स्वास्थ्य / शिक्षा

बाथरोगबारे जनचेतना फैलाउन आवश्यक

काठमाडौं, २२ जेठ । बाथरोगबारे चर्चा गर्न र जनचेतना फैलाउने आवश्यक रहेको चिकित्सकले बताएका छन् । नेसनल बाथरोग सेन्टरको चौथो वार्षिकोत्वको अवसरमा सोमबार (आज) यहाँ आयोजित कार्यक्रममा चिकित्सकले हातखुट्टा दुख्दा बाथ रोग हो भन्ने अनुमान गरेपनि कसरी लाग्छ, उपचार के हो भन्नेबारे अझै अनभिज्ञता रहेको बताएका थिए । बाथरोगले शरीरमा प्रत्यक्ष असर पार्ने समस्याका बारेमा […]

२०७४ जेष्ठ २२ गते, सोमबार

औषधिको चरम अभाव

काठमाडौं, २० जेठ । बाजुराको विकट उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका साविकको बिच्छया स्वास्थ्यचौकीमा सामान्य जीवनजल समेतको अभाव रहेको छ । दैनिक झाडापखालाका दशदेखि १२ जनासम्म बिरामी आउने भएपनि सामान्य जीवनजलसमेत नभएको स्वास्थ्य चौकीका इन्चार्ज कमल आचार्यले बताए । छोरालाई झाडापखालाको उपचारका लागि आएकी बिच्छया नेटाकी सुनकला रोकायाले सामान्य जीवनजलसमेत नपाएर रित्तो हात घरफकिन् । […]

२०७४ जेष्ठ २० गते, शनिबार

शिक्षा नियमावली पारित

काठमाडौं, २० जेठ । शिक्षा ऐन आठौं संशोधन भएको १० महिनापछि नियमावली आएको छ । गएको असारमा शिक्षा ऐनको आठौं संशोधन भएको थियो । शुक्रबार मन्त्री परिषद् अन्तर्गतको विधेयक समितिले शिक्षा नियमावली पारित गरेको छ । नियमावली आउन ढिलाई हुँदा शिक्षा क्षेत्रमा अन्यौलता बढेको थियो । शिक्षा नियमावली पारित भएसँगै नेपालको शिक्षा प्रणालीमा नयाँ युगको […]

२०७४ जेष्ठ २० गते, शनिबार

एन्टिरेबिजको अभाव

काठमाडौं, १९ जेठ । महोत्तरी जिल्लामा केही दिनदेखि ह्वात्तै बढेको गर्मीसँगै जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक १० जनासम्म कुकुरले टोकेका बिरामी आउन थालेका छन् । जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकेको बिरामीलाई लगाउने एन्टिरेबिज सुईको अभाव भएको महोत्तरी जिल्ला अस्पताल जलेश्वरले जनाएको छ । यसअघि कहिलेकाहीँ एक/दुईजना बिरामी मात्र आउने जिल्ला अस्पतालमा गर्मी बढेसँगै अहिले दैनिक […]

२०७४ जेष्ठ १९ गते, शुक्रबार

आज विश्व धूमपानरहित दिवस

काठमाडौं, १७ जेठ । आज विश्व धूम्रपानरहित दिवस ,धुम्रपानका कारण स्वास्थ्यमा पार्ने असर र त्यसले निम्त्याएको क्षतिबारे सचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाइदैछ । सूर्तिजन्य पदार्थको नेपाल लगाएत विश्वका धेरै मुलुकमा बिक्रि वितरणमा सरकारले चर्को कर लगाएपनि ब्यापारमा भने कमि आएको देखिन्न । नेपालमा सूर्तिजन्य पदार्थको सेवनाका कारण बार्षिक २५ हजार मानिसको मृत्यु हुने गरेको एक […]

२०७४ जेष्ठ १७ गते, बुधबार

अब स्वास्थ्य बिमा अनिवार्य

काठमाडौँ, १६ जेठ । सरकारले आगामी तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा गर्ने लक्ष्यसहित राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमलाई तीव्रता दिने योजना अगाडि सारेको छ । आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि स्वास्थ्य क्षेत्रमा ३१ अर्ब ७८ करोड रुपियाँ विनियोजन गरिएको छ । सङ्घीय संरचनाअनुसार तर्जुमा गरिएको बजेट कार्यक्रममा जिल्ला स्वास्थ्यले गर्ने सम्पूर्ण कार्य अब स्थानीय […]

२०७४ जेष्ठ १६ गते, मंगलवार

भारतमा जिका भाइरस सक्रमण

काठमाडौं, १४ जेठ । भारतमा जिका भाइरस देखापरेको छ । जिका भाइरसबाट तीन भारतीय महिला संक्रमित भएको जनाइएको छ । भारतको गुजरात र अहमदाबादका तीन गर्भवती महिलामा जिका भाइरस देखा परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोग पहिलो पटक अफ्रिकी मुलुकमा देखा परेकोमा ब्राजिलका गर्भवती महिलाहरु बढी संक्रमित भएको पाईएको […]

२०७४ जेष्ठ १४ गते, आईतवार

सुत्केरीका लागि पोषण तालिम

काठमाडौं, १३ जेठ । सुत्केरीपछि हजार दिनका आमालाई पोषणयुक्त बाली उत्पादन, प्रविधि हस्तान्तरण र तरकारीबाट विभिन्न परिकार बनाउन सीप हस्तान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको छ । रोल्पा जिल्लामा हजार दिनका आमा तथा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको मात्रा अधिक रहेकाले त्यसको न्यूनीकरणका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत […]

२०७४ जेष्ठ १३ गते, शनिबार

पुदिनाको प्रयोगबाट हुने फाइदाहरु

काठमाडौ, ११ जेठ । पुदिना सामान्यतया अचार खान बाहेक यसको अरु कुनै उपयोग हामी त्यति गर्दैनौं । तर पुदिनाको प्रयोगले मानव स्वास्थमा धेरै भन्दा धेरै फाइदा गर्दछ । पुदिनाको प्रयोगबाट हुने कही फाइदाहरुः मुहारमा आउने डण्डिफोर र खिलबाट छुटकाराः पुदिनाको पातहरु सँगै ३ थोपा जती कागतीको रस मिलाएर मुहारमा लगाउने र पाँच मिनेट पछि यसलाई […]

२०७४ जेष्ठ ११ गते, बिहीबार

जुसले ज्यान लियो

काठमाडौं, ७ जेठ । झापाको शिवसताक्षी नगरपालिकामा जुस सर्किएर एक बालकको मृत्यु भएको छ । शिवसताक्षी–८ डुरामारीका रुपदोष श्रेष्ठका छ वर्षीय छोरा गौरव श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । शनिबार बेलुका ओरेन्ज जुस पिउँदा सर्किएर सिकिस्त बिरामी भएपछि उपचारका लागि लाइफलाइन अस्पताल दमक लैजाने क्रममा बालकको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको […]

२०७४ जेष्ठ ७ गते, आईतवार