मुख्य समाचार

देशैभर भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

काठमाडौँ, २६ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअनुसार मङ्गलबार देशैभरि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरिएको छ । भारतले हालै प्रकाशित गरी सार्वजनिक गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रसमेतलाई आफ्नो भूभागभित्र समावेश गरेपछि नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाएको हो । यसैक्रममा कैलालीका धनगढी उपमहानगरपालिका, लम्की […]

२०७६ कार्तिक २७ गते, बुधबार

‘ओली सरकार र संसदीय व्यवस्थाको अन्त्य नभएसम्म राष्ट्रियताको समस्या समाधान हुँदैन ‘

काठमाडौँ , २५ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले बर्तमान ओली सरकार विघटन र संसदीय व्यवस्थाको अन्त्य नभएसम्म राष्ट्रियताको समस्या समाधान नहुने ठोकुवा गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो ठोकुवा गरेक हुन् । प्रवक्ता प्रकाण्डले राष्ट्रिय स्वाधीनताको आन्दोलन अघि बढाउन र देशको रक्षा गर्न देशभक्त, बामपन्थी, क्रान्तिकारी, लोकतान्त्रिक […]

२०७६ कार्तिक २५ गते, सोमबार

नेकपाद्वारा अमेरिकी लाञ्छना खारेज

काठमाडौँ , २४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल र नेपाल कम्युनिस्ट पार्टीलाई आतङ्ककारीको सूचीमा राख्ने अमेरिकी साम्राज्यवादको रिपोर्ट खारेज गर्दै साम्राज्यवादी लाञ्छना सहेर बस्ने केपी वली सरकार साम्राज्यवादको टट्टु भएको ठोकुवा गरेका छन । महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै साम्राज्यवादी आरोप र लाञ्छनानको प्रतिरोध गर्न आह्वान समेत गरेका छन् । ‘अमेरिकाले हाम्रो […]

२०७६ कार्तिक २५ गते, सोमबार

लिपुलेक मुद्दामा नेकपा अघिअघि, सरकार पछिपछि

काठमाडौँ , २४ कार्तिक । गत अगष्टमा कश्मिरमाथि कब्जा जमाएपछि भारत सरकारले आफ्नो सम्प्रभू क्षेत्र भएको दाबीसहित सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटिएको पाइएपछि नेपालमा व्यापक रुपमा विरोध प्रदर्शन भइरहेका छन् । विरोधमा मधेसवादी दलबाहेक सम्पूर्ण राजनीतिक, तिनका भातृ संगठन मुख्यगरी विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् । […]

२०७६ कार्तिक २४ गते, आईतवार

भारतीय अतिक्रमणबिरुद्ध दूतावास र राष्ट्रसंघको कार्यालयमा ज्ञापनपत्र

काठमाडौँ , २३ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले भारतद्वारा नेपाली भूमिमाथिको अतिक्रमणको विरुद्ध शुक्रवार नेपालस्थित भारतीय दूतावास र संयुक्त राष्ट्र संघको कार्यालयलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएको छ । सो संगठनले घोषणा गरेको संघर्षको कार्यक्रम अनुसार ज्ञापनपत्र बुझाएको संगठनका अध्यक्ष चिरञ्जीवी ढकालले बताए । ज्ञापनपत्र बुझाएपछि अध्यक्ष ढकालले पत्रकारसँग कुरा गर्दै नेपाली दलाल शासकहरूको लाचारीपन […]

२०७६ कार्तिक २३ गते, शनिबार

भारतिय अतिक्रमणको बिरोधमा कोणसभा

काठमाडौँ , २२ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी कास्कीले भारतिय हस्तक्षेप र सिमा अतिक्रमणको बिरोध गर्दै कोणसभा सम्पन्न गरेको छ । सो पार्टीले चरणबद्ध रुपमा गर्ने संघर्षका कार्यक्रम अन्तर्गत आज पोखरा महानगर पालिका ३३ मा कोण सभा गरेको र जनतालाइ रास्ट्रघाती कदमबिरुद्द आवाज उठाउन जिल्ला सदस्य निशाले आह्वान गरे । जिल्ला सदस्य निशाले सभालाइ सम्बोधन […]

२०७६ कार्तिक २२ गते, शुक्रबार

भारतीय हस्तक्षेपविरुद्ध मशाल जुलुस

काठमाडौँ , २२ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले भारत सरकारले नेपालको लिपुलेक, लिम्पियाधुराको ३७२ वर्गकिमि जमिन आफ्नो नक्सामा सिाएर सार्वजनिक गरेको विरोधमा मशाल जुलुस निकालेको छ । अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्ला र क्याम्पस जिल्लाले काठमाडौँ नयाँबानेश्वरचोकमा मशाल जुलुस निकालेका हुन् । नेकपाको केन्द्रीय कार्यक्रमअनुसार मशाल जुलुस निकालिएको अखिल क्रान्तिकारीले जनाएको छ । […]

२०७६ कार्तिक २२ गते, शुक्रबार

निर्वाचन कार्यालय नजिक बम बिष्फोट !

काठमाडौं , २१ कात्तिक । आगामी मंसीर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन दर्ता आज हुँदैछ । बिहान १० देखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा र प्रदेश सभासदस्यको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तयारी भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा सदस्य तीन पदका लागि उपनिर्वाचन हुँदैछ । […]

२०७६ कार्तिक २१ गते, बिहीबार

नेकपाद्वारा भारतीय अतिक्रमण बिरुद्ध संघर्षको घोषणा

काठमाडौं, २० कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले भारतीय अतिक्रमण बिरुद्ध संघर्षको घोषणा गरेको छ । सो पार्टीका महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गरि भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई भारतमा गाभेको विषयप्रति गम्भीर आपत्ति जनाउदै भारतको सो कदम नेपालमाथिको अतिक्रमणकारी रवैया र हमला भन्दै एकहप्ते बृहत् संघर्षका कार्यक्रम घोषणा गरेका छन् […]

२०७६ कार्तिक २० गते, बुधबार

बैद्यद्वारा कालापानी अतिक्रमणको विरोधमा उत्रन अपिल

काठमाण्डौं, २० कार्तिक । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले वक्तव्य जारी गर्दै भारत सरकारले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी–लिपुलेक क्षेत्र गाभिएको विषयलाई नेपाली भूभागमाथि गरिएको नाङ्गो विस्तारवादी हस्तक्षेपको संज्ञा दिंदै त्यसको सशक्त विरोधमा उत्रन जनसमुदायलाई आव्हान गरेका छन । वैद्यद्वारा जारी वक्तव्यमा भनिएको छ, “भारत सरकारद्वारा हालै सार्वजनिक गरिएको नयाँ […]

२०७६ कार्तिक २० गते, बुधबार