मुख्य समाचार

असलको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस भोलि

काठमाडौं, ८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का असलको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस भोलि हुने भएको छ । यसअघि असललाई सर्वोच्च अदालतले असोज १५ गते सोमबार लिखित जवाफसहित ३ दिनभित्र उपस्थित गराउन दिएको आदेशलाई सरकारले लत्याएको थियो । खड्कालाई बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेको भन्दै तत्काल रिहाईको माग गर्दै दुर्गाप्रसाद जैसीले […]

२०७५ कार्तिक ८ गते, बिहीबार

भारतीय नेता यचुरी काठमाडौँ आउँदै

काठमाडौं, ८ कात्तिक । भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी आज काठमाडौँ आउँदै छन । उनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा काठमाडौँ आउँन लागेका हुन् । यहाँ रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्ने बताइएको छ । साथै, […]

२०७५ कार्तिक ८ गते, बिहीबार

विश्वकप ट्रफी नेपाल ल्याइँदै

काठमाडौं , ८ कार्तिक । इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ । आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ । ट्रफी नेपालमा चार दिन राखिनेछ । नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा […]

२०७५ कार्तिक ८ गते, बिहीबार

१ अर्ब ठगी गर्ने दिनेश कोइराला पक्राउ

काठमाडौं, ७ कार्तिक । महानगरीय अपराध महाशाखाको टोलीले अन्दाजी १ अर्ब ठगी गर्ने दिनेश कोइरालालाई पक्राउ गरेको छ । कोइरालालाई मंगलबार बिहान बालुवाटारबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । कोइरालाले सस्तो मूल्यमा जग्गा मिलाइदिने तथा वैदेशिक रोजगारीमा पठाइदिने बहाना बनाएर सार्वसाधारणलाई ठग्दै आएका थिए । महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार पक्राउ गरिएको कोइरालालाई आवश्यक कारवाहीका […]

२०७५ कार्तिक ७ गते, बुधबार

निर्मला हत्याकान्डका दोषीलाई कारबाही गरिए सरकार ढल्छ !

काठमाडौं, ६ कात्तिक । कन्चनपुरकी बालिका निर्मला पन्तको हत्याकान्डका दोषीलाई कारबाही गरिए वर्तमान सरकार ढल्ने दाबी गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरमा जारी ३८औं नेपालभाषा साहित्य तःमुंज्या सम्मेलनमा बोल्दै सो दाबि गरेका हुन् । उनले निर्मलाका बलात्कारी एवं हत्यारा सत्तारुढ दलकै संरक्षणमा रहेकाले दोषी पक्राउ गर्न विलम्ब भएको आरोपसमेत लगाए […]

२०७५ कार्तिक ६ गते, मंगलवार

भारतले नेपाली रेडियो प्रशारणमा रोक लगायो

काठमाडौं, ६ कार्तिक । भारतको दैनिक अखबार ‘हिन्दूस्तान टाइम्स’ का अनुसार भारतले नेपाली रेडियोबाट सीमा सुरक्षामा खतरा देखिएको भन्दै प्रशारणमा रोक लगाएको छ । उसले उत्तराखण्ड, उत्तर प्रदेश र बिहारसँग सीमा जोडिएका नेपाली क्षेत्रमा केही नेपाली रेडियोले भारतविरोधी प्रचार गरेका कारण प्रहरीले केबल अपरेटरलाई त्यस्ता रेडियो प्रशारण बन्द गराउन निर्देशन दिएको हो । नेपालसँग सीमा […]

२०७५ कार्तिक ६ गते, मंगलवार

चीनले कृत्रिम चन्द्रमा बनाउने

काठमाडौं, ४ कार्तिक । चीनले सन् २०२० सम्ममा फेक मुन अर्थात् ‘कृत्रिम चन्द्रमा’ बनाउने भएको छ । चीनको सरकारी पत्रिका पिपुल्स डेलीले जनाए अनुसार चीनको एक कम्पनीले सन् २०२० सम्ममा सडकका बत्तिलाई विस्थापित गर्दै राती आकाश उज्यालो बनाउने गरिको कृत्रिम चन्द्रमा बनाउने घोषणा गरेको छ । यस्तो कृत्रिम चन्द्रमा चीनको आकाशबाट हरेक रात देख्न सकिने […]

२०७५ कार्तिक ४ गते, आईतवार

एसपी विष्टलाई निष्काशन गर्न सिफारिस

काठमाडौं, ४ कार्तिक । प्रहरी प्रधान कार्यालयले निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए […]

२०७५ कार्तिक ४ गते, आईतवार

नक्कली नोट बनाउने कारखाना !

काठमाडौं, ४ कार्तिक । महानगरीय प्रहरी परिसर काठमाडौंले रातोपुलमा नक्कली नोट बनाउने कारखाना भेटिएको जनाएको छ । गएराति ललितपुरको मच्छेगाँउबाट नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेपछि खोजी गर्दा नक्कली नोट बनाउने कारखाना नै फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले ३ लाख नेपाली रुपैयाँ नक्कली नोट पनि बरामद गरेको प्रहरी प्रवक्ता मोहन थापाले जानकारी दिए । […]

२०७५ कार्तिक ४ गते, आईतवार

डलरकाे भाउ घट्याे

काठमाडौं , ३ कार्तिक । राष्ट्र बैंकले आजका लागि १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ६२ पैसा तोकेको छ । हिजो १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ६ पैसा थियो । केही दिनयता बढिरहेको अमेरिकी […]

२०७५ कार्तिक ३ गते, शनिबार