स्वास्थ्य / शिक्षा

जिभ्रोबाट थाहा हुन्छ मानिसको स्वभाव !

काठमाडौं । हामि भन्ने गर्छौ नि हाड नभएको जिभ्रो चिप्लेर कहिलेकाहीँ अप्ठ्यारो स्थिति पनि पर्छ । कसैकसैको जिभ्रो धेर चल्छ भने कोही शान्त रहन्छन् । यसबाट पनि थाहा हुन्छ, जिभ्रोको आकार र मोटाईबाट व्यक्तित्व झल्किन्छ । मोटो जिभ्रो -मोटो जिभ्रो भएको मान्छे रिसाहा, गनगन गर्नेखालको र झगडालु हुन्छन् । यस्तो मान्छेले घरमा शासन जमाएको हुन्छ […]

२०७३ चैत्र २० गते, आईतवार

सीटीईभीटीद्वारा पाठ्यक्रम परिवर्तन

काठमाडौं, १६ चैत । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कूक, वेल्डर, कार्पेन्ट्री, प्लम्बरलगायतका छोटो अवधिको प्राविधिक शिक्षालाई एकवर्षे बनाउने भएको छ । सीटीईभीटीले आयोजना गरेको व्यावसायिक पाठ्यक्रम (प्रोफेसनल कोर्स) निर्माण तथा सञ्चालनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै पाठ्यक्रम परिमार्जनको कार्य सुरु गरेको हो । तीन महिना अर्थात ३९० घण्टाको प्राविधिक शिक्षा […]

२०७३ चैत्र १६ गते, बुधबार

बर्डफ्लु देखिएपछि …

काठमाडौं,१३ चैत । कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कना अपनाइएको छ । यसका कारण अहिलेसम्म जिल्लामा बर्डफ्लु भित्रिन नपाएको सरकारी अधिकारीले बताएका छन् । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंका अनुसार जिल्ला भित्रिने र बाहिरिने कुखुराजन्य पदार्थ ढुवानी गर्ने सवारीसाधनमा कीटनाशक औषधि […]

२०७३ चैत्र १३ गते, आईतवार

४५ सय चिकित्सक हड्तालमा

काठमाडौं, १२ चैत । भारतको महाराष्ट्रमा पाँच दिनदेखि हड्ताल गरिरहेका ४५ सय आवासीय चिकित्सकहरुले शनिबार (भोलि) बिहान ८ बजेदखि अस्पताल फर्कने आश्वासन दिएका छन् । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणभिसले शुक्रबार (आज)को छलफलमा हड्तालमा संलग्न चिकित्सकहरु समझदारीमा नआए कारबाही गर्ने चेतावनी दिएका थिए । उनले चिकित्सकहरुलाई बिरामीको उपचारमा संवदेनशील नभएको र चरम लापरबाही गरेको आरोपमा कारबाही […]

२०७३ चैत्र १२ गते, शनिबार

आज विश्व क्षयरोग दिवस

काठमाडौं, ११ चैत । अाज २४ मार्च अर्थात विश्व क्षयरोग दिवस । क्षयरोगबारे जानकारी र निवारणमा जनचेतना फैलाउने उद्देश्यले हरेक बर्ष झै नेपालमा आज पनि विभिन्न कार्यक्रम गरेर विश्व क्षयरोग दिवस मनाइँदै छ । क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । यो श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्छ । लगातार खोकी लाग्ने, खकारमा रगत […]

२०७३ चैत्र ११ गते, शुक्रबार

पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण निःशुल्क

काठमाडौं, १० चैत । स्वास्थ्य मन्त्रालयले यसै आर्थिक वर्षभित्रमा देशभरका ७५ ओटै जिल्लामा ‘बृहत् प्रजनन स्वास्थ्य मेला’अन्तर्गत् पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परीक्षण सेवा सुरु गरेको छ । मन्त्रालयले परिवार महाशाखाअन्तर्गत् पहिलो चरणमा २० जिल्लामा गर्ने भनिएको प्रजनन स्वास्थ्य मेला बुधबार नुवाकोट जिल्लाबाट सुरु गरेको हो । नुवाकोटमा सन्चालन गरिएको उक्त स्वास्थ्य मेलामा २७१ महिलाको […]

२०७३ चैत्र १० गते, बिहीबार

रञ्जना लिपिको पुनः प्रयोग गरिने

काठमाडौँ, ९ चैत । स्थानीय तह कार्यान्वयनमा आएसँगै काठमाडौँ महानगरपालिकाबाट हटाइएको रञ्जना लिपिको पुनः प्रयोग गरिने भएको छ । स्थानीय तह कार्यान्वयनसँगै कामपाको लेटर प्याड र साइनबोर्डबाट महानगरपालिकाको मौलिकता र पहिचान झल्किने रञ्जना लिपि हटाएको थियो । सातसय ४४ स्थानीय तह कार्यान्वयनमा आएपछि स्थानीय तहको साइनबोर्ड, लेटर प्याड र लोगो गाउँपालिका वा नगरपालिकाको नामबमोजिम परिवर्तन […]

२०७३ चैत्र ९ गते, बुधबार

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउन सुरु

काठमाडौं, ५ चैत । हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान शुरु भएको छ । आजदेखि र सोमबारसम्म भोजपुर, इलाम, धनकुटा, तेहथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत दैलेख, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुरा र दार्जुलामा औषधी खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । आउँदो १७ देखि १९ गतेसम्म भने […]

२०७३ चैत्र ५ गते, शनिबार

सिंहदरबारबाट निस्कने दिसा-पिसाब सिंहदरबारमै व्यवस्थापन

काठमाडौँ, ३ चैत । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रबाट निस्कने झोलजन्य फोहर सिंहदरबारभित्रै व्यवस्थापन हुने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले पहिलो पटक खेर जाने झोलजन्य पदार्थ पुनः प्रयोग गर्न मिल्ने ओम्नी प्रोसेसर उपकरण जडान गर्ने अति महत्वकाङ्क्षी प्रस्ताव अगाडि सारेपछि झोलजन्य फोहर सिंहदरबारभित्रै व्यवस्थापन हुने भएको हो। मन्त्रालयका अनुसार खेर जाने झोलजन्य पदार्थ […]

२०७३ चैत्र ३ गते, बिहीबार

माध्यमिक शिक्षा परीक्षा शुरु

काठमाडौ, ३ चैत। आजदेखि यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) सुरु भएको छ । आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । यसवर्ष परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् । परीक्षा नियन्त्रण कार्यालय […]

२०७३ चैत्र ३ गते, बिहीबार