स्वास्थ्य / शिक्षा

एसएलसीको नतिजा अब लेटर ग्रेटिङ प्रणालीमा

काठमाडौ, २५ मंसिर । सरकारले यस वर्षदेखि प्रवेशिका परीक्षाको नतिजा लेटर ग्रेडिङ अर्थात् अक्षराङ्क प्रणालीमा सार्वजनिक गर्ने भएको छ । शिक्षामन्त्री अध्यक्ष हुने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बसेको बैठकले परीक्षाको नतिजा नौ समूहमा विभाजन गरी सार्वजनिक गर्ने निर्णय गरेको हो । गत वर्ष प्राविधिक विषय अध्ययन गरेका विद्यार्थीको प्रवेशिका परीक्षाको नतिजा यसै प्रणालीबाट […]

२०७२ मंसिर २५ गते, शुक्रबार

एसएलसी दिने विद्यार्थीलाई रेडियो र टेलिभिजनबाट पढाउने व्यवस्था

काठमाडौं, २४ मंसिर । शैक्षिक जनशक्ति विकास केन्द्रले एसएलसी परीक्षा दिने विद्यार्थीका लागि रेडियो र टेलिभिजन मार्फत पढाउने व्यवस्था मिलाएको छ । केन्द्रले रेडियो नेपालबाट शुक्रबारदेखि र नेपाल टेलिभिजनबाट २७ गते आइतबारदेखि पढाउने जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमका अनुसार अनिवार्य सबै ६ वटै विषय अडियो र भिडियोमार्फत पढाइनेछ । भूकम्प र तराई–मधेसको […]

२०७२ मंसिर २४ गते, बिहीबार

माओवादी गुल्मीद्वारा निम्नकोटीको रक्सि नस्ट

काठमाडौ, २० मंसिर । नेकपा माओवादी गुल्मीले निम्न कोटीको रक्सि जफत गरि नस्ट गरि दिएको छ । आज गुल्मीको अर्जे गाविसमा लु १ ख ६०९६ को गाडी कब्जा गरि माओवादीका कार्यकर्ताले निम्न कोटी जनस्वास्थ्य बिगार्ने किसिमको टुन्कुला र कनटेसा नामका रक्सि नस्ट गरिदिएका हुन् । यस अघि माओवादी गुल्मीले मादकपदार्थ बिक्रि वितरणमा रोक लगाउने बताई […]

२०७२ मंसिर २० गते, आईतवार

जहाँ चिकित्सकले मदिरा सेवनका लागि सिफारिस गर्छन्

काठमाडौँ । भारतीय राज्य गुजरातमा ६१ हजार ३ सय ५३ जना यस्ता ‘विरामी’ छन्, जसको रोग मदिरा सेवन गरेर मात्र निको हुन्छ । त्यसैले राज्य सरकारको प्रोहिबिशन एण्ड एक्साइज विभागले उनीहरूलाई मदिरा सेवन गर्ने हेल्थ परमिट उपलव्ध गराएको छ । गुजरातमा सन् १९६० देखि मदिरामाथि प्रतिबन्ध छ । तैपनि त्यहाँ ६० हजारभन्दा बढी यस्ता मानिस […]

२०७२ मंसिर १९ गते, शनिबार

एसएलसी परीक्षा चैत्तको अन्तिम साता

काठमाडाै‌,१८ मंसिर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षा चैत्तको अन्तिम साता सञ्चालन गर्ने तयारी गरेको छ । गत वर्ष चैत ५ देखि १६ गतेसम्म सञ्चालन भएको परीक्षा यस वर्ष विनाशकारी भूकम्प र तराई आन्दोलनका कारण पढाइ प्रभावित भएपछि केही दिन पर सार्ने तयारी गरेको हो । परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले परीक्षा नियन्त्रण […]

२०७२ मंसिर १८ गते, शुक्रबार

भरतपुरमा डेंगु सार्ने लामखुट्टे अत्यधिक

काठमाडौ, १७ मंसिर । चितवनको भरतपुरका ५७४ घरमा डेंगु सार्ने लामखुट्टेका लार्भा र प्यूपा फेला परेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले हालै गरेको ‘लार्भा खोज र नष्ट गर’ अभियानका क्रममा २३ हजार ९३० घरघुरी मध्ये ५७४ घरमा डेंगु पोजिटिभ पाईएको हो । यहाँ कुल २३ हजार ९३० घरका ६० हजार ७२३ वटा भाँडामा स्वयंसेवकहरु […]

२०७२ मंसिर १७ गते, बिहीबार

आज विश्व एड्स दिवस

काठमाडौ, १५ मंसिर । आज डिसेम्बर १ विश्व एड्स दिवस, प्रत्येक वर्ष डिसेम्बर १ तारिखका दिन विश्वभर मनाइने एड्स दिवस नेपालमा पनि मनाउने गरिएको छ । यस वर्ष एड्सविरुद्धको विश्व अभियानअन्तर्गत ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि एड्स महामारीको अन्त्य’ भन्ने नाराका साथ आज एड्स दिवस मनाईदैछ । दिवसको अवसरमा सन्देश दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले […]

२०७२ मंसिर १५ गते, मंगलवार

आठ महिना बितिसक्दा पनि विद्यार्थीको हातमा किताब पुगेन

काठमाण्डौ ,१३ मंसिर । जाजरकोटको साल्मा गाविसमा रहेको एक विद्यालयमा आठ महिनासम्म पनि पाठ्यपुस्तक नहुँदा विद्यार्थी मर्कामा परेका छन् । दुर्गम साल्मा गाविसको इन्द्रज्योति माध्यमिक विद्यालयमा आठ महिना बितिसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् । उक्त विद्यालयमा कक्षा ८ मा अध्यनरत १५० र कक्षा १० मा १२० जना अध्ययनरत छात्रछात्राले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन् […]

२०७२ मंसिर १३ गते, आईतवार

रक्तश्राव रोक्न प्रयोग गरिने औषधीको देशैभर अभाव

काठमाडौ १२ मंसिर । सुत्केरी भएपछि हुनसक्ने सम्भावित रक्तश्राव रोक्न प्रयोग गरिने औषधि अक्सिटोसिनको देशैभर अभाव देखिएको छ । केही समय भित्रमा औषधी आपूर्ति हुन नसके मुलुकभर अक्सिटोसिनको अभाव भएर उपचारमा समस्या देखिने बताइएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखका अनुसार केही समयअघि राष्ट्रसंघीय नियोग युएनएफपिएले दिएको करिब १० हजार भाइल औषधि पनि […]

२०७२ मंसिर १२ गते, शनिबार

९ गाडी औषधि भित्रियो

काठमाडौं , ९ मंसिर । गएराति १० बजेसम्म रुपन्देहीको बेलहिया नाकाबाट ९ गाडी औषधि नेपाल भित्रिएको छ । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार ९ गाडी औषधि नेपाल भित्रिएको छ । यसैगरी खाद्यान्न बोकेका ८० ट्रक नेपाल भित्रिएको भएपनि इन्धन बोकेका एउटा पनि गाडी नभित्रिएका प्रहरीले जनाएको छ । सीमापारी भारतीय भूमिमा ९७ वटा इन्धन बोकेका […]

२०७२ मंसिर ९ गते, बुधबार