्चार सेवाका प्राविधिक श्रवण श्रेष्ठका […]

२०७७ भाद्र ७ गते, आईतवार

आज काठमाडौं उपत्यकामा २१६सहित ६३४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा काठमाडौं उपत्यकामा २१६सहित ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।काठमाडौं उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० […]

२०७७ भाद्र ६ गते, शनिबार

विश्वभर काेराेनाबाट मृत्यु हुनेकाे संख्या ८ लाख नाघ्याे !

काठमाडाैँ । वर्ल्डाेमिटर्सकाे तथ्यांकले हालसम्म विश्वभर ८ लाख २ हजार ३७२ जनाकाे कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएकाे देखाएकाे छ । पछिल्लाे २४ घण्टामा सबैभन्दा बढी अमेरिका र ब्राजिलमा तथा त्यसपछि भारत र मेक्सिकाेमा काेराेनाका कारण मानिसहरू मरेका छन् । बिहीबार संयुक्त राज्य अमेरिकामा काेराेना संक्रमणबाट १ हजार १७० जनाकाे ज्यान गएकाे छ । यससँगै […]

२०७७ भाद्र ६ गते, शनिबार

आज काठमाडौं उपत्यकामा १८२ जनासहित ८३८ कोरोना संक्रमित थपिए

काठमाडौं । आज काठमाडौं उपत्यकामा १८२ जनासहित थप ८ सय ३८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ३९ वटा ल्याबमा १३ हजार ५ सय ८९ बढीमा गरिएको पिसिआर परीक्षणमा ८ सय ३८ जना संक्रमित देखिएका हुन् । योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।काठमाडौं उपत्यकामा […]

२०७७ भाद्र ५ गते, शुक्रबार

काठमाडौं उपत्यकामा २०० सहित देशभर ७०७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०० सहित देशभर ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । काठमाडौं जिल्लाका एक सय ७४, ललितपुरका १८ र भक्तपुरका आठजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा संक्रमण पुष्टि […]

२०७७ भाद्र ४ गते, बिहीबार

काठमाडौंमा पाँच हजार क्षमताको आइसोलेशन कक्ष बन्ने !

काठमाडौं । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले एक अपिल जारी गर्दै पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको भन्दै त्यसको व्यवस्थापनका लागि आइसोलेशन कक्ष निर्माण गर्ने तयारी गरेको बताएका छन । उनका अनुसार संघ, प्रदेश र काठमाडौँ उपत्यका स्थानीय तहको सहकार्यमा आगामी एक हप्ताभित्र पाँच हजार क्षमताको आइसोलेशन कक्ष निर्माण हुने छ ।प्रमुख शाक्यले अपिलमार्फत […]

२०७७ भाद्र ४ गते, बिहीबार

बी एण्ड बी मासु पसललाई तीन लाख जरिवाना

काठमाडौं । वाणिज्य विभागले काठमाडौंको भीमसेनगोलामा रहेको बी एण्ड बी मिटसपबाट बिक्रीका लागि राखिएको २२ बोरा कुखुराको मासु बरामदपछि नष्ट गरि तीन लाख रुपैयाँ जरिवाना समेत गरेको छ । गुणस्तरहीन मासु बिक्रीको आरोपमा मीट मार्टलाई तीन लाख रुपैयाँ जरिवाना समेत गरेको बताइएको छ । विशेष सुराकीको आधारमा बानेश्वर प्रहरीले बरामद गरेको मासु सोमबार वाणिज्य विभागले […]

२०७७ भाद्र २ गते, मंगलवार

कोरोनाबाट थप ४ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण आज ललितपुर, काभ्रे, बाँके र पोखरामा गरी ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको आज उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको छ । निमोनिया समेत देखिएका ३८ वर्षीय गिरीमा कोरोना संक्रमण भएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । साउन […]

२०७७ भाद्र २ गते, मंगलवार

आज काठमाडौं उपत्यकामा १६८सहित देशभर ५८१ जना कोरोना संक्रमित थपिए

काठमाडौं । आज काठमाडौं उपत्यकामा १६८ जनासहित देशभर ५८१ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताइएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको मन्त्रालयले बताएको छ ।आज काठमाडौं उपत्यकामा थपिएका १६८ जना […]

२०७७ भाद्र १ गते, सोमबार