राजनीति

युवा सङ्गठनद्वारा तीनबुँदे सहमति कार्यान्वयनको माग: प्रजिअमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा सङ्गठन नेपालले तत्कालिन सरकारले आफ्नो पार्टीसँग गरेको तीनबुँदे सहमति कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । सो सङ्गठनले तीनबुँदे सहमति कार्यान्वयनको दबाब स्वरुप ७७ वटै जिल्ला प्रशासन कार्यालयमर्फत बुधबार प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो । तत्कालिन सरकार र नेकपाबीच गत २१ फागुनमा तीनबुँदे सहमति भएको […]

२०७८ भाद्र ३१ गते, बिहीबार

राष्ट्रिय जनगणना शुरु

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणना शुरु भएको जनाएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत आजबाट घर तथा घरपरिवारको सूचीकरण शुरुआत भएको हो । केन्द्रीय तथ्यांक विभागका निर्देशक एवम् सूचना अधिकारी तीर्थ चौलागाईंले भदौ ३० देखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरू घर-घरमा पुगेर घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्ने बताए । सूचीकरणमा घरपरिवारमा […]

२०७८ भाद्र ३० गते, बुधबार

२२ दलीय मोर्चाद्वारा एमसीसी सम्झौता पास नगर्न आग्रह : सङ्घीय संसदलाई ज्ञापनपत्र

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीसहित २२ दलीय मोर्चाले एमसीसी सम्झौता पास नगर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत् सङ्घीय संसदलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा सम्झौतामा असमान, अपमानजनक प्रावधान राखिएको भन्दै यसले नेपालको परराष्ट्र नीति र नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप अतिक्रमण गरेको बताइएको छ । एमसीसी सम्झौता आइपीएसको अभिन्न अङ्ग भएको भन्दै यसलाई नेपालको संसदबाट कुनै हालतमा पास गर्न […]

२०७८ भाद्र २९ गते, मंगलवार

एमसीसीबिरुद्ध देशव्यापीरुपमा बेलुन उडाउदै सिठ्ठी जुलुस प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले देशब्यापीरुपमा एमसीसीबिरुद्ध बेलुन उडाउदै सिठ्ठी जुलुस प्रदर्शन सम्पन्न गरेको छ। यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी दाङले एमसीसी सम्झौता विरुद्ध केन्द्रीय चरणबद्ध विरोध कार्यक्रम अन्तर्गत आज जिल्लाका सम्पूर्ण पालिकाका केन्द्रहरुमा एमसीसी खारेज गर लेखिएको बेलुन आकाशमा उडाएको छ । नेकपा तुलसीपुर उपमहानगरले व्यापक जनसहभागिताका बिच सिटी जुलुससहित नगर परिक्रमा गर्दै एमसीसी विरुद्धको […]

२०७८ भाद्र २८ गते, सोमबार

‘गोन्जालोको निधनले विश्वभरका कम्युनिस्ट क्रान्तिकारी स्तब्ध र दुखित’

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले गोन्जालोको निधनले विश्वभरका कम्युनिस्ट क्रान्तिकारीहरुलाई स्तब्ध र दुखित तुल्याएको बताएको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “विश्वभरका […]

२०७८ भाद्र २७ गते, आईतवार

नेकपा एमसीसीविरुद्ध विशाल बिरोधप्रदर्शन र जनसभा गर्दै : महासचिव विप्लवले सम्बोधन गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध भोलि भदौ २८ गते काठमाडौँमा बिशाल बिरोधप्रदर्शनसहित जनसभा गर्ने बताएको छ । उक्त जनसभाको प्रमुख वक्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र वक्ताहरुमा देशभक्त जनगणतान्त्रिक मोर्चा , नेपालका अध्यक्ष सिपि गजुरेल , नेकपा (माले ) का महासचिब सिपि मैनाली , नेकपा ( माओबादी केन्द्र) का संयोजक कर्णजित बुढाथोकी , […]

२०७८ भाद्र २७ गते, आईतवार

एमसीसीविरुद्ध भदौ २८ गते काठमाडौँमा बिशाल जनसभाः महासचिव विप्लवले सम्बोधन गर्ने

   काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी खारेज गराएरै छाड्ने उद्घोष गरेको छ । सो पार्टीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाण्डले उक्त उद्घोष गरेका हुन् । प्रवक्ता प्रकाण्डले एमसीसीलाई नेपालबाट सधैँका लागि भगाउन  निर्णायक आन्दोलन  आवश्यक  रहेकाले  आफ्नो पार्टी   केन्दीय समितिको बैठक रोकेर एमसीसीबिरुद्ध संघर्षमा होमिएको बताए । ‘अहिले फेरि एकपटक हाम्रो […]

२०७८ भाद्र २७ गते, आईतवार

नेकपाका महासचिब विप्लवद्वारा गोन्जालोलाई सहिद घोषणा

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले विश्व कम्युनिस्ट आन्दोलनका नेता एवम् पेरू कम्युनिस्ट पार्टीका अध्यक्ष अभिमायल गुज्मान गोन्जालोलाई महान् सहिद घोषणा गर्दै प्रतिक्रियावादी शासकहरूले क्रान्तिकारी योद्धा गोन्जालोको हत्या गरे पनि मानव जातिको मुक्ति नभएसम्म गोन्जालोले उठाएको साम्यवादको महान् झन्डा फहराइरहने बताएका छन् । आज बिहान एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै महासचिव विप्लवले भनेका छन्, ‘कमरेड […]

२०७८ भाद्र २७ गते, आईतवार

नेकपा इलामद्वारा एमसीसीबिरुद्ध प्रदर्शन

काठमाडौँ । राष्ट्रघाती एमसीसी सम्झौताको बिरोधमा आन्दोलनको घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टीको देशव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार इलामको सदरमुकाममा नेपाल कम्युनिस्ट पार्टीले विरोध प्रदर्शन गरेको छ । प्रदर्शनपछि सम्पन्न कोणसभामा बोल्दै जिल्ला इन्चार्ज सुमनसिंहले नेपालमा रहेका संसदवादीहरूले जनप्रतिनिधि संसदको आवरणमा राष्ट्र र जनताप्रति ठुलो गद्दारी गरेको बताए । उनले संसदवादीहरूलाई सिआइएको एजेण्टको काम गर्ने बिदेशीको चौकीदार […]

२०७८ भाद्र २६ गते, शनिबार

नेकपाद्वारा एमसीसीविरुद्ध देशका बिभिन्न स्थानमा विरोध प्रर्दशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध देशका बिभिन्न स्थानमा विरोध प्रर्दशन गरेको छ। यसैक्रमा सो पार्टीले झापामा राष्ट्रघाति अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध बृहत् विरोध प्रर्दशन गरेकाे छ । नेकपाको पूर्वघोषित कार्यक्रम अनुसार नेकपा जिल्ला कार्य समिति झापाले शुक्रबार जिल्लाको सदरमुकाम भद्रपुरमा राष्ट्रघाति एमसीसी सम्झौताविरुद्ध विरोध प्रर्दशन गरेकाे हो ।नेपाल विद्युत प्राधिकरण अगाडी भेला भएका […]

२०७८ भाद्र २६ गते, शनिबार