मुख्य समाचार

कालीकोटमा प्रतिरोध दिवस : ८५ वर्षीय प्याउकला विकलगायत सम्मानित

काठमाडौँ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले कालीकोटको बिथलडाँडामा निशस्त्र महिलाहरूले सशस्त्र प्रहरीको हातबाट राईफल खोसेर जनमुक्ति सेनालाई बुझाएको एउटा ऐतिहासिक सन्र्दभको दिन २०५४ साल चैत्र २६ को सम्झना गर्दै प्रतिरोध दिवस मनाएको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले यसपटक कालीकोटको माल्कोट बिथलडाँडामा निशस्त्र महिलाले सशस्त्र प्रहरीको राईफल खोसेर पार्टीलाई बुझाएको २४ औँ प्रतिरोध […]

२०७७ चैत्र २७ गते, शुक्रबार

‘वेपत्ता योद्धा परिवार र घाइतेहरूको अभिभावकत्व लिन्छौँ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले वेपत्ता योद्धा परिवार र घाइतेहरूको अभिभावकत्व लिने बताएको छ। बुधबार जनजक्रान्तिका महान् सहिद परिवार संगठन, नेपाल र राज्यद्वारा वेपत्ता योद्धा परिवार समाज, नेपालद्वारा चितवनमा आयोजित “सहिद तथा वेपत्ता नागरिक र राज्यको दायित्व” विषय अन्तक्रियामा बोल्दै सो पार्टीका सचिवालय सदस्य सन्तोष बुढामगरले जनयुद्ध र जनआन्दोलनका क्रममा सहिद भएका, वेपत्ता पारिएका योद्धाको […]

२०७७ चैत्र २६ गते, बिहीबार

‘चैत २४ निरङ्कुश शासनको अन्त्यसँग जोडिएको दिन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले चैत २४ लाई निरङ्कुश शासनको अन्त्यसँग जोडिएको दिन भएको बताएका छन् । चैत २४ गते जनआन्दोलन दिवसको अवसरमा मङ्गलबार प्रेस वक्तव्य जारी गर्दै महासचिव विप्लवले नेपाली जनता आफ्नो मुक्ति र राष्ट्रिय स्वाधीनताका लागि जागेर विजय हासिल गरेको दिन भएको बताएका छन् । नेपालको इतिहासमा जनता जागेको यो दिन […]

२०७७ चैत्र २५ गते, बुधबार

‘क्रान्ति अन्तिम उद्देश्य हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले क्रान्ति नै अन्तिम उद्देश्य भएको बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले बिहीबार काठमाडौँ उपत्यका ब्युरोस्तरीय कार्यकर्तालाई प्रशिक्षण दिँदै सो कुरा बताएका हुन् । सो प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले भने– ‘क्रान्ति अन्तिम उद्देश्य हो । त्योभन्दा अर्को ढङ्गले पार्टी र नेतृत्वले सोच्न सक्दैन ।’प्रवक्ता प्रकाण्डले पार्टीले हालै अँगालेको […]

२०७७ चैत्र २२ गते, आईतवार

‘राज्यले सहिद तथा वेपत्ता परिवारको अवमुल्यन गर्यो ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले सहिद तथा वेपत्ता परिवारको सपना अझै पूरा नभएको बरु राज्यले यसलाई अवमुल्यन गरेको ठोकुवा गरेका छन । बुधबार नेपालगन्जमा आयोजित ‘सहिद तथा वेपत्ता नागरिक र राज्यको दायित्व विषयक’ अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता बास्तोलाले सो ठोकुवा गरेका हुन् ।सो कार्यक्रमका प्रमुख अतिथि रहेका नेता बास्तोलाले महान […]

२०७७ चैत्र १९ गते, बिहीबार

‘ने.क .पा. को नीति संसदीय ब्यवस्थाले उत्पन्न गरेको समस्यालाई अग्रगामी समाधान दिनु हो ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले अबलम्बन गरेको नीति संसदीय ब्यवस्थाले उत्पन्न गरेको समस्यालाई अग्रगामी समाधान दिनु भएको बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले बिहिबार काठमाडौँ उपत्यका व्युरोस्तरिय कार्यकर्तालाई प्रशिक्षण दिदैँ सो कुरा बताएका हुन् । प्रवक्ता प्रकाण्डले एकिकृत जनक्रान्तिको विकसित संघर्षको स्वरुप राजनैतिक अवस्थाको परिणाम सरकारसँगको ३ बुँदे सहमति भएको बताउदै मुलुकको जटिल राजनैतिक […]

२०७७ चैत्र १९ गते, बिहीबार

ने.क.पा. र क्रान्तिकारी माओवादीबीच एकता र धुव्रिकरणका विषयमा छलफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)को कार्यदलको बैठक मगलबार पुन: बसेको छ । मंगलबार बसेको सो बैठकमा नेपाल कम्युनिस्ट पार्टीको तर्फवाट प्रवक्ता प्रकाण्ड र मिलन ,नेकपा (क्रान्तिकारी माओवादी)को तर्फवाट स्थायी समिति सदस्य गौरब र बसन्त सहभागी भएको बताइएको छ। सो बैठकको एजेण्डामा कम्युनिस्ट पार्टीको एकीकरण एबम् ध्रुविकरण र रणनैतिक संयुक्त मोर्चा रहेको […]

२०७७ चैत्र १८ गते, बुधबार

ने.क.पा. र क्रान्तिकारी माओवादी कार्यदलको बैठक सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)को कार्यदलको बैठक सम्पन्न भएको छ । सो बैठकमा नेपाल कम्युनिस्ट पार्टीको तर्फवाट प्रवक्ता प्रकाण्ड र मिलन ,नेकपा (क्रान्तिकारी माओवादी)को तर्फवाट स्थायी समिति सदस्य गौरब र बसन्त सहभागी भएको बताइएको छ। सो बैठकको एजेण्डामा कम्युनिस्ट पार्टीको एकीकरण एबम् ध्रुविकरण र रणनैतिक संयुक्त मोर्चा रहेको थियो। यी दुई […]

२०७७ चैत्र १५ गते, आईतवार

ने.क.पा.का महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बादलबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भेटवार्ता भएको छ । भेटमा सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुंदे सहमतिको कार्यान्वयनका साथै जेलमा रहेका नेकपाका नेता – कार्यकर्ताको रिहाईको सन्धर्भमा भएको कार्यप्रगतिको बारेमा छलफल भएको बुझिएको छ। यसैगरी , सो भेटमा […]

२०७७ चैत्र १० गते, मंगलवार

महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र किरणबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र रणनीतिक संयुक्त मोर्चा अन्तर्गतको एक घटक नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणबीच आज मध्यान्ह भेटवार्ता भएको छ । भेटमा देशको बर्तमान स्थितिको बारेमा छलफल हुनुको साथै रणनीतिक संयुक्त मोर्चाको आगामी जिम्मेवारी र कार्यक्रमको बारेमा छलफल भएको बुझिएको छ। सो भेटमा रणनीतिक संयुक्त मोर्चाको नीतिगत […]

२०७७ चैत्र १० गते, मंगलवार