राजनीति

काठमाडौँ महानगरपालिका कार्यसम्पादनमा सबैभन्दा कमजोर

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार काठमाडौँ महानगरपालिका कार्यसम्पादनमा सबैभन्दा कमजोर रहेको पाइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचक आधार मानेर गरेको मूल्यांकनका आधारमा काठमाडौँ महानगरपालिकाले ४४.९७ अंकमात्र प्राप्त गर्न सकेको छ । जुन देशभरिका ६ महानगरपालिकाको तुलनामा सबैभन्दा कमजोर हो ।सबैभन्दा अब्बल भने यस वर्ष मोरङको […]

२०८२ माघ ३० गते, बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी

काठमाडौँ । विमानस्थल र आसपासको क्षेत्रमा फागुन १ गते प्रदर्शन गर्ने भन्दै केही समूह र राजनीतिक दलबाट विज्ञप्ति जारी भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको छ। स्थानीय प्रशासनले बिहीबारदेखि लागू हुने गरी एक महिनासम्मका लागि विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरिएको जनाएको छ। निषेधाज्ञा जारी भएसँगै अब पाँच जनाभन्दा बढी […]

२०८२ माघ ३० गते, बिहीबार

एक करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न : आजदेखि जिल्ला-जिल्लामा लगिँदै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न भएको र आजदेखि जिल्लामा पठाइने भएको छ। प्रत्यक्षतर्फ कूल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेछ। भोलिसम्ममा सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्य रहेको केन्द्रले जनाएकोे छ । आजदेखि छपाइ भएको मतपत्र जिल्ला जिल्लामा पठाउन सुरु गरिने निर्वाचन आयोगले जनाएको छ। […]

२०८२ माघ ३० गते, बिहीबार

अमेरिकी सैनिक कमाण्डर पापारो नेपाल आउँदै

काठमाडौँ ।  अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो   आज साँझ  नेपाल आउँदैछन्।  नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले तीन दिने भ्रमणका लागि पापारो आज साँझ काठमाडौं आइपुग्ने  जानकारी दिए।  भ्रमणका क्रममा उनले औपचारिक भेटघाटका साथै काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकनसमेत गर्ने नेपाली सेनाले जनाएको छ।  उनी पूर्वनिर्धारित कार्यक्रमबमोजिम […]

२०८२ माघ ३० गते, बिहीबार

राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित

काठमाडौँ । राष्ट्रिय सभाले चलचित्र विधेयक पारित गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले सभामा विधेयक पेश गरेकी थिइन्। विधेयक तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले प्रस्ताव गरेका थिए। चलचित्र विधेयक पहिलो पटक २०८२ साल वैशाख १४ गते राष्ट्रिय सभामा दर्ता भएको थियो। त्यसपछि जेठ ६ […]

२०८२ माघ २९ गते, बुधबार

निर्वाचन प्रहरी चुनावी मैदानमा

काठमाडौँ । निर्वाचन प्रहरी आजदेखि फिल्डमा खटिँदै छन् । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा फौजसँगै चुनावी मैदानमा खटिन लागेका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० र सशस्त्रले […]

२०८२ माघ २९ गते, बुधबार

निर्वाचन आयोगद्वारा फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरिसक्न निर्देशन दिएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलले चुनावी घोषणापत्र ल्याउन थालेका छन्। केही दलले ल्याइसकेका छन् भने केही ल्याउने क्रममा छन्।आयोगले सबै दल र उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र ल्याउन समय तोकेको हो। निर्वाचन आचारसंहिता […]

२०८२ माघ २९ गते, बुधबार

१०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सोमबारसम्म कूल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भइसकेको छ। छपाइ सम्पन्न भएका जिल्लाका मतपत्रहरू ‘प्याकिङ’ कार्यसमेत पूरा भइसकेको र हालसम्म १० हजार […]

२०८२ माघ २८ गते, मंगलवार

निर्वाचन आयोगले निर्वाचन सामग्री केन्द्रबाटै पठाउने

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ। सहायक प्रवक्ता प्रकाश न्यौपानेले आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गर्ने सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए।आयोगबाट प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने सामग्रीमा तालिम र मतदान केन्द्रका लागि […]

२०८२ माघ २६ गते, आईतवार

मतदाताको गोपनीयता सार्वजनिक गरे कारबाही !

काठमाडौँ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंले सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनीयता भङ्ग गरेको भन्दै आपत्ति जनाएको छ । निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पालना गर्न ध्यानाकर्षण गराउँदै मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य नगर्न/नगराउन अनुरोध गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम […]

२०८२ माघ २६ गते, आईतवार